नेपाली समय: ०६:४४:०३ बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

शुक्रबार थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार, ०२ माघ,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ७० जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३ सय ९० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ।

००० 
 



प्रकाशित: २०७७ माघ २
January 15th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार