नेपाली समय: ०६:४५:५९ बेलुका
वि.सं २०८३ बैशाख १८   शुक्रवार

आइतबार थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

निर्माण सञ्चार,०४ माघ, काठमाडौं ।   पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।   पछिल्लो चौबीस घण्टामा तीन हजार ५०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चारसय जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

हाल तीनहजार ९१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ९१९ जना आइसोलेशनमा र २२१ जना क्वारेन्टिनमा छन् ।
 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  १७७ जना संक्रमित थपिएका छन् । उपत्यकाको भक्तपुरमा नौ, ललितपुरमा २३ र काठमाडौं जिल्लामा १४५ रहेका छन् ।

०००


 



प्रकाशित: २०७७ माघ ४
January 17th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार