नेपाली समय: ०३:१६:२८ बिहान
वि.सं २०८० फाल्गुण १३   आइतबार

सोमबार थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


निर्माण सञ्चार, ०५ माघ,काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ६१ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् भने १९६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११०२ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


०००



प्रकाशित: २०७७ माघ ५
January 18th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार