नेपाली समय: ०३:३९:१० बिहान
वि.सं २०८२ माघ १९   आइतबार

मध्य भोटेकोशीको सेयर असोज २० गतेदेखि

निर्माण सञ्चार, काठमाडौं, १३ असोज, ०७८।

तुलनात्मक रुपमा सस्तो लगानीमा बन्दै गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असोज २० गतेबाट उक्त सेयर जारी गर्ने भएको हो । 

यस अघि स्थानीय प्रभावितलाई सेयर बाँडफाँट गरिसकेको कम्पनीले त्यसलगत्तै सर्वसाधारणलाई पनि बिक्री खोलेको हो ।

उक्त सेयर नेपालभित्रका जोकोहीले पनि भर्न पाउने छन् । जुन असोज २५ गतेसम्म बिक्री गर्ने कम्पनीले जनाएको  छ। सेयरको मूल्य १०० रुपियाँ अंकित दरमा कुल ९० लाख कित्ता सेयर बिक्री गर्ने छ ।

कम्पनीले आफ्नो कूल सेयरको ३ लाख ६० हजार कित्ता आफ्ना कर्मचारीलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुका नाममा वितरण गर्ने छ । बाँकी ८१ लाख ९० हजार कित्ता सेयर चाहिँ सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।

उक्त सेयरका लागि कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने कम्पनीले जनाएको छ । 

उक्त जलविद्युत् कम्पनीबाट १०२ मेगावाट क्षमताको परियोजना बनिरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई दिने दररेट र उसकै अन्य हाइड्रो पावरका तुलनामा यस कम्पनीको लागत तुलनात्मक रुपमा सस्तोमा हो । जसमा प्रति मेगावाट लागत १६ करोड ६४ लाख रुपियाँ लाग्ने अनुमान छ। यो परियोजनाको कुल लागत १६ अर्ब ९७ करोड रुपियाँ रहेने अनुमान छ।  


०००



प्रकाशित: २०७८ आश्विन १३
September 29th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार