नेपाली समय: ०३:१९:२५ अपरान्ह
वि.सं २०८१ फाल्गुण ४   आइतबार

नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजना उद्घाटनः दैनिक १२५० केजी बायोग्यासबाट चल्दैछ अब ‘ग्रिन–टेम्पो’

निर्माण सञ्चार, २० पुस, २०७८– धरान  । नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजनाको उद्घाटन भएको छ । धरान उपमहानगरपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् ।

फोहोरलाई मोहोर बनाउने चर्चा धेरै चलेपनि फोहोरबाट मोहोर बनाउने कार्य काठमाडौं महानगरपालिकामै पनि सफल हुन सकेको छैन । तर, ‘फोहोरबाट ऊर्जा’ उत्पादनको अभियान नै सञ्चालन गर्दै आएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका विभिन्न परियोजनाले भने साकार रुप लिइरहेका छन् ।

मुलुकका मुख्य सहरहरुमा फोहोर व्यवस्थापनको समस्या ज्युँकात्यूँ छ तथापि फोहोरबाट मोहोर उत्पादनलाई पछि पार्दै धरान उपमहानगरपालिकाले भने फोहोरको थुप्रोबाट इन्धन उत्पादन आरम्भ गरेको हो । 

दैनिक उत्पादन कति ? कसरी हुन्छ खपत ?

उक्त ऊर्जा उत्पादनका लागि दैनिक ३० टन परिणामको जैविक फोहरको परियोजनाले खपत गर्ने आयोजक उपमहानगरपालिकाले बताएको छ । उक्त क्षमतामा उत्पादन हुने बायोग्यासले अब नगरक्षेत्रमा ‘ग्रिन टेम्पु’ सञ्चालन गर्ने छ ।

उपभोक्तालाई पनि सस्तो र सुलभ साथै स्वच्छ सफा हराभरा नगरपालिका बनाउने अभियान पनि सफल हुने भएपछि महानगरका अधिकारीहरु मख्ख परेका छन् ।

यसर्थमा पनि उनीहरु खुसी छन् कि यस्तो हरित आयोजना नेपालमै सबैभन्दा पहिले धरानबाट आरम्भ भएको छ । फोहोरबाट बायोग्यास उत्पादन गर्ने स्थानका रुपमा धरान पहिलो बनेको छ ।

कूल १७ करोड ५० लाखको लागतमा निर्माण भएको उक्त परियोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको  अनुदान ४० प्रतिशत अर्थात्  ६ करोड ९० लाख रहेको छ भने बाँकी ६० प्रतिशत लगानी परियोजना लगानीकर्ता भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.ले  गरेको  छ ।

परियोजनाबाट दैनिक १२५० केजी बायोग्यास तथा ६.५ केजी जैविक मल उत्पादन हुनेछ । परियोजनाबाट उत्पादित बायोग्यासबाट अब ग्यासबाट चल्ने टेम्पो सञ्चालन हुने छ । प्रधानमन्त्री देउवाले उद्घाटनकै क्रममा टेम्पो चढेर नगर सयर गरेका पनि थिए । 

बायोग्यास उत्पादनपछि बचेको जैविक मल स्थानीय बजारमा बिक्री गरिनेछ ।

परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकको सहयोगमा धरान उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको हो । परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा अत्यन्तै राम्रो कार्यको थालनी भएको बताएका छन् ।

प्रम देउवाका अनुसार यस कार्यबाट फोहर व्यवस्थापनको समस्या समाधानमा सघाउ पुग्ने तथा मुलुक ग्रिन तथा वैकल्पिक इनर्जीको माध्यमबाट कार्बन उत्सर्जनमा समेत महत्त्वपूर्ण भूमिका खेल्न सकिने छ ।

प्रम देउवा यसखाले काम अझै ठूलो स्केलमा हुनु पर्ने बताउँछन् । उनले भने, ‘यस्ता परियोजनाहरु अब देशका अन्य स्थानहरुमा पनि निर्माण गर्नुपर्छ । राम्रो कामको थालनी भएको छ । यसले फोहोर व्यवस्थापन मात्रै होइन हरियाली अभियानलाई समेत टेवा पुराउने छ ।’

प्रम देउवाले सो परियोजना निर्माण कार्यमा संलग्न केन्द्र, धरान उपमहानगरपालिका, भेन्चर वेस्ट टु इनर्जी प्रा.लि. लगायत सम्पूर्ण निकायहरुलाई धन्यवाद दिए ।

उद्घाटनको अवसरमा बोल्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले यो परियोजना गत १५ अगस्ट २०२१ मा निर्माण सम्पन्न भएको जानकारी दिए । 

नेपाल सरकार र विश्व बैंकको सहयोगमा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम ९क्अबष्लिन गउ च्भलभधबदभि भ्लभचनथ एचयनचबmmभ० अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, धरान उपमहानगरपालिका तथा परियोजना लगानीकर्ता भेन्चर वेस्ट टु इनर्जी प्रा.लिबिच भएको त्रिपक्षीय समझदारी बमोजिम आयोजना निर्माण भएको डा. अधिकारीको भनाइ छ । 

समझदारी बमोजिम धरान उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र उत्पादन हुने जैविक फोहर परियोजना निर्माण भएको मितिले २० वर्षसम्म परियोजना लगानीकर्तालाई उपलब्ध गराउने, केन्द्रले अनुदान तथा प्राविधिक सहयोग गरेको छ भने परियोजना लगानीकर्ताले परियोजना निर्माण तथा सञ्चालन गरेको धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राईले बताए । 

निर्माण ढाँचा

डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ९म्भकष्नल, द्यगष्मि, ँष्लबलअभ, इधल, इउभचबतभ, त्चबलकाभच(म्द्यँइइत्० ढाँचामा आधारित रहेर परियोजना निर्माण भएको हो । परियोजनाको लागि आवश्यक जग्गाको प्रबन्ध लगानीकर्ता आफैंले गरेको नगरप्रमुख राईको भनाए छ । 
परियोजना धरानमा जस्तै कन्काई, दमक, इटहरी, घोराही, विरेन्द्रनगर, विरगञ्ज, धनगढी लगायतका नगरपालिकाहरुमा यतिबेला निर्माणाधीन छन् । यस्तो परियोजनाहरु देशभरका २९३ वटै नगरपालिकाहरुमा निर्माण गर्न सकिने सम्भाव्यता अध्यनन पनि भइसकेको केन्द्रका प्रमुख डा. अधिकारीको भनाइ छ ।

विधि र प्रविधि 

परियोजनाको मुख्य उद्देश्य नगर क्षेत्रबाट संकलन हुने जैविक फोहरबाट बायोग्यास तथा जैविक मल उत्पादन गर्नुरहेको छ । नगरपालिकाबाट संकलित कुल फोहरलाई धरान उपमहानगरपालिकाको वडा नं. १३ स्थित पानमारामा कुहिने र नकुहिने छुट्याइन्छ र कुहिने फोहरलाई बायोग्यास प्लान्टमा पठाइन्छ ।

बायोग्यास उत्पादनको लागि ःयअचयदभ क्ष्लमगअभम द्यबतअज म्ष्नभकतभच ९ःक्ष्द्यच्० प्रविधिको प्रयोग गरिएको छ । उक्त प्रविधि भारतबाट आयात गरिएको परियोजना विकासकर्ता वेन्ट टु इनर्जीका अध्यक्ष जनेश श्रेष्ठले बताए ।

उत्पादित कच्चा ग्यासलाई प्राकृतिक ग्यासको गुणस्तरमा पुनः प्रशोधन गरिन्छ र प्रशोधित ग्यासलाई उच्च चापीय सिलिन्डरमा भरिन्छ । पूर्ण क्षमतामा जैविक फोहर भरण गरी परियोजना सञ्चालन हुँदा दैनिक ३०० वटा ग्यास टेम्पो (अटो रिक्सा) सञ्चालन गर्न पुग्ने बायोग्यास उत्पादन हुने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

हरित उद्योगमा नै नेपालको भविष्य

शहरी क्षेत्र÷नगरपालिकको फोहर व्यवस्थापन विश्वव्यापी रुपमै एक प्रमुख चुनौतीको रुपमा रहेको छ । फोहरबाट ऊर्जा उत्पादन नेपालको परिप्रक्ष्यमा अझै नयाँ अवधारणाको रुपमा रहेको छ ।

बायोग्याँस उत्पादनको माध्यमबाट फोहरलाई ऊर्जामा परिणत गर्न र सो ऊर्जा उत्पादनको माध्यमबाट देशमा बढ्दो ऊर्जाको माग विशेष गरी लाई केही हदसम्म सम्बोधन गर्न सम्भव छ भन्ने विश्वव्यापी मान्यता छ ।

नेपालमा बायोग्याँसको प्रवद्र्धन तुलनात्मक रुपमा सफल तथा हरित व्यवसायको रुपमा स्थापित भएको छ । ती बायोग्याँसहरुमा गाईवस्तुको गोबर प्रयोग हुने हुनाले नेपालको ग्रामीण भेगमा अत्यन्तै उपयोगी छ । तर सहरी तथा नगरोन्मुख क्षेत्रमा उत्पन्न हुने जैविक फोहोरबाट ठूलो परिमाणमा बायोग्याँस उत्पादन हुने प्रचुर सम्भाव्यता रहे पनि ती स्रोतहरु हाल त्यतिकै खेर गइरहेको अवस्था छ । 

नगरपालिकाको फोहोर व्यवस्थापनको एउटैमात्र माध्यम हाल ल्यान्डफिल्ड साइट मात्रै प्रचलनमा पाइन्छ । तर यी स्थानहरुमा पनि फोहोर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पर्ने तथा  विभिन्न सामाजिक समस्याहरुसँग झेल्नुपरिरहेको यथार्थ छ । 

त्यसैले जैविक फोहोरलाई व्यवस्थापन गर्ने उपयुक्त विकल्पको अत्यन्तै सुलभ प्रविधिको रुपमा बायोग्याँस उत्पादन रहेको छ जसबाट अव्यवस्थित ल्यान्डफिल्ड साइट र वातावरणमा प्रतिकूल असर पर्ने झन्झटबाट सहरलाई मुक्त राख्न सकिने महिमा डा. अधिकारीले सुनाए ।

परियोजनाको संक्षिप्त झलक

  • परियोजनाको नाम- नगरपालिकाको फोहरबाट ऊर्जा परियोजना
  • परियोजनास्थल- धरान उपमहानगरपालिका वडा नं. १३ पानमारा
  • परियोजनाको क्षमता- ३० टन (प्रतिदिन भरण गर्नुपर्ने जैविक फोहरको परिमाण)
  • बायोग्यास उत्पादन- १८०० घनमिटर प्रतिदिन (१२०० केजी प्रशोधित कम्प्रेष्ड नेचुरल ग्यास)
  • जैविक मल उत्पादन- ६.५ टन प्रतिदिन
  • कूल लगानी- जग्गा बाहेकको लगानी १७ करोड २७ लाख (जग्गा सहित लगानी ः २७ करोड)
  • अनुदान सहयोग- वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्वबैंक (६ करोड ९० लाख)
  • आयोजना विकासकर्ता- भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.
  • परियोजना शुरुवात भएको मिति- २०७४ आषाढ
  • परियोजना सम्पन्न तथा परीक्षण सञ्चालन भएको मिति- २०७८ साउन ३१
  • परियोजना समुद्घाटन- २०७८ पुस २० मंगलबार
 

कार्यक्रम उद्घाटन पछि प्रधानमन्त्री देउवा सहित सम्बन्धित अधिकारीहरु
परियोजना उद्घाटन गर्दै प्रधानमन्त्री देउवा सहित अधिकारीहरु
 



प्रकाशित: २०७८ पौष २२
January 6th 2022

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार