नेपाली समय: ०२:१४:०० बिहान
वि.सं २०८१ चैत्र ३   सोमवार

रिज लाइन इनर्जीको २० लाख ८२ हजार कित्ता साधारण सेयर बिक्री खुल्दै

निर्माण सञ्चार, १३ असोज, ०७८ । काठमाडौं । रिज लाईन इनर्जी कम्पनीले २० लाख ८२ हजार ८ सय ७० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गोरखाको अजिरकोटमा निर्माणाधीन ९।०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको  छ । कम्पनीका अनुसार सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

कम्पनीले बिक्री प्रबन्धकसँग मंगलबार सम्झौता गरेको थियो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । कम्पनीले अधिकृत तथा जारी पूँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको खबर ऊर्जा खबरले लेखेको छ ।

 

 

०००



प्रकाशित: २०७८ आश्विन १३
September 29th 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार