भारतमा कोरोना एक हप्तामा दोब्बरः संक्रमित ५ हजार पुग्यो, बालबालिकामा संक्रमण फैलदै
निर्माण सञ्चार, २६ चैत ०७६, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो एक हप्तामा दोब्बर भएको छ ।
अघिल्लो हप्ताको तुलनामा यो संख्या दोब्बर भएको हो ।
बुधबार बिहानसम्म ५ हजार १ सय ९४ जना पुगेको छ भने यो १२ घण्टामा नयाँ २५ सहित १४९ जनाको मृत्यु भएको खबर छ ।
पछिल्लो यो आँकडा हिन्दुस्तान टाइमले लेखेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १ सय २४ पुगेको छ भने उपचारपछि ३ सय ५२ जना निको भएका छन् ।
टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार यो एक हप्तामा भारतमा कोरोना संक्रमितको संख्या दोब्बर भएको हो ।
यही अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।
महाराष्ट्रमा मात्र १ सय ५० जना संक्रमित भेटिएका छन् । एउटै राज्यमा एकै दिनमा संक्रमित हुनेको सबैभन्दा ठूलो संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
महाराष्ट्रमा मात्र मंगलबारसम्मको आँकडा अनुसार संक्रमितको संख्या करिब १ हजार पुगेको उल्लेख छ ।
कोरोनाका काण भारतमा मंगलबार १४ महिनाको शिशुको समेत मृत्यु भएको खबर छ । गुजरातको जामनगर स्थित राज्य सरकारले सञ्चालन गरेको एक अस्पतालमा उक्त शिशुको मृत्यु भएको हो ।
यी शिशु भारतमा कोरोनाका कारण मृत्यु हुने सबैभन्दा कम उमेरका बालक बनेका छन् ।
दिल्लीमा ५ सय ७६ जनामा संक्रमण पुष्टि भइसकेको छ । जहाँ मृतकको संख्या ९ पुगेको छ । दिल्लीमा मंगलबार २ जनाको मत्यु भएको छ । दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्, जसलाई आईसीयूमा उपचार भइरहेको छ । तेलंगाना राज्यमा मंगलबार २३ दिनको शिशु समेत कोरोना संक्रमितको शिकार बनेका छन् । यहाँ नयाँ संक्रमितको संख्यामा ४० जना थपिएका छन् । यो राज्यमा संक्रमितको संख्या ४ सय चार पुगेको छ । गुजरातमा मंगलबार ३ जनाको मृत्यु भएको छ । योसँगै यहाँ मर्नेको संख्या १६ पुगेको छ । महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरुले लेखेका छन् । यहाँ मृतक संख्या ६४ पुगेको छ । त्यस्तै, तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् । भारतको उत्तर प्रदेश (युपी) मा अहिलेसम्म ३ सय ५ जना संक्रमितको संख्या पुगेको छ भने ३ को मृत्यु भएको छ । बिहारमा मात्रै ३२ जना संक्रमित पुगेका छन् । यहाँ कोरोना पुष्टि भएका एक जनाको मृत्यु भइसकेको छ । ०००
प्रकाशित: २०७६ चैत्र २६

April 8th 2020
प्रतिक्रिया दिनुहोस्