नेपाली समय: ०५:२९:४३ बेलुका
वि.सं २०७६ आषाढ १   आइतबार

व्यवसायीमैत्री आएको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघले गर्यो बजेटको स्वागत

निर्माण सञ्चार, २१ जेठ, काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघले आर्थिक वर्ष २०७६–०७७ बजेटको सकारात्मक पक्षहरु केलाउँदै स्वागत गरेको छ । बजेट घरेलु तथा साना उद्योगमैत्री रुपमा आएको भन्दै महासंघले स्वागत गरेको हो ।

अध्यक्ष मोहन कटुवालद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशमा उत्पादित बस्तुको प्रयोगलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धताले उद्योगीहरुमा थप आशा जागेको छ ।’सबै उधोग ब्यापार ब्यवसायलाई कानुनी दायरा ल्याउने र करको दायरा बढाउने कुरा सकारात्मक रहेको महासंघको भनाई छ । 

पुर्वाधार बिकासमा एकिकृत रुपमा कार्यसम्पादन गर्नु पर्ने प्रावधानले काममा गुणस्तर र समयमा काम सम्पन्न हुने र बनेको संरचनालाई अर्को निकायले बिगार्ने परम्पराको अन्त्य भई फजुल खर्च कम हुने देखिएको छ । 

स्वदेशी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा भन्सार सहुलियत दिने निकासीलाई प्रबर्धन गर्न स्वदेशी उत्पादनहरु संकलन केन्द्रम मार्फत बजारिकरण गर्ने उधोगलाई बिधुत महशुलमा ५० प्रतिशत छुट र व्याजमा अनुदान दिने  जस्ता प्रावधानले स्वदेशी उद्योगको प्रर्बधनमा टेवा पुग्ने माहसंघको दाबी छ । 

उक्त बजेटले  समग्रहमा निजी क्षेत्रलाई भार नपर्ने गरि ल्याइएको सन्तुलित बजेटको रुपमा रहेको महासंको भनाई छ । बजेटमा कर्मचारीको तलब बृद्धि र निजी क्षेत्रका धेरै सुझाहरुलाई सम्बोधन गर्ने गरि बजेट ल्याईएको हुदां बिगतमा भन्दा यो पटक बजेट कार्यानवयन हुने कुरामा बिश्वस्त हुन सकिने अवस्था छ यद्यपि बजेट निमार्ण गर्ने निकायले प्रभावकारी रुपमा कार्यान्वयनको निम्ती अनुगमन र नियमन गर्नु जरुरी रहेको महासंघले आग्रह गरेको छ  ।                   

 
 



प्रकाशित: २०७६ जेठ २१
June 4th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार