नेपाली समय: १०:२८:३७ राती
वि.सं २०७६ फाल्गुण १०   शनिवार

‘गुणस्तरहीन’ स्टिलमाथि कारवाहीः मापदण्ड नै नपुगेपछि गोदावरी, गोयन्का र अशोक स्टिल कारवाहीमा

निर्माण सञ्चार, २४ माघ, काठमाडौं । गुणस्तर नपुगेको भन्दै सरकारले ३ वटा स्टिल (छड) उद्योगलाई कारवाही गरेको छ । 

गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड पुरा नगरेका रौतहटको गोदावरी स्टिल, रुपेन्देहीको गोयन्का स्टिल र बाराको अशोक स्टिललाई कारवाही गरेको छ ।

गोदावरी स्टिलको टीएमटी बार ८ एमएम एर्फइ ५०० डी, गोयन्का स्टिलको टीएमटी बार ८ एमएम र २५ एमएम एर्फइ ५०० र अशोक स्टिलको टीएमटी बार १२ एमएम एर्फइ ५०० छड गुणस्तरहीन भेटिएको हो ।

गोदावरी स्टिल र गोयन्का स्टिलको उल्लेखित साइजमा इजाजतपत्र स्थगन गरिएको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । अशोक स्टिलको सबै उत्पादन बजारबाट फिर्ता गराउने र स्पष्टीकरण लिने निर्णय विभागले गरेको छ ।

 

 

०००



प्रकाशित: २०७६ माघ २४
February 7th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार