नेपाली समय: ०१:४१:४१ बिहान
वि.सं २०७७ साउन २०   मंगलवार

ग्रील तथा स्टील व्यवसायी महासंघको प्रदेश संयोजक चयन

निर्माण सञ्चार, ४ फागुन, काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघको केन्द्रीय समितिको बैठकले प्रदेश संयोजक चयन गरेको छ । 

शनिबार सुनसरीको इटहरीमा बसेको समितिको बैठकले पाँच प्रदेशको प्रदेश सयोजक चयन गरेका गरेको हो । 

बैँठकले विभिन्न प्रदेश सयोजक चयन गरी ग्रील  व्यवसायमा देखिएका समस्याहरुको विषयमा विभिन्न बिषयमा छलफल गरि महत्त्वपूर्ण निर्णय समेत गरेको छ । 

बैठकको अध्यक्षता गर्दै महासंघका अध्यक्ष मोहन कटुवाललेग्रील उद्योगलाई संगठित व्यवस्थित गरि सबै ग्रील उद्योगलाई सरकारको कानुनि दायरामा ल्याउन पहल भैरहेको बताए । 

फलाम सम्बन्धी कामहरु ग्रील उद्योगीले गर्न पाउनु पर्ने , ग्रील  वातावरणलाई सन्तुलन राख्न र उत्पादक वृद्धि गर्न  वातावरण मैत्री आधिनिक मेसिनहरु ल्याउन सरकारसँग अनुदानको माग गर्ने कटुवालले बताए । 

 उनले सबै ग्रील उद्योगीलाइ एकै स्थानमा संचालन गर्न ग्रील ग्रामको ब्यवस्था गर्न सरकारसग प्रबाकारी रुपमा पहल भइसकेको बताए । 

ग्रील उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न पहल गर्ने ग्रील उधोगीलाई सहज रुपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने महार्सघलाई संघीय संरचनामा लैजाने उदेश्यले प्रदेश गठन गर्न प्रदेश सयोजक समेत मनोनित गरेको कटुवालले बताए ।  

बैठकको पहिलो चरणमा ५ वटा प्रदेश संयोजक मनोनित गरेको छ । प्रदेश नम्बर १ बाट केन्द्रीय सदस्य बज्रासुरज आन्दम्बे प्रदेश नम्बर २ मा महासंघका उपाध्यक्ष टिकेन्द्र पौडेल, प्रदेश नम्बर ३मा केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठ, प्रदेश नम्बर ४ मा उपाध्यक्ष रणबहादुर बिस्वकर्मा, प्रदेश नम्बर ५मा केन्द्रीय सदस्य दिपक आचार्य मनोनित भएका छन् । 

उक्क्त बैंठकले विभिन्न समिती समेत गठन गरी कर राजस्व भन्सार समितिको   केन्द्रिय सदस्य रमेस डंगोल, संघ सस्था समन्वयन समितिको सयोजकमा केन्द्रीय सदस्य जीवन भट्टराई, उद्योग व्यवस्थापन समिती सयोजकमा भागिरथ लुइँटेल र शिक्षा तथा खेलकुद समितिको सयोजकमा अर्जुन पाठकलार्इ मनोनित भएका छन् । 

महासंघको सल्लाहकारमा महासंघका पुर्व सदस्य रामशरण रिमाललाइ मनोनित गरेको छ। 

केन्द्रिय समितिको बैठकमा ग्रील तथा स्टील व्यवसायी संग सुनसरी र मोरङका नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाइ महासंघका अध्यक्ष मोहन कटुवालले स्वदेशि उत्पादन रुद्राक्षको माल्यार्पण गर्दै सफल कार्यकालको शुभकामना दिए ।


०००



प्रकाशित: २०७६ फाल्गुण ४
February 16th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार