नेपाली समय: १०:१४:४९ बिहान
वि.सं २०७७ जेठ २४   शनिवार

ग्रिल तथा स्टिल व्यवसायी महासंघले दियो महानगरीय प्रहरीलाई मेनक्याच स्टिक निःशुल्क

निर्माण सञ्चार, ३ वैशाख ०७७, काठमाडौं

कोरोना भाइरसका कारण लकडाउन जारी रहेकै अवस्थामा अनावश्यक रुपमा सडकमा निस्कने मानिसलाई यतिबेला गोठालो लाग्ने काम नेपाल प्रहरीले गरिरहेको छ ।

सडकमा आएकालाई नजिकबाट बोल्न पनि नहुने, हातमा समातेर कारबाही गर्न पनि नमिल्ने रोगका कारण प्रहरीहरुलाई पनि मानिस कन्ट्रोल गर्न साधन चाहिरहेको बेला ग्रील तथा स्टील व्यवसायी महसंघ नेपालले महानगरीय प्रहरी बृत कमलपोखरीलाई मेनक्याच स्टिक अर्थात् मानिस समाउने लट्ठी प्रदान गरेको हो ।

कमलापोखरी प्रहरी प्रमुख श्री भरत बहादुर बिकलाई मेनक्याच स्टिक निशुल्क हस्तान्तरण गरिएको ग्रिल तथा स्टिल व्यवसायी महासंघले जनाकारी दियो ।

लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा लकडाउन उलंघन गर्नेलाई सुरक्षित किसिमले ट्रिटमेन्ट गर्न एसोसियसनले यस्ता औजार प्रदान गरेको जनाएको छ ।

आजभोलि मानिसले एकबाट दुई बीच भेटघाट गर्दा पनि सोसल डिस्टेन्स कायम गर्न यी साधनहरु कामयाब हुने प्रहरी स्रोतको भनाइ छ ।

मानव नियन्त्रणमा लिन मेनक्याच स्टीक उपयोगी हुने र संक्रमणकबाट पनि सुरक्षित हुने हुँदा विश्वभरकै प्रहरीले यतिबेला कोरोना प्रभावित लकडाउनमा यस्तै विकल्पको प्रयोग गरेका छन् ।

अध्यक्ष मोहन कटुवालले कटुवाल गिल उद्योग कमलपोखरीले तयार गरेको उक्त सामानहरु विशेष समारोह बीच हस्तान्तरण गरेका हुन् ।

सो लट्ठीहरु निर्माणमा महासंघका सचिव सम्सुदिन शेष र काठमाडौ जिल्ला सहसचिब भरत लामिछानेले थप सहयोग गरेका हुन् ।

त्यस्तै, बुधबार अध्यक्ष कटुवालले सामुदायिक प्रहरी सेवा नक्सालका प्रहरी प्रमुख वसन्त थापालाई २ सय थान  सर्जिकल मास्क पनि दिएका थिए । 

 

 

०००

पढौं यो पनि



प्रकाशित: २०७७ बैशाख ३
April 15th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार