जगदम्बाको ‘कमसल’ स्टिल उत्पादन गर्ने के थियो नक्कली काइदा? दशकौंदेखि मुलुक र उपभोक्ता ठगिए, बल्ल कारबाही !
निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । नेपाली छड इन्डस्ट्रिजमा जगदम्बा ग्रुपको काम विगत दशकदेखि नै उपभोक्ता ठगीमा केन्द्रित थियो । भूकम्प लगत्तै कवाडी पेलेर निस्कने पाताबाट छड बनाएबारे ‘ब्रेकिङ’ भएपनि यसमाथि खासै कारबाही गरिएको थिएन । दशकौंदेखि मुलुक र जनता ठग्दै आएको जगदम्बा स्टिललाई बल्ल कारबाही भएको छ ।
गुणस्तरहीन छड उत्पादन गरेपछि जगदम्बा स्टिललाई गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको हो । योसँगै विभागले सो कम्पनीबाट उत्पादन हुने १६ एमएमको छडको इजाजत पनि स्थगन गरेको छ । तीन सय टन उत्पादित छड बिक्रीमा रोक लगाएको छ ।
OOO
प्रकाशित: २०७७ भाद्र ३०
-
मंगलम् सिमेन्ट पनि कारबाहीमा
मंगलम् सिमेन्टको ठगी धन्दा पनि रोकियो
त्यस्तै धादिङमा उद्योग राखी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको मंगला सिमेन्टलाई पनि विभागले कारबाही गरेको छ । यो सिमेन्ट कम्पनीले उत्पादन गर्ने पिपिसी ‘ओम मंगला’ सिमेन्ट गुणस्तरहीन रहेको विभागको भनाइ छ । विभागले अध्ययनक्रममा उद्योगबाट संकलन गरेको दुई किसिमको नमूना परीक्षण गर्दा गुणस्तर मान तोकिएको भन्दा धेरै पाइएको थियो । सिमेन्टमा कम्प्रेसिभ स्ट्रेन्थ क्रमश १४ एमपीए र १९ एमपिए हुनु पर्नेमा १६ तथा २२ एमपिए पाइएको विभागको भनाइ छ । विभागले यस कम्पनीबाट उत्पादित दुई ब्याचको सिमेन्ट बजारबाट फिर्ता गर्ने र पिपिसी सिमेन्टको बिक्री वितरणमा रोक लगाएको हो ।के गर्दैनथ्यो जगदम्बाले नक्कली काम ?
अनुसन्धानको क्रममा फलामे डन्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कबाडीमार्फत संकलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितमा बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आएको विभागले जनाएको छ । यसअघि पनि जगदम्बा स्टिलका उत्पादनमा धेरै पटक प्रश्न उठेको थियो । समस्या आएका ठाउँमा सो कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डन्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको थियो । मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम ९१६० बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए । गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको जानकारी गराए ।- शंकर ग्रुपले अझै केकेमा गर्दैछ उपभोक्ताको ठगी? खै गम्भीर खोजी ?
- जगदम्बाको १६ एमएमको छडको इजाजत पनि रोकियो
- ३ सय टन छड बिक्रीमा रोक
- मंगला सिमेन्टलाई पनि कारबाही
OOO
प्रकाशित: २०७७ भाद्र ३०
September 15th 2020
प्रतिक्रिया दिनुहोस्