नेपाली समय: ०८:४८:१० pm
वि.सं २०७६ फाल्गुण १०   शनिवार

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्बी क्षेत्रीय समितिको छैटौं साधारण सम्पन्न

निर्माण सञ्चार, २६ माघ, काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्बी क्षेत्रीय समितिको छैटौं  साधारण  सम्पन्न भएको छ । 

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्बी क्षेत्रीय समितिको छैटौ  साधारण सभाको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालले उद्घाटन गर्दै ग्रील तथा स्टील व्यवसायीहरुका जायज मागहरु पूरा गर्न र ग्रील उध्योगलाइ सहज किसिमले दर्ता गराउने काममा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् । 

केन्द्रिय महासंघका अध्यक्ष मोहन कटुवालले १लाख ६० हजार जना दक्ष र अर्ध दक्ष जनशक्तीलाई रोजगारी दिदै वार्षिक ५० अर्ब भन्दा बढिको ग्रील जन्य सामाग्रीहरु तयार गरि सेवा प्रदान गर्दै आइरहेको ग्रील तथा स्टील ब्यवसाय सरकारको स्पस्ट  नितिको अभाबका कारण अधिकाश   ग्रील उद्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा ब्यवासाय ब्यवस्थित हुन नसकेको बताए । 

उनले भने, ‘सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा जान समेत बाधा परेको हो ।’ 

उनले भौतिक पुर्वाधारको पनि पुर्वाधार बिकासमा नभै नहुने ग्रील तथा स्टील व्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुदा यसले बनजङल बिनासकम गर्न मदत पुगि बातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुदा यस्को महत्त्व अझ बढेको बताए ।

कटुवालले व्यवसायमा नया प्रबिधी भित्राएर उत्पादकत्व बढाउन  सकिने हुदा त्यस तर्फ लाग्न व्यवसायिहरुलाइ आग्रह 
गरे ।

अधिकांश श्रमीकहरुलाइ सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभयेकोले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोषमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ  व्यापक रुपमा सचालन गर्ने र साना उद्योगीहरुलाइ सरकारले शुरुमा केही अनुदान दिएर सामाजिक सुरक्षाकोसमा जान सक्ने बातावरण बनाउनु पर्ने माग राखे। 

पुर्बी क्षेत्रीय समितिका अध्यक्ष रोहित श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा रक्तदान गर्ने व्यवसायीहरुलाइ अध्यक्ष कटुवालले प्रमाण पत्र प्रदान गरेका थिए ।


०००
 



प्रकाशित: २०७६ माघ २६
February 9th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार