नेपाली समय: १०:५०:३० राती
वि.सं २०७६ आश्विन ३   शुक्रवार

ग्रील तथा स्टील व्यवसायी महासंघ र भुटानी प्रतिनिधि मण्डलबीच अन्तक्र्रिया

निर्माण सञ्चार १३ असार,काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ र भुटानी प्रतिनिधि मण्डलबीच अन्तक्र्रिया सम्पन्न भएको छ । 

बुधबार भएको उक्त दुई पक्षीय भेटवार्तामा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका तर्फबाट भुटान सरकारको श्रम मन्त्रालयका सहसचिवको नेतृत्वसँग अध्यक्ष मोहन कटुवाल सहितको प्रतिनिधिहरुले भेटवार्ता गरेका थिए ।
भेटमा दुई देश बिच ग्रील तथा स्टील व्यवसाय उद्योगको वर्तमान अवस्था चुनौती र सम्भावनाकोबारे कुराकानी भयो ।

अध्यक्ष कटुवालले भुटानी प्रतिनिधि मण्डलका सदस्यहरुको जिज्ञासा समाधान गर्दै नेपालका आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकार र निजी क्षेत्रबीच पछिल्लो समयमा राम्रो सहकार्यको थालनी भएको बताएका थिए । 
उद्योगीले खोजेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न कार्यस्थल तालिम (ब्उउचभलतष्अभकजष्उ ) सबैभन्दा उपयुक्त मोडेल देखिएको उनको भनाइ छ ।

यतिबेला निजी क्षेत्र, सिटीइभिटी र सोअन्तर्गतका सहयोगी संस्था हेलबेटास र इन्स्योर प्रोजेक्टको सहयोगमा तालिम सञ्जालनमा आएको छ ।

भेटमा भुटानी प्रतिनिधी मण्डलका संयोजक श्री कर्मा दोर्जीले भुटान सरकारले पनि निजी क्षेत्रलाई साथमा लिएर ‘अन दि जब’ तालिम सुरु गर्न लागेको बताएका थिए । 
दुई पक्षीय अनुभव आदान प्रदान समेत भएको उक्त कार्यक्रममा हेलबेटास नेपालका प्रतिनिधि कञ्चन तामाङ (लामा) ले प्रोजेक्टको बारे जानकारी गराएका थिए ।

भुटानी प्रतिनिधि मण्डलबीच भएको कार्यक्रमबारे महासंघ सचिव समसुदनि शेषले निर्माण सञ्चारलाई जानकारी गराएका हुन् ।

यसैपालिदेखि महासंघ अध्यक्ष कटुवाललाई प्राविधिक तालिम क्षेत्रमा सिटिइभिटीले जिम्मेवारी समेत दिएको छ । सिटिइभिटीले गैरशैक्षिक दक्षता कार्यक्रम अन्तर्गत नेपालमै रोजगारी सिर्जना गर्न दिइने यस्तो प्राविधिक तालिम क्षेत्रमा ग्रिल तथा स्टील व्यवसायलाई पहिलो पटक वैधानिक पद सहितको जिम्मेवारी दिएको हो । यो जिम्मेवारीलाई व्यवसायीहरुले स्वागत समेत गरेका छन् ।


०००

To See front Face Coverage, click here
 



प्रकाशित: २०७६ आषाढ १३
June 28th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार