नेपाली समय: ०६:४९:५० बेलुका
वि.सं २०७६ कार्तिक २   शनिवार

ग्रील तथा स्टील व्यवसायी संघ कपनको साधारण सभा सम्पन्न

निर्माण सञ्चार, २५ साउन, काठमाडौं ।  ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील व्यवसायी संघ कपनको साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले साधारण सभा उद्घाटन गरेका थिए ।

अध्यक्ष कटुवालले अवैध किसिमले सञ्चालित ग्रील व्यवसायीहरुलाई सरकारको कानुनी दायरामा भित्र व्यवस्थित र मर्यादित भएर समयमै गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीलाई आग्रह गरे । अध्यक्ष कटुवालले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग व्यवसायीहरुलाई  सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न पनि आग्रह गरे।

उनले भने,‘सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने बिषयमा सम्बन्धित मन्त्रालयसंग साना उद्योगीहरुलाई सहज किसिमले लागू गर्न उपयुक्त वातावरण बनाइदिन केही समयको माग भैरहेको छ।’ उनले त्यसको लागि सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह गरे। उनले ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागि महासंघ तत्पर रहेको बताए।

कार्यक्रमका सभापति एवं ग्रील तथा स्टील व्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बैंक मार्फत तलब दिन तत्काल नसकिने बताए।उनले भने ग्रील तथा स्टील ब्यवसायीहरुलाई त्यसबारेमा सुसुचित गरेर मात्र सहभागी गराउन सकिने हुँदा कम्तीमा १ बर्षको समय थप्ने ब्यवस्था मिलाउन आग्रह गरे। 

व्यवसायीहरुलाई ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी, भ्याट र प्यान सम्बन्धी बृतचित्रसहित छोटो जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी कटुवालले उत्कृष्ट ग्रील उधोगीहरुलाई सम्मान पनि गरेका थिए। 



प्रकाशित: २०७६ साउन २५
August 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार