नेपाली समय: ०६:४८:३९ बिहान
वि.सं २०७६ भाद्र ३०   सोमवार

सम्मेलनमा १ सय ३ परियोजनाको ‘शोकेस’ हुने, ५ सयभन्दा बढीकाे सहभागीता

निर्माण सञ्चार, २४ भदौ, काठमाडौं ।  तेस्रो ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ को तयारी अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले यही भदौ २५ र २६ गते काठमाडौ‌मा आयोजना गर्न लागेको उक्त सम्मेलनको तयारी अन्तिम तयारीमा पुगेको हो।

समृद्धिको आधारका रुपमा रहेको पूर्वाधार विकासमा जोड दिने उद्देश्यले आयोजना हुन लागेको उक्त सम्मेलनमा कुल १०३ परियोजनाको ‘शोकेस’ गरिने छ । सम्मेलनको समग्र तयारीबारे जानकारी दिन नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा प्रदेशस्तरका ८२ र लगानी बोर्डका तर्फबाट विभिन्न २१ परियोजना शोकेस गरिने जानकारी दिइएको हो ।

दिगो विकासका लागि मजबुत पूर्वाधार’ भन्ने मुल नाराका साथ हुन लागेको सो सम्मेलनमा सात वटै प्रदेशका मुख्यमन्त्रीले प्रादेशिक पूर्वाधारका विषयमा छलफल गर्नेछन् । प्रदेश सरकारले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको परिसङ्घले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा देशभित्र र बाहिरका ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता सुनिश्चित भएको छ । विकास साझेदार संस्थाका प्रमुख र उपप्रमुखले सो सम्मेलनमा भाग लिनेछन्। लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदायसमेत सह–आयोजक रहेको सम्मेलन दिगो विकासका लागि मजबूत पूर्वाधार मूल भावसहित आयोजना गर्न लागिएको हो। केपिएमजीले सम्मेलनको आवश्यक समन्वय गरिरहेको छ।

दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री विशेष अतिथिका रुपमा रहने उक्त सम्मेलनमा भारतका ऊर्जा तथा नविकरणीय ऊर्जा राज्यमन्त्री राजकुमार सिंह, विश्व बैंकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युमलगायत सहभागी हुने जनाइएको छ। सम्मेलनको समापनमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि रहने छन्।

सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक युएनडिपीलगायतका संस्था एवं मुलुक भित्रका विभिन्न संस्था गरी ४० साझेदारको रुपमा छन् भने ८० भन्दा बढी विशेषज्ञ प्रमुख वक्ताको रुपमा रहनेछन्। यसैगरी सातै प्रदेशका मुख्यमन्त्रीले प्रादेशिक पूर्वाधारका विषयमा विशेष छलफल गर्ने कार्यक्रम तय भएको छ।  सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ भने समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् । यो सम्मेलन गतवर्ष आयोजित लगानी सम्मेलन २०१९ को ‘फलोअप’ सम्मेलनका रुपमा रहने परिसङ्घले जनाएको छ ।     सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसङ्घले जनाएको छ ।

 

 

OOO

पढौं यो पनि



प्रकाशित: २०७६ भाद्र २४
September 10th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार