
फरक शैलीले मनजित्दै उमा प्रधान, भन्छिन् ‘हामी ३० गते जनअनुमोदनका लागि मात्र पर्खिरहेका छौँ’
निर्माण सञ्चार, २७ वैशाख, ०७९, मेलम्ची । स्थानीत तहका महिला प्रतिनिधि विशेष रिपोर्ट ।
.................... उमा प्रधान । सिन्धुपाल्चोक जिल्लामा यतिबेला चर्चित महिला उम्मेदवारको नाम हो । काठमाडौं महानगरको चुनावी माहोलमा जसरी उपमेयरका उम्मेदवार सुनिता डंगोल छाएकी छन् काठमाडौंमा पानी पठाउने जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिकामा यतिबेला महिला उम्मेदवारमध्ये प्रधान विशेष उम्मेदवार बनेकी छन् । मेलम्ची आफैँमा चर्चित मात्र होइन विश्वचर्चित नगरपालिका भित्र पर्छ । विभिन्न कारण मध्ये काठमाडौंका लागि खानेपानीको मुख्य परियोजनाको केन्द्र मेलम्ची बेलाबखत प्राकृतिक विपत्ति तथा बेलाबखत विकासे विपत्तिका कारण चर्चामा आएको भूमि हो । यो भूमिको मुहार फेर्ने भन्दै चुनावी माहोल बनाउने मध्ये यस अघिका मेयर बरु चर्चै नचली विजेता बनेका थिए मात्र होइन खासै चर्चा नभई कार्यकाल पनि सकाएका छन् । तर, यो पटक भने मेलम्ची नगरपालिकाले चुनावी रौनकमा उम्मेदवारलाई विशेष रुपमा चिनाएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारको भन्दा पनि प्रमुख प्रतिपक्षी दल एमाले सम्बद्ध मेयरका उम्मेदवार बालकृष्ण देउजा र उपमेयरका उम्मेदवार प्रधान चुनावी सरगर्मीको विशेष केन्द्रमा छन् । अन्य दलका नेताहरु त्यही माहोल तताउने सहायक पात्रजस्ता मात्रै देखिएका छन् ।
चुनावी मैदानमै निर्माण सञ्चारसँग संक्षिप्त साक्षात्कार गर्दै प्रधानले भनिन्, ‘वैशाख ३० गते त हाम्रा लागि अनुमोदन गर्ने दिनमात्र हो । हाम्रो विजयलाई कसैले रोक्नै सक्तैन ।’ स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा महिला उम्मेदवार विशेष साक्षात्कार यहाँ प्रस्तुत गरिएको छ ।
महिला हिंसा विरुद्धको राष्ट्रिय अभियानको म एक प्रमुख योद्धा र अभियन्ता हुँ । अन्तराष्ट्रिय नारी दिवस जस्ता सशक्तीकरण अभियानको जिल्लाको प्रमुख व्यक्तिको नाम सोध्नुस्, त्यो मियोको नाम सोध्नुस, जो सुकैले उमा प्रधान भन्छन् । भूमिस्थान महिला सामुदायिक संस्थाको १० वर्ष प्रवन्धकको काम गरेको छु । जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर विधानले उल्लेख गरे बमोजिम ३ कार्यकाल दक्षतापूर्वक काम गरेकी छु । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको देशव्यापी कामको नेतृत्व गरेर काम गरेको म सँग अनुभव छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाको महिला सशक्तीकरण शाखाको नेतृत्वदायी काम गरेको छु । त्यस्तै, मेलम्चीको सबैभन्दा ठुलो, पुरानो र जेठो संस्था महिला आत्म निर्भर केन्द्रको वर्तमान सचिव छु । मसँग अन्य धेरै क्षेत्रको अनुभव र ज्ञान छ , यो सबै अन्तर्वार्तामा भनेर सम्भव कुरा हैन । सबै विपक्षी पार्टीका उपमेयरका उमेदवारहरु मात्र हैन मेयरका उमेदवार भन्दा म नै पुरानो विरासत, अनुभव , क्षमता र राजनीतिक इतिहास भएको व्यक्ति हुँ । तेसैले त मैले बुझ्नेलाई श्रीखण्ड भनेको हुँ नि ।
अन्तमा, विशेष केही छ कि ...! हामी नयाँ सालसँगै मुलुकका सबै स्थानीय पालिकाको नयाँ भाग्यरेखा कोर्दै छौँ । स्थानीय चुनाव नै यस्तो भाग्यरेखा बन्नेवाला छ, यसमा चुनिने नेता राहु र केतु लागेका परे भने मुलुककै भाग्य र भविष्य गोलमाल हुने खतरा रहन्छ । तर, त्यही स्थानमा सही मान्छे पुग्यो भने मुलुकको भविष्य सुन्दर हुने कुरामा कुनै दुई मत छैन । त्यसैले यो नयाँ साल २०७९ वैशाख ३० गते मुलुकको भाग्य र भविष्य निर्माण गर्ने फैसलाको दिन भएकाले सबै जनताले आफ्नो अभिमत सही पार्टी र सही नेतृत्व चयनमा प्रकट गर्नु पर्ने छ । इतिहास भएको पार्टी, इतिहासमा जनताको सेवा गरेको पार्टी, सही नीति र सही नेतृत्व भएको पार्टीका रुपमा नेकपा एमाले सबै जनजनको मनमनमा बस्न सफल पनि छ भन्ने कुरा भनिरहनु पर्दैन पनि । यो सुवर्ण अवसरमा लोकतन्त्रका सार्वभौम सत्तासम्पन्न जनता हामीले आफ्नो सार्वभौम सत्ताको सदुपयोग मतदान मार्फत् गर्नसक्नु पर्छ भन्ने मेरो विशेष अपिल छ । जनता भनेका जनार्दन पनि हुन् भनिन्छ । जनार्दन भनेको भगवान विष्णु वा विशेष बुद्ध हुन् भन्ने हाम्रो मान्यता छ । जनार्दनका हातमा न्याय दण्ड हुने गर्छ । न्याय दण्डले सही कर्म गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड पनि दिने हो । जनताले सही र गलत नेतृत्व चयनको फैसला पनि निर्वाचन मार्फत् गर्ने भएकैले जनतालाई जनार्दन भनिएको हो । चुनावका बेला जनार्दनको अधिकार प्रयोग गर्न पाउने हामी जनताले साँच्चिकै जनता जनार्दन बन्नु पर्ने छ । निर्वाचनबाट आफ्नो नेतृत्व चयन गर्ने, नेतृत्वलाई अगाडि बढाउने र नियमन गर्ने सिस्टम र व्यवस्थालाई नै बलियो बनाउनु पर्ने हुन्छ । म पनि त्यही जनता नै हुँ । तर जनताको मत पाएर जनता कै सेवा गर्ने एक उम्मेदवार पनि हुँ । जनताको अमूल्य मतको कदर गर्ने व्यक्ति रुपमा आफूलाई चिनाउने प्रण म गर्दछु । तपाईहरुले दिएको मत सही ठाउँमा परेछ, सही मान्छेलाई भोट दिएको रहेछु भन्ने महसुस हुनेगरी म काम गर्नेछु । तपाईहरुको अभिमतलाई खेर जान दिने छैन । यो मुटुको रगत दिनु भन्दा ठुलो र महत्वपूर्ण कुरा हो मतदान गर्नु । त्यसैले, ०७९ साल वैशाख ३० गते शुक्रबार दुःख कष्ट सहेर, घाम पानी नभनेर जे जसरी भए पनि नेकपा एमालेका उमेदवारहरुलाई सूर्य चिन्हमा अमूल्य मतदान गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।
०००
प्रकाशित: २०७९ बैशाख २७
.................... उमा प्रधान । सिन्धुपाल्चोक जिल्लामा यतिबेला चर्चित महिला उम्मेदवारको नाम हो । काठमाडौं महानगरको चुनावी माहोलमा जसरी उपमेयरका उम्मेदवार सुनिता डंगोल छाएकी छन् काठमाडौंमा पानी पठाउने जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिकामा यतिबेला महिला उम्मेदवारमध्ये प्रधान विशेष उम्मेदवार बनेकी छन् । मेलम्ची आफैँमा चर्चित मात्र होइन विश्वचर्चित नगरपालिका भित्र पर्छ । विभिन्न कारण मध्ये काठमाडौंका लागि खानेपानीको मुख्य परियोजनाको केन्द्र मेलम्ची बेलाबखत प्राकृतिक विपत्ति तथा बेलाबखत विकासे विपत्तिका कारण चर्चामा आएको भूमि हो । यो भूमिको मुहार फेर्ने भन्दै चुनावी माहोल बनाउने मध्ये यस अघिका मेयर बरु चर्चै नचली विजेता बनेका थिए मात्र होइन खासै चर्चा नभई कार्यकाल पनि सकाएका छन् । तर, यो पटक भने मेलम्ची नगरपालिकाले चुनावी रौनकमा उम्मेदवारलाई विशेष रुपमा चिनाएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारको भन्दा पनि प्रमुख प्रतिपक्षी दल एमाले सम्बद्ध मेयरका उम्मेदवार बालकृष्ण देउजा र उपमेयरका उम्मेदवार प्रधान चुनावी सरगर्मीको विशेष केन्द्रमा छन् । अन्य दलका नेताहरु त्यही माहोल तताउने सहायक पात्रजस्ता मात्रै देखिएका छन् ।
- उमा प्रधानको ठोकुवा— मेलम्ची नगरपालिकामा एमालेको विजयलाई कसैले रोक्न सक्तैन
चुनावी मैदानमै निर्माण सञ्चारसँग संक्षिप्त साक्षात्कार गर्दै प्रधानले भनिन्, ‘वैशाख ३० गते त हाम्रा लागि अनुमोदन गर्ने दिनमात्र हो । हाम्रो विजयलाई कसैले रोक्नै सक्तैन ।’ स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा महिला उम्मेदवार विशेष साक्षात्कार यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंको चुनावी माहोल र चर्चा चुलिएको देखिन्छ, चुनाव जितिन्छ त ?
मेलम्ची नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित छ । नगरका सबै वडाहरुमा प्रत्यक्ष मत माग्दै जाँदा जनताले दिएको अपार मायालाई मैले गहिरो गरी हेरेको छु । यो नै हामीले चुनाव जित्ने मुख्य कडी हो । त्यसैले, वैशाख ३० गते जनअनुमोदनको औपचारिकता मात्र पूरा गर्न हामी पर्खिरहेका छा्रँै । मेलम्ची नगरपालिकामा एमालेको जित सुनिश्चित भइसकेको छ ।निर्वाचन जित्ने आधार चाहिँ के हुन् ?
हामीले चुनाव जित्ने विभिन्न पाटा र तिनको विशेषहरु छन् । तिनलाई मुख्य ५ वटा आधारमा राखेर हेर्न पनि सकिन्छ । जनता, जनभावना, यसअघि हामीले गरेका काम, हाम्रो पार्टी जनसंगठन र अरुका तुलनामा योग्य उम्मेदवार तथा उम्मेदवारको जनप्रिय छवि । यी पाँच आधार अरुका भन्दा हाम्रा बलिया छन् । एमालेको जनसंगठनको कुरा गर्नै पर्दैन । विश्वकै शक्ति एमालेको जनसंगठनप्रति लोभिन्छ थाहै छ । दोस्रो कुरा हो यसअघिका हाम्रो नेतृत्वमा हामीले सम्पन्न गरेका उन्नत कामहरु । तेस्रो हो, जनतासँग प्रत्यक्ष रुपले सधैँ जोडिरहेका हामी उम्मेदवारहरु । अरु पार्टीका उम्मेदवार मौकामा कहाँ कहाँ हुनुहुन्थ्यो । यसो रमाइलो गराँै कि भनेर चुनावमा उठेजसरी आउनेहरु पनि यहाँ छन् । कसैलाई टुरिस्ट उम्मेदवार पनि भनेका छन् जनताले । तर हामी यी सबै मूल्यमा अब्बल छौँ । मेयरका उम्मेदवार बालकृष्ण देउजा आफ्नो राजनीतिक जीवनको आरम्भदेखि नै यही जिल्लामा, यही भूमिमा, यही मेलम्ची भुगोलका जनताको दुखसुखको साथी हुँदै आउनु भयो । बिचमा थकाइ मार्ने, विदेश गएर आउने, पैसासैसा कमाएर राजनीतिमा जाऊँ न त भन्नेजस्तो अवसरवादी चरित्र हाम्रा उम्मेदवारहरुमा छैन ।- जुगल हिमालय शृंखलाको मानव वस्ती मेलम्ची सभ्यताको उद्भव हो भन्ने मलाई राम्रोसँग थाह छ । मूलतः हाम्रो सिंगो टिम यसबारे सचेत पनि छ । मेरो कार्यकालमा मैले मेलम्ची सभ्यताको रुपमा नयाँ सोच सहितका विकासका कामहरु गर्नेछु
विगतको इतिहास र वर्तमानमा गरेका कामहरु पनि आधार हुन् भन्नखोज्नु भएको हो ?
हो नि । हामीले गरेका कामलाई हामीले दाबी किन नगर्ने ? त्यस्तै, एमालेलाई जनताले इतिहासको कसीमा पनि त मूल्याङ्कन गर्न सक्छन् । यी दुवै पाटोबाट पनि हेरौँ न । यस अघिको निर्वाचनलाई हेर्दा पनि– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको मेयर उपमेयर सहित १३ वटा वडाहरु मध्ये ८ वटा वडा जितेर इतिहास कायम गरेको नगरपालिका हो । जिल्लाका सबै पालिकाहरुमा हाम्रो राम्रो पकड छ अझ यो पालिका त हाम्रो आधार इलाका हो, जग हो । सबैभन्दा शक्तिशाली उपस्थिति भएको पालिका यो पालिका हो । नेकपा एमालेको पुरानो राजनीतिक इतिहास सुरु भएको पालिका पनि मेलम्ची नगरपालिका नै हो । पञ्चायती व्यवस्थाको अन्त र प्रजातन्त्रको स्थापना र देशमा भएका अन्य सबै प्रकारका आन्दोलनमा यो पालिका अब्बल र सक्रियय रहेको थियो । एमालेले कठिन घडीमा खेलेको भूमिका पनि त जनताले समीक्षा गर्ने कडी हुन् नि । माओवादी द्वन्दकालमा राज्य पक्षबाट भएका कार्यहरु र विद्रोही पक्षबाट भएका कामहरुका कारणले सृजना भएको आपत् विपतमा सामञ्जस्यपूर्ण व्यवहार निभाएका छौं। दुवै पक्षबाट भएका हत्या हिंसा र ज्यादतीको विरुद्धमा निष्पक्ष भूमिका हमीले खेलेका छौं। हाम्रो कारणले धेरै सेना पुलिस र जनप्रतिनिधीहरुको जीवनको रक्षा गरेका छौं । त्यसै गरी, विद्रोहीका नाममा विद्रोह दावाउन राज्य पक्षबाट भएका नराम्रा कामको खबरदारी पनि हामीले निरन्तर गरेका छौं । हामी दुवैको बिचमा बसेर दुधको दुध पानीको पानि पार्ने काम गरेका छौं । क्षतिलाई न्युनिकरण गरेका छौं । समाजको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा, रोजगारी, विपद् व्यवस्थापन, दीगो विकास, पर्यावरण सुरक्षण, आय आर्जनका लागि संघ, संस्था र निकाय सँग सहकार्य गरेका छौं। कार्ययोजना, कार्यक्रम र प्रगतिका हिसाबले पनि एमालेलाई जनताले उच्च मूल्याङ्कन गर्ने गरेका छन् । प्रादेशिक सरकार र संघीय सरकारको सहकार्यका धेरै योजनाहरु पाइपलाइनमा छन्भ । विष्यमा तिनीहरुलार्इ सम्पन्न गर्नेछौं । सम्पन्न योजनाको दीगोपनाका लागि प्रणालीगत विकास र सिष्टमको शुरुवात गर्दै लाने योजना हामीसँग छ ।- नयाँ सालसँगै मुलुकका सबै स्थानीय पालिकाको नयाँ भाग्यरेखा कोर्दै छौँ । स्थानीय चुनाव नै यस्तो भाग्यरेखा बन्नेवाला छ, यसमा चुनिने नेता राहु र केतु लागेका परे भने मुलुककै भाग्य र भविष्य गोलमाल हुने खतरा रहन्छ । तर, त्यही स्थानमा सही मान्छे पुग्यो भने मुलुकको भविष्य सुन्दर हुने कुरामा कुनै दुई मत छैन
तपाईलाई राजनीतिक इतिहास र सामाजिक क्षेत्रमा कम योगदान भएको उमेदवार भन्ने आरोप छ नि ?
सही प्रश्न सोध्नु भयो । वास्तवमा मैले जनतालाई यही कुरा राख्ने अवसर पर्खिरहेकी थिएँ । निर्माण मिडियाबाट यो सन्देश पनि जान आवश्यक छ । जहाँसम्म मेरो राजनीतिक तथा सामाजिक सेवाको क्षेत्रमा जोडिएको इतिहास र योगदानको कुरा छ– बझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भने जस्तौ हो । म विद्यार्थी कालदेखि नै अनेरास्ववियुको नेतृत्वमा रहेर काम गरेको मानिस हुँ । म २०४७। ४८ बाटै अनेरास्ववियु रामेछाप जिल्लाको जिल्ला कमिटीमा बसेर काम गरें । स्कुले जीवनपछि एसएलसी सकेर उच्च शिक्षाका लागि राजधानी पसेपछि पनि ०५२ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा म त्रिभुवन विश्वविद्यालय अन्तरगतको पव्लिक युथ क्याम्पस, धोविचौर क्षेत्रपाटीमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षको उमेदवार भर्इ निर्वाचन फेस गरेर आएको छु । ०५३ सालमै म नेकपा एमालेको जिल्ला कमिटि रामेछापको जिल्ला सदस्य हुँ । नेकपा सिन्धुपाल्चोकको जिल्ला कमिटीमै मैले ३ कार्यकालको झण्डै १२ वर्ष बिताएको छु । बाह्रविसे अक्करमा भएको जिल्ला अधिवेशनबाट निर्वाचित भएको महिला सदस्य हो । अघिल्लो मेलम्ची अधिवेशनको सर्वसम्मत जिल्ला कमिटिको सदस्य हो । हालै सम्पन्न नेकपा एमाले जस्तो देशको पहिला र ठूलो दल, जिल्लाको सवैभन्दा शक्तिशाली पार्टींको जिल्लाको महिला उपाध्यक्ष हैन, उपाध्यक्षका रुपमा म सक्रिय नै छु। म अखिल नेपाल महिला संघको जिल्ला कमिटिको सचिवको रुपमा सानदार रुपमा १ कार्यकाल सम्पन्न गरी अर्को कार्यकालमा अनेमसंघको अध्यक्ष भएर सिन्धुपाल्चोकमा महिलाको क्षेत्रमा सबल र सफल मानिसहरु नेतृत्वमा छन् भनेर मैले प्रमाणित गरिदिएकोछु । अहिले पनि म अनेमसंघको केन्द्रीय कमिटीको सदस्य हुँ । यस अघिको संविधान सभाको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट समानुपातिक तर्फ नेकपा एमाले जस्तो विशाल भीमकाय संगठनबाट महिलाहरु मध्ये एकमात्र महिलाको नाम जिल्ला कमिटिबाट सिफारिस भएको थियो । हो, त्यो मानिस, त्यो महिला उमा प्रधान म नै हुँ । अन्तर पार्टी महिला सञ्जाल नेपालका राष्ट्रिय र ठूलासाना पार्टीका महिलाहरुको संयोजक, सभापति र अध्यक्षहरुको नेतृत्व गर्ने निकाय हो, म त्यो निकायको पनि पहिलो व्यक्ति अध्यक्ष अझ भनौं जिल्ला अध्यक्ष भएर जिल्लाका सवै महिलाहरुको सञ्जाल संचालन गरेको अनुभव छ ज–जसले मलाई यो प्रश्न गर्न चाहन्छन् म उहाँहरु सवैसँग विनम्र अनुरोध गर्दछु कि सामाजिक र राजनीतिक जीवन तपाईले कहिले कहाँबाट सुरु गर्नुभएको हो ? मैले राजनीतिक यात्राको नेतृत्व गर्दा तपाईहरु के गर्दै हुनुहुन्थ्यो ? भलै यो तुलना गर्ने विषय हैन । तर तुलना नै गर्ने भए पनि म तयार छु । मलाई यो प्रकारको भनाई राख्ने साथीहरु जस्ता व्यक्तिलाई राजनीति, समाज, शिक्षा, विकास, आर्थिक उन्नयन जस्ता विषय सिकेर, सिकाएर पढेर, पढाएर कठिन संघर्षबाट आएकी महिला हुँ ।- जनता भनेका जनार्दन पनि हुन् भनिन्छ । जनार्दन भनेको भगवान विष्णु वा विशेष बुद्ध हुन् भन्ने हाम्रो मान्यता छ । जनार्दनका हातमा न्याय दण्ड हुने गर्छ । न्याय दण्डले सही कर्म गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड पनि दिने हो । जनताले सही र गलत नेतृत्व चयनको फैसला पनि निर्वाचन मार्फत् गर्ने भएकैले जनतालाई जनार्दन भनिएको हो
महिला हिंसा विरुद्धको राष्ट्रिय अभियानको म एक प्रमुख योद्धा र अभियन्ता हुँ । अन्तराष्ट्रिय नारी दिवस जस्ता सशक्तीकरण अभियानको जिल्लाको प्रमुख व्यक्तिको नाम सोध्नुस्, त्यो मियोको नाम सोध्नुस, जो सुकैले उमा प्रधान भन्छन् । भूमिस्थान महिला सामुदायिक संस्थाको १० वर्ष प्रवन्धकको काम गरेको छु । जागृत महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष भएर विधानले उल्लेख गरे बमोजिम ३ कार्यकाल दक्षतापूर्वक काम गरेकी छु । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाको देशव्यापी कामको नेतृत्व गरेर काम गरेको म सँग अनुभव छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्थाको महिला सशक्तीकरण शाखाको नेतृत्वदायी काम गरेको छु । त्यस्तै, मेलम्चीको सबैभन्दा ठुलो, पुरानो र जेठो संस्था महिला आत्म निर्भर केन्द्रको वर्तमान सचिव छु । मसँग अन्य धेरै क्षेत्रको अनुभव र ज्ञान छ , यो सबै अन्तर्वार्तामा भनेर सम्भव कुरा हैन । सबै विपक्षी पार्टीका उपमेयरका उमेदवारहरु मात्र हैन मेयरका उमेदवार भन्दा म नै पुरानो विरासत, अनुभव , क्षमता र राजनीतिक इतिहास भएको व्यक्ति हुँ । तेसैले त मैले बुझ्नेलाई श्रीखण्ड भनेको हुँ नि ।
एमालेले जितेपछि नगरको विकास र उन्नयनका लागि गर्ने भाबी योजना के छ ?
विगतका राम्रा र असल कामलाई हामी निरन्तरता दिनेछु । अधुरा कार्यहरु सम्पन्न गर्ने विषयमा ध्यान केन्द्रित गर्नेछु । यहाँ गरीबी अध्यधिक छ । रोजगारीको ठूलो समस्याछ । यसको समाधानका लागि नीजि क्षेत्र, सहकारी, सरकारी निकाय र लाईन एजेन्सीहरु, सरकारी र र राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संघ– संस्थाहरु सँग हातेमालो गर्नेछौं । यो नगरपालिकाको काठमाण्डौं महानगर सँगको भगिनी सम्वन्ध स्थापित भैसकेको छ, यसलाई विस्तार र विकास गर्नेकार्य गर्नेछु । चेतनास्तर वृद्धि सँग सम्वन्धित कार्यहरु, महिला तथा युवाहरुलाई सशक्तिकरण तथा सीप विकास सँग जोड्ने कुराहरु गर्नेछु । मठ, मन्दिर, देवालय, धार्मिक, साँस्कृतिक पक्षको संरक्षण र विकासका कार्यक्रम संचालन गर्नेछु। संसारका विकसित सहरहरुसँगको सहकार्यमा विकास र प्रविधि तथा उद्यमशीलतालाई प्रवर्धन गर्नेछु । उपप्रमुख यहाँको जनताका लागि न्याय दिने न्यायाधीश पनि हो । जनताले न्याय नपाएको अवस्था छ। प्रत्यक्ष देखिने र अनुभव गर्ने गरी न्याय सम्पादनका काम गर्नेछु । शान्ति, अमनचैन र सुरक्षाको प्रत्याभुति दिने गरि कार्यप्राणली स्थापित गर्नेछु, यसका लागि प्रहरी, प्रशासन, नेपाल आर्मी र पालिकाका युवा तथा अन्य सवैको सहयोग लिइनेछ । हप्तौ सम्म काम नहुने, जता गयो त्यता लाईन बस्नु पर्ने, ढिला सुस्तीहुने, सेवा ग्राहीले सेवा नपाउने हालको अवस्थाको अन्त गर्न प्रणालीगत सुधार गर्नेछु। अनलाइन सेवा तथा सुचना प्रविधि, सञ्चार प्रविधि, विज्ञानको प्रयोग वा उपयोग जस्ता विकासमा दु्रततर पाहिला चाल्नेछु । नगरमा रहेको अधिकारलाई नियमानुसार विकेन्द्रीकरण गरि वडावडा सम्म पुराउनेछु । पेशा व्यवसाय र उद्यमको प्रवर्धन र पर्यटन विकासका विषयहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनेछु । मेलम्ची बाडिले क्षत विक्षत बनाएको मानविय मनलाई मल्हम पट्टी लगाउनेछु । भौतिक संरचनालाई पुनः जीवित गर्न सबैसँग मिलेर काम गर्नेछु ।मेलम्ची पनि एउटा सभ्यताको मुहान हो, यसबारे अरु उम्मेदवारहरुको त खासै केही पाइएन, तपाईंको टिमले केही गर्ला त ?
हो, हामीसँग भिजन छ । जुगल हिमालय शृंखलाको मानव वस्ती मेलम्ची सभ्यताको उद्भव हो भन्ने मलाई राम्रोसँग थाह छ । मूलतः हाम्रो सिंगो टिम यसबारे सचेत पनि छ । मेरो कार्यकालमा मैले मेलम्ची सभ्यताको रुपमा नयाँ सोच सहितका विकासका कामहरु गर्नेछु । मेलम्ची सभ्यता करिडोरका रुपमा जुगल हिमशृंखलादेखि गौरी शंकरसम्मका बस्तीहरुलाई जोड्न मिल्नेगरी पर्यटकीय मार्ग विकास गर्न सकिने कुराहरु मैले पटक पटक गर्दै आइरहेकी पनि छु । जनताहरुले टोल विकास संस्था मार्फत, वडाहरु मार्फत आएका विकास निर्माण र अन्य योजनालाई प्राथमिकताका साथ अगाढि बढाउनेछु । महिला, जनजाति, दलित उत्पिडितको सहाराको रुपमा नगरपालिकालाई स्थापित गर्नेछु । शिक्षा, स्वास्थ्य, सहकारी, सिंचाई,खानेपानी, मोटरबाटो, सुचना संचार तथा विज्ञान प्रविधिको विकासमा अर्जुन दृष्टि दिनेछु र यसको सुधारमा मरिमेटेर लाग्नेछु ।बाढी पहिरोले भग्नावशेष बनेको मेलम्ची उठाउने कुरा पनि तपाईं र मेयरका उम्मेदवारले पनि गरेको सुनिन्छ, योजना चाहिँ के छन् त ?
मेलम्ची आवासीय भूमि मात्र होइन कृषि उपजका लागि सिन्धुपाल्चोकको भकारी नै हो । त्यस्तै अन्य जीवजन्तु, जलजन्तु, प्राकृतिक हराभराको हिसाबले पनि भरिपूर्ण क्षेत्र हो । यहाँको जमिनको बनोट विशेष प्रकारको छ भन्ने कुरा यसअघि पटक पटक आएका पहिरोबाट हामीले जानिसकेका छौँ । हो यो जमिनको माटोको विशेषताको अन्तर्राष्ट्रिय स्तरको जाँचपड्ताल गरेर अब बन्ने आवासीय क्षेत्रहरुको विकास गर्नु आवश्यक छ । त्यसका लागि सोही अनुसारका विश्वविद्यालयीय अध्ययन ढाँचा, विशेषज्ञहरु सहितको मेलम्ची सम्मेलन र त्यसले पारित गर्ने घोषणा पत्रलाई लिएर अबका मेलम्ची विकास का परियोजनाहरु अघि बढाउनु पर्छ भन्ने मलाई लागेको छ । जहाँसम्म यो क्षेत्रमा बेलाबेलामा गइरहने बाढि, पहिरो, भूक्षय, नदीकटान जस्ता कुराहरु छन्— पनि यो भूशृंखलाको विशेषतालाई नचिनी दीर्घकालीन रुपबाट सम्पन्न गर्न सकिने कुरै होइन । किनकि ठिक माथि हिमालय शृंखला भएका हरेक जिल्ला त के विश्वका सबै मुलुकले यसखाले हिमशृंखला मुनि रहेका आवादी क्षेत्रहरुको विकासबारे नयाँ मोडालिटी आविष्कार गरेका छन् । र हामी पनि सोही अनुसार जानु पर्छ तब मात्र सही समाधान दिन सकिन्छ भन्ने मलाई लागेको छ ।- यो नगरपालिकाको काठमाण्डौं महानगर सँगको भगिनी सम्वन्ध स्थापित भैसकेको छ, यसलाई विस्तार र विकास गर्नेकार्य गर्नेछु । चेतनास्तर वृद्धि सँग सम्वन्धित कार्यहरु, महिला तथा युवाहरुलाई सशक्तिकरण तथा सीप विकास सँग जोड्ने कुराहरु गर्नेछु
तपाईले त मेयर भन्दा अझै अगाडि बढेर कार्ययोजना बताउनु भयो, के यो सबै गर्न सम्भव छ त ?
असम्भवको अ झिकेर फालिदिनुस् त सम्भव मात्रै बाँकी रहन्छ । अब हामी पछाडि रहिरहन सक्दैनौ । विकास पथमा पाइला लम्काउने हो । अगाडि बढ्ने हो । तपाईले के असम्भव देख्नु भयो ? किन भन्नुस् त ? हाम्रा मेयर अधिवक्ता हुनुहुन्छ । वहाँ यो नगरपालिको हेवीवेट उमेदवार हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण हुनुहुन्छ । भूमि आन्दोलनमा सिन्धुपाल्चोकमा तपाईले कस्को नाम लिनुहुन्छ ? कसैको नाम लिनुहुन्छ भने मेयरका उमेदवार बालकृष्ण देउजाकै नाम सबैभन्दा माथि आउँछ । वहाँ विभिन्न विषयका ज्ञाता हुनुहुन्छ । सफ्ट स्किल र हार्ड स्किलका विषयमा नेपालमै गिनेचुनेको प्रशिक्षक र तालिम दिने व्यक्ति हुनुहुन्छ बालकृष्ण देउजा । उहाँलाई दीगो विकासका १७ वटा लक्ष्यहरु र त्यसका सूचकहरु सवै कन्ठाग्र छ । उहाँ सिन्धुपाल्चोक जिल्लामै अध्ययन अनुसन्धानका क्षेत्रमा अब्बल मानिस हुनुहुन्छ । स्थानीय सरकार सञ्चालन ऐनको मस्यौदादेखि नै अध्ययन गरेको व्यक्ति हुनुहुन्छ । अनि उहाँ यो पालिकाको मेयरमा शानदार मतले जित्दै हुनुहुन्छ । म उपमेयरका सबल र सक्षम उमेदवार हो। भोलि जिते पछि के गर्ने भन्ने कुरा त अहिले नै एकिन हुन परेन र ? मैले त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकोछु । शिक्षा शास्त्र संकायमा स्नातक पढिरहेकोछु । राष्ट्रिय पाठ्यक्रम प्रारुप र सक्षमतामा आधारित पाठ्यक्रमको राम्रो ज्ञान हामी सँग छ । योजना निर्माण र कार्यान्वयमा हाम्रा गाउँका बाआमा र अग्रजले हामीलाई डोराएर लानुहुनेछ । आमा बुबा दाजुभाई दिदीबहीनीहरु हाम्रा कुशल सामाजिक कालिगड हुन् । वहाँहरुको कार्यक्षमता र दक्षता संसारको तुलनामा अत्यधिक छ। हाम्रा गाउँबासीलाई कसले रोक्छ विकास गर्न हेरम् त ? गाउँको निर्माण र प्रगति अब रोकिन्न । हामीसँग जनता हुनुहुन्छ । हामी वहाँहरुको सेवकको रुपमा काम गर्छौ अनि ? कुनै शंका छ र ? अब नेकपा एमालेको विजय र मेलम्चीको विकास तथा समृद्धिलाई कसैले रोक्न सक्नेवाला छैन ।अन्तमा, विशेष केही छ कि ...! हामी नयाँ सालसँगै मुलुकका सबै स्थानीय पालिकाको नयाँ भाग्यरेखा कोर्दै छौँ । स्थानीय चुनाव नै यस्तो भाग्यरेखा बन्नेवाला छ, यसमा चुनिने नेता राहु र केतु लागेका परे भने मुलुककै भाग्य र भविष्य गोलमाल हुने खतरा रहन्छ । तर, त्यही स्थानमा सही मान्छे पुग्यो भने मुलुकको भविष्य सुन्दर हुने कुरामा कुनै दुई मत छैन । त्यसैले यो नयाँ साल २०७९ वैशाख ३० गते मुलुकको भाग्य र भविष्य निर्माण गर्ने फैसलाको दिन भएकाले सबै जनताले आफ्नो अभिमत सही पार्टी र सही नेतृत्व चयनमा प्रकट गर्नु पर्ने छ । इतिहास भएको पार्टी, इतिहासमा जनताको सेवा गरेको पार्टी, सही नीति र सही नेतृत्व भएको पार्टीका रुपमा नेकपा एमाले सबै जनजनको मनमनमा बस्न सफल पनि छ भन्ने कुरा भनिरहनु पर्दैन पनि । यो सुवर्ण अवसरमा लोकतन्त्रका सार्वभौम सत्तासम्पन्न जनता हामीले आफ्नो सार्वभौम सत्ताको सदुपयोग मतदान मार्फत् गर्नसक्नु पर्छ भन्ने मेरो विशेष अपिल छ । जनता भनेका जनार्दन पनि हुन् भनिन्छ । जनार्दन भनेको भगवान विष्णु वा विशेष बुद्ध हुन् भन्ने हाम्रो मान्यता छ । जनार्दनका हातमा न्याय दण्ड हुने गर्छ । न्याय दण्डले सही कर्म गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड पनि दिने हो । जनताले सही र गलत नेतृत्व चयनको फैसला पनि निर्वाचन मार्फत् गर्ने भएकैले जनतालाई जनार्दन भनिएको हो । चुनावका बेला जनार्दनको अधिकार प्रयोग गर्न पाउने हामी जनताले साँच्चिकै जनता जनार्दन बन्नु पर्ने छ । निर्वाचनबाट आफ्नो नेतृत्व चयन गर्ने, नेतृत्वलाई अगाडि बढाउने र नियमन गर्ने सिस्टम र व्यवस्थालाई नै बलियो बनाउनु पर्ने हुन्छ । म पनि त्यही जनता नै हुँ । तर जनताको मत पाएर जनता कै सेवा गर्ने एक उम्मेदवार पनि हुँ । जनताको अमूल्य मतको कदर गर्ने व्यक्ति रुपमा आफूलाई चिनाउने प्रण म गर्दछु । तपाईहरुले दिएको मत सही ठाउँमा परेछ, सही मान्छेलाई भोट दिएको रहेछु भन्ने महसुस हुनेगरी म काम गर्नेछु । तपाईहरुको अभिमतलाई खेर जान दिने छैन । यो मुटुको रगत दिनु भन्दा ठुलो र महत्वपूर्ण कुरा हो मतदान गर्नु । त्यसैले, ०७९ साल वैशाख ३० गते शुक्रबार दुःख कष्ट सहेर, घाम पानी नभनेर जे जसरी भए पनि नेकपा एमालेका उमेदवारहरुलाई सूर्य चिन्हमा अमूल्य मतदान गर्नु हुन हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित: २०७९ बैशाख २७
May 10th 2022
प्रतिक्रिया दिनुहोस्