Infrastructure Summit २०१९ः नेपालमा लगानी गर्नुसः लाभ र सुरक्षा ग्यारेन्टी सरकारले गर्छ’ अर्थमन्त्री खतिवडा
निर्माण सञ्चार, २५ भदौ, काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल लगानीका लागि धेरै विषयहरु ‘भर्जिन ल्यान्ड’ भएको भन्दै नेपालको समृद्धिको अभियानमा सरिक हुन विदेशी तथा स्वदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग परिसंघ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सहित नेपाल लगानी बोर्डद्वारा आयोजना गरिएको पूर्वाधार सम्मेलनको एउटा सत्रको अध्यक्षता गर्दै अर्थमन्त्री डा खतिवडाले नेपालमा लगानी गर्दा लाभांश र सुरक्षाको चिन्ता नगर्न समेन लगानीकर्ताहरुमा अनुरोध गरेका छन् ।
राजधानीको होटेल ह्यातमा बुधबार बिहानैदेखि पूर्वाधार सम्मेलन सुरु भएको छ । मुलुक र विदेशबाट ९० भन्दा बढी बिजनेस लिडर तथा सरकारी नीति निर्माताहरु सरिक उक्त सम्मेलनले नेपालको पूर्वाधारबारे लगानीकर्ताहरु बीच समन्वय समेत गर्ने दाबी गरेको छ ।
सम्मेलनका दिउसोको सत्रमा सभामुख कृष्ण बहादुर महराले अध्यक्षता गरेका थिए । उक्त सत्रमा नेपालका सातै प्रदेशका प्रमुखहरुले समेत आ–आफ्नो प्रदेशका सम्भावना र लगानीका क्षेत्रहरुबारे जानकारी गराएका थिए ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुने भने पनि साँझको सत्रमा उनी आफू आउन नसकेको भन्दै आफ्ना तर्फबाट सन्देश पठाएका थिए ।
परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदायसमेतको सहकार्यमा आयोजना गरिएको सम्मेलनलाई गत वर्ष सम्पन्न लगानी सम्मेलन २०१९ को फलोअपको रूपमा बताएको छ ।
लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत उपयुक्त अवसर हुने नेपाली नीति निर्माताहरु बताउँछन् ।
०००
प्रकाशित: २०७६ भाद्र २५
प्रकाशित: २०७६ भाद्र २५
September 11th 2019
प्रतिक्रिया दिनुहोस्