निर्माण सञ्चार, २५ असोज, ०७६, काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । उनलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सी जिनपिङलाई स्वागत गरिदै
उनी चढेको विमान नेपाली समयअनुसार ४ः१० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गरेको हो ।
राष्ट्रपति सी नेपाल भ्रमण विशेष रिपोर्ट
मित्रराष्ट्र चीनबाट २३ वर्ष पछि उच्च तहको यो भेट भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।
सीको स्वागतार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी विद्यादेवी भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए ।
यस अघि राष्ट्रपति सी भारतको भ्रमणमा थिए । भारत भ्रमण सकेलगत्तै उनले चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए ।
के कस्तो छ राष्ट्रपति सीको कार्यतालिका ? कसकसलाई गर्दैछन् भेट ?
शनिबार
५ः०० बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
विमानस्थलमै सैनिक सलामी अर्पण
सोल्टी होटल प्रस्थान
६ बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान ।
६ः३० बजे
राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।
७ः१५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।
आइतबार
१०ः३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता ।
१ः०० बजे
स्वदेश फिर्ता
OOO
पढौं यो पनि
प्रतिक्रिया दिनुहोस्