क्यानको निलम्बन फुकुवा गर्ने निर्णय
निर्माण सञ्चार, २८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हाे।
आइसिसीका नियमहरु उल्लंघन गरेको भन्दै क्यान सन् २०१६ देखि निलम्बनमा परेको थियो। तर दुबईमा साेमबार बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्राेतकाे भनाइ छ।
हालै क्यानको स्वतन्त्र निर्वाचनमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि निलम्बन फुकुवाका लागि मार्गप्रशस्त भएको आइसिसीले जनाएको छ। आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै निलम्बन फुकुवा गरेर पुन सदस्यको मान्यता दिइएको बताए। ‘यसका लागि नेपालले मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि एउटा संक्रमणकालिन योजना बनाइनेछ। जसमा नियन्त्रित कोष पनि समावेश हुनेछ।’
साथै आइसिसीले जिम्वाब्बेको प्रतिबन्ध पनि फुकुवा गरेको छ। त्यसैगरी महिला क्रिकेटको पुरस्कार समेत बढाउने निर्णय गरेको छ।
प्रकाशित: २०७६ आश्विन २७
प्रकाशित: २०७६ आश्विन २७
October 14th 2019
प्रतिक्रिया दिनुहोस्