नेपाली समय: १०:४४:५९ बिहान
वि.सं २०८३ जेठ ६   बुधवार

एनआरएनए सम्मेलनः ओसेनिया क्षेत्रका लागि दिनेशराज जोशीको उम्मेदवारी घोषणा

निर्माण सञ्चार, २८ असोज, काठमाडौं । एनआरएनएको नवौं विश्वसम्मेलनमा अस्ट्रेलिया रहेका दिनेशराज जोशीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

त्यहाँबाट ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेको उनले बताए । जोशीले चुनावी अभियानलाई तीव्र पार्दै आफू अब्बल उम्मेदवार रहेको दाबी गरेका छन् । 

हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्ने उनको नारा रहेको छ ।

दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक हुन् । 
नेपालबाट अष्ट्रेलिया गएका युवाहरुलाई रोजगारी तथा अप्ठेरोमा साथ दिने जोशी सामाजिक अभियान सञ्चालनमा अग्रणी मानिन्छन् । 

सबै दल निकटसँग समभावको आधारमा अघि बढेकाले आफूलाई ओसेनिया क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएकाले अघि बढेको उनले बताए । 

‘एनआरएनएको विभिन्न जिम्मेवारीमा रहेपछि अब ओसेनिया क्षेत्रकै प्रतिनिधिका रुपमा अघि बढ्नुस् भन्ने सुझाव आएकाले उम्मेदवारी दिएको छु,’ उनले भने ।

चुनावी अभियानका क्रममा आफूलाई सबै क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए । 
‘हाम्रो राजनीतिक आस्था आ आफ्नो ठाउँमा छ,’ उनले भने, ‘नेपालीको छाता संगठनलाई राजनीतिबाट पर राखेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’ 

उनले सबै विचार र पक्षलाई समेटेर नेपालमा लगानीका साथै अष्ट्रेलिया र न्युजिल्याण्डका विद्यार्थी र नेपालीको समस्या समाधानमा विशेष जोड दिने बताए । 

०००

पढौं यी पनि

किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?

 

 

 



प्रकाशित: २०७६ आश्विन २८
October 15th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार