नेपाली समय: ०७:५९:५९ बेलुका
वि.सं २०८३ भाद्र १   सोमवार

एनआरएनए निर्वाचनः पाँच मन्त्र बोकेका कुमार पन्त अध्यक्षमा विजयीः महासचिवमा डा शर्मा, उपाध्यक्षमा डा बद्री !

निर्माण सञ्चार, १ कात्तिक, ०७६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त र महासचिवमा पन्त प्यानलकै डा हेमशराज शर्मा निर्वाचित भएका छन् ।

नयाँ कार्यकालका लागि बिहीबार भएको निर्वाचनमा पन्त समूहबाट अध्यक्ष तथा महासचिव नै विजयी भएका हुन् । अन्य उम्मेदवारको अन्तिम परिणाम भने आइसकेको छैन । अहिलेसम्म विजयी हुनेहरुमा पन्त समूहकै विजेता बढी रहेका छन् ।
 
अध्यक्षमा पन्त निकटतम प्रतिस्पर्धी कुल आचार्यलाई परास्त गर्दै विजयी बनेका हुन् । मत गणना सकिए पनि मतपरिणाम भने औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।

पन्त गोरखा फुजेलका स्थायी बासी हुन् । सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरिरहेका पन्त एनआरएनएको यसअघि दुई कार्यकाल उपाध्यक्ष भइसकेका थिए ।

पन्तले आफू उम्मेदवार हुँदै गर्दा लगानीमा योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगो संगठन र व्यापक सहभागिताका पाँच मन्त्रसमेत सार्वजनिक गरेका थिए । 

उनले आफूले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

अन्य पदमा को को विजयी ?

त्यस्तै, महासचिवमा डा हेमराज शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा पन्त समूहकै बद्री केसी विजयी बनेका छन् । 

उपाध्यक्षहरुमा थप सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ र मन केसी विजयी भएका छन् ।

सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन । त्यसैगरी कोशाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकराज दाहाल विजयी भएका छन ।

 

०००
पढौं यी पनि

किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?



प्रकाशित: २०७६ कार्तिक १
October 18th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार