एनआरएन विश्वसम्मेलनः तानव पछि शान्तिपूर्ण मतदान, भोलि विहानसम्म विजेता घोषणा भइसक्ने
निर्माण सञ्चार, ३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदान सम्पन्न भएको छ । तनाव पछि भएको मतदान शान्तिपूर्ण रहेको एनआरएन जर्मनीका लागि पूर्व अध्यक्ष नवराज रोस्याराले बताए ।
करिब साँढे २७ सय मतदाता प्रतिनिधि रहेको मध्ये ६० प्रतिशत भन्दा बढी मत खसेको अनुमान निर्वाचन समितिले गरेको उनले बताए । आज राति करिब ७ बजेबाट मतगणना हुने उनले बताए । ‘मतगणना रोकिएन भने भोलि बिहान ५–६ बजेसम्म अध्यक्षको विजेता घोषणा भइसक्ने छ,’ उनले भने । अध्यक्ष पदका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य छुट्टाछुट्टै समूह बनाएर चुनावी प्रतिस्पर्धामा छन्। मतदान मेसिन बिग्रेपछि रोकिएको मतदान आज बिहीबार विहान १० बजेबाट मतदान सुरु भएको थियो । तर, निर्वाचन समितिले फेक मतदातालाई समेत भोट हाल्न दिएको भन्दै कूल आचार्य समूहले विरोध गरेपछि मतदानस्थलमा फेरि तनाव हुन पुगेको थियो । आचार्य समूहले मतदान रद्द गर्न गर्न माग गर्दै नाराबाजी गरे पछि केही बेर मतदान नै रोकिएको थियो । एनआरएनएको मतदान स्थल राजनीतिक दलको भातृ संगठनको चुनावी पारा देखिएको भन्दै अन्तर्राष्ट्रिय रुपमै एनआरएनको औचित्य माथि बहस सुरु भएको पनि छ । सामाजिक सञ्जालहरुमा एनआरएन प्रतिनिधिहरुले देखाएको रबैयाको विरोध भइरहेको छ । बुधबार पनि एनआरएनहरुले मतदानस्थलमा राखिएका कुर्सीहरु तोडफोड गरेका थिए । एनआरएनमा ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि प्राविधिक समस्या आएपछि मतपत्रबाटै बिहीबार साढे ११ बजेदेखि मतदान सुरु भएको छ । अहिले तनाव र विवादका बीच पनि मतदान भने चलिरहेको छ।
सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । ००० पढौं यी पनि
प्रकाशित: २०७६ आश्विन ३०

किन गरे एनआरएनए संस्थापक अध्यक्ष महतोले सम्मेलन ‘बहिष्कार’ ?
- विश्वसम्मेलनको मुखैमा एनआरएनएले भन्यो, ‘बालुवाटार जग्गा किनेकोमा ‘पछुतो भयो, राज्यद्वारा ठगियौं’
- एनआरएन यूकेमा नयाँ इतिहास, अध्यक्षमा पहिलोपटक महिला विजयी
- एनआरएन युरोपमा तनहुँका प्रधानको उम्मेदवारीः चर्चा चुलिदै
- एनआरएन युरोप उप संयोजकमा प्रधानको उम्मेदवारी घोषणा
प्रकाशित: २०७६ आश्विन ३०
October 17th 2019
प्रतिक्रिया दिनुहोस्