पर्यटमन्त्री भन्छन्, ‘सीको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ’
निर्माण सञ्चार, २ कात्तिक, ०७६, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन्।
मन्त्री भट्टराईले सरकारले चीनबाट नेपाल भ्रमण वर्षको अवसरमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आवश्यक प्रचार–प्रसारमा जोड दिएको उनको भनाइ छ।
सीले नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पु¥याउने जनाएका कारण नेपाल भ्रमण वर्ष २०२० को लक्ष्यमा सहयोग पुगेको उनले बताए। चीन जस्तो शक्तिशाली देशका राष्ट्रपति के गर्दैछन् ? कहाँ छन् ? भन्नेमा विश्वको ध्यान केन्द्रित हुने भएकोले पनि उक्त भ्रमणको फाइदा नेपालले लिन सकेको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेको समेत उनले सुनाए। हाल चिनियाँ पर्यटकले नेपाल पेमेन्ट गर्दै आएको व्यवस्था केही झन्झटयुक्त रहेको बताउँदै मन्त्री भट्टराईले आफ्नो मन्त्रालयले नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा सुविधाजनक पेमेन्टको व्यवस्था ल्याउन आग्रह गरिसकेको बताए। उक्त सेवाबाट नेपालका पर्यटन क्षेत्रमा कार्यरत व्यवसायी सबैलाई सुविधा हुने र व्यावसायिक नाफा हुन जाने उनको भनाइ छ। अबको एक हप्ताभित्रै चिनियाँ विमान कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने वातावरण बनाउन छुटसहितका योजना सार्वजनिक गर्ने योजना रहेको उनले बताए । चिनियाँ राष्ट्रपति नेपालमा रहेको समयमा आफूले भ्रमण टोलीका सदस्यसँग नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ पर्यटकको उल्लेख्य संख्याको अपेक्षा गरेको बताउँदा उक्त पक्ष सकारात्मक देखिएको उनको भनाइ छ। 000
प्रकाशित: २०७६ कार्तिक २

October 19th 2019
प्रतिक्रिया दिनुहोस्