नेपाली समय: १२:०९:०९ am
वि.सं २०८१ चैत्र ३   सोमवार

विश्वकै अग्लो त्रिशूल बनाउने अभियानमा सिन्धुपाल्चोक मेलम्चीका युवा

निर्माण सञ्चार, २० मंसिर, काठमाडौं । समुन्द्री सतहबाट ६३०० फीट मिटरको उचााइमा रहेको सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नपा को तपचुली डाडाँमा स्थानीय युवाहरुको पहलमा विश्वकै अग्लो त्रिशुल बन्ने भएको छ ।

सो क्षेत्रको यही मंसिर १४ गते शनिवार सरसफाइ गरेर राष्ट्रिय झण्डा समेत गाड्ने कार्य सम्पन्न गरिएको अभियानका अध्यक्ष रमेश खतिवडाले बताए । 

स्थनीय युवहरुले त्यस क्षेत्रको विकासको लागि र त्रिशल, धारा, देवीदेवताको मन्दिर, पार्क लगायतका विविध सम्पदा निर्माणका लागि आर्थिक स्रोत संकलनको अभियान समेत शुरु गरेको स्थानीय युवा रमेश खतिवडाले जानकारी दिएका छन् ।

आगामी पर्यटन वर्ष २०२२ मा पर्यटन प्रवर्धन गर्ने कार्यलाई मूर्तरुप दिन तपचुलिततपेश्वर महादेवको उत्पत्ति सथलको पवित्र तपोभूमि सो स्थान काठमाडौंबाट २६ किलोमिटरको दुरीमा पर्दछ । 

नेपाल देश दर्शन डाँडो भनेर पनि चिनिने यो तपचुली डाँडोबाट नेपालका १३ वटा विभिन्न हिमालमध्ये ८ वटा प्रष्टसँग देखिन्छ । 

यो ठाउँबाट जिल्लाका भोटेचौर, खाल्डे, पाटीगाउँ, भाँगे,देउराली, निबुगाउँ, सुयलछाप,दहपोखरी,पाल्चोक लगायत काभ्रेको पलाञ्चोक, तिमाल, कालिञ्चोक जस्ता ठाउँहरुको द्दश्यावलोकन गर्न सकिन्छ ।

साथै यस क्षेत्रमा हाकिङ्, ट्रेकिङ, एडभेन्चर, लगायतका विविध क्रियाकालाप गर्न सकिने स्थानीयबासीहरु बताउँछन् । यस क्षेत्रको विकासले मेलम्ची १ र २  मा उत्पनदित उत्पादनको समेत प्रबर्धन गर्न सहयोग पुग्नेछ भन्नेमा स्थानीय आशाबादी भएका छन् । 

काठमाडौंको नजिकको शिवपुरी राष्ट्रिय निकुञ्जको मुख्य सिमानामा परापुर्वकालदेखि नै अवस्थित यस्तो पवित्र क्षेत्र भए पनि प्रचाप्रसार र संरक्षणको अभावमा विकासबाट बन्चित रहेको यो क्षेत्रलाई स्थानीय युवाको पहलमा विकास गर्न सकियो भने आगामी बर्षमा पर्यटन विकासबाट नै यो क्षेत्रको आर्थिक , सँस्कृतिक र भौतिक विकास हुने देखिन्छ । 

यो क्षेत्रमा रहेको तपचुलितपेश्वर महादेव र पतालेश्वर महादेवको देवस्थलमा २०७२ को भूकम्प पछि स्थानीयले क्षमा पुजा समेत गरेका थिए । मन्दिर भने भुकम्पले  क्षतिग्रस्त भएको अवस्थमा रहेको छ ।

यो क्षेत्रको समग्र विकास गर्ने अभियानमा देश तथा विदेशका मनहरुसँग सहयोगको अह्वान गर्नुका साथै  तपचुली क्षेत्र पर्यटन विकास समाज भन्ने समिति नै गठन गरेर अभियानलाई तिब्र बनाएका छन् । 

 

०००
 



प्रकाशित: २०७७ मंसिर २०
December 5th 2020

सरस्वती चौलागाईं

सहकारी तथा बजार सम्बन्धित हुनुहुन्छ