ग्रील–स्टील व्यवसायीहरुको अन्तरक्रियाः ‘ग्रीलजन्य सामग्री पूर्वाधारको पनि पूर्वाधार हो, तर सरकारले काम आँक्दा निर्वाहमुखी मात्र हुन बाध्य भइयो’
निर्माण सञ्चार, १० कात्तिक, काठमाडौं । ग्रील तथा स्टील व्यवसायीहरुले सरकारले ग्रीलजन्य निर्माण सामग्री उद्योगलाई उचित ध्यान र प्रेरणा नदिँदा ग्रील उद्योग परम्परगत र निर्वाहमुखी मात्र हुनु परेको गुनासो गरेका छन् ।
जगदम्बा वा कुनै फलामजन्य स्टील उद्योगहरुका तुलनामा परम्पारगत र घरायसी ढाँचामा मात्रै सीमित भएको हुनाले स्वदेशमै उत्पादित ग्रील तथा स्टील सामग्रीहरु भने गुणस्तरीय प्रमाण चिह्न पनि पाउने गरेका छैनन् ।
पछिल्ला दिनमा ग्रील तथा स्टील व्यवसायीहरुले आफ्नो उद्योगको भावी भविष्यलाई लिएर चिन्ता व्यक्त गरिरहे पनि ठोस ठाउँमा ठोस कदम भने चाल्न नसकेको देखिन्छ ।
राजधानी वा देशका मुख्य सहरहरुसम्म विस्तारसम्म हुन सकेको यो उद्योगमा संलग्न अभियन्ताहरुले सरकारले सहज किसिमले वैधानिकता नदिएको गुनासो गरिरहँदा यस व्यवसायलाई व्यावसायिक दायराभित्र ल्याउन के कस्ता फरक कदमहरु चाल्नु पर्छ भन्नेबारे अब सोच्न आवश्यक छ ।
कीर्तिपुर अन्रक्रियामा महासंघ अधिकारीहरुले राज्यले पाउनु पर्ने अरबौ राजस्व समेत गुमिरहँदासम्म पनि सरकारले उल्टै वैधानिक तौरबाट आफूहरुलाई सम्बोधन नगरेको बताउँदै आएका छन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कीर्तिपुर नगरपालिकाका उपमेयर श्री सरस्वती रिजाल (खडका) ले कीर्तिपुर नगरपालिका भित्र सञ्चालित सबै ग्रील तथा स्टील व्यवसायलाई वैधानिकता दिलाउने बताइन् । कीर्तिपुर नगरपालिका भित्रका वडा अध्यक्षहरुले छरछिमेकीलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्न र नगरको विकास निर्माण कार्यमा ग्रील तथा स्टील व्यवसायलाई पनि जोड्न उनको आग्रह छ । व्यवसायीहरुले दीपावली, नेपाल सम्बत् र छठ पर्वको शुभकमना आदान प्रदान समेत गरेका थिए । ०००
प्रकाशित: २०७६ कार्तिक १०
जगदम्बा वा कुनै फलामजन्य स्टील उद्योगहरुका तुलनामा परम्पारगत र घरायसी ढाँचामा मात्रै सीमित भएको हुनाले स्वदेशमै उत्पादित ग्रील तथा स्टील सामग्रीहरु भने गुणस्तरीय प्रमाण चिह्न पनि पाउने गरेका छैनन् । पछिल्ला दिनमा ग्रील तथा स्टील व्यवसायीहरुले आफ्नो उद्योगको भावी भविष्यलाई लिएर चिन्ता व्यक्त गरिरहे पनि ठोस ठाउँमा ठोस कदम भने चाल्न नसकेको देखिन्छतिहार सहित छठ पर्वलाई समेत ध्यानमा राखी कीर्तिपुर नगरपालिकामा गरिएको अन्तरक्रिया कार्यक्रममा ग्रील तथा स्टील व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । गत बिहीबार कीर्तिपुर नगरपालिकामा जम्मा भएका ग्रील तथा स्टील ब्यवसायी महासंघका पदाधिकारीह सहित जिल्ला क्षेत्र समिति सदस्यहरुले आफ्नो उद्योगलाई उचित संबद्र्धन र संरक्षणको नीति नलिएको आरोप लगाए । कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील जन्य सामग्रीहरु पूर्वाधार निर्माणको पनि पूर्वाधार भएको भन्दै भूकम्प पछिको पुनर्निर्माण तथा देशको पूर्वाधार निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गर्दै सरकारले उचित ध्यान दिन पनि आनाकानी गरिरहेकोमा आक्रोश व्यक्त गरे । अध्यक्ष कटुवाल अनुसार ग्रील तथा स्टील व्यवसायीहरुका लागि संस्था दर्ता गर्न, कर बुझाउने गरी कानुनी दायराभित्र आउन गरेको अनेकन प्रयासहरुलाई नजरअन्दाज गरेको बताएका हुन् । लामो समयदेखि ग्रील तथा स्टील व्यवसायीहरुले आफ्नो पेसालाई राष्ट्रिय उद्योग र औद्योगिक नीति भित्र समेट्न संघर्ष गर्दै आइरहेका छन् । तर, सरकारी निकाय, गुणस्तर तथा नापतौल विभाग, खानी विभाग वा सरकारले निर्माण सामग्री आपूर्ति गर्दा हेर्ने सरकारी निकाय कसैले पनि मानक भित्र राख्न चाहिरहेका छैनन् । हुनत ग्रील तथा स्टील व्यवसायीहरुले पनि आफूले उत्पादन गरेका निर्माण सामग्रीहरुको स्तरीयता तथा गुणस्तरीयताको मापदण्ड यही हो र पूरा गरिएको छ भनी प्रमाणित गराउने गरेका छैनन् । न त सरकारी निकायले पनि त्यसबारे मानक दिन सकेको छ ।
जगदम्बा वा कुनै फलामजन्य स्टील उद्योगहरुका तुलनामा परम्पारगत र घरायसी ढाँचामा मात्रै सीमित भएको हुनाले स्वदेशमै उत्पादित ग्रील तथा स्टील सामग्रीहरु भने गुणस्तरीय प्रमाण चिह्न पनि पाउने गरेका छैनन् ।
पछिल्ला दिनमा ग्रील तथा स्टील व्यवसायीहरुले आफ्नो उद्योगको भावी भविष्यलाई लिएर चिन्ता व्यक्त गरिरहे पनि ठोस ठाउँमा ठोस कदम भने चाल्न नसकेको देखिन्छ ।
राजधानी वा देशका मुख्य सहरहरुसम्म विस्तारसम्म हुन सकेको यो उद्योगमा संलग्न अभियन्ताहरुले सरकारले सहज किसिमले वैधानिकता नदिएको गुनासो गरिरहँदा यस व्यवसायलाई व्यावसायिक दायराभित्र ल्याउन के कस्ता फरक कदमहरु चाल्नु पर्छ भन्नेबारे अब सोच्न आवश्यक छ ।
कीर्तिपुर अन्रक्रियामा महासंघ अधिकारीहरुले राज्यले पाउनु पर्ने अरबौ राजस्व समेत गुमिरहँदासम्म पनि सरकारले उल्टै वैधानिक तौरबाट आफूहरुलाई सम्बोधन नगरेको बताउँदै आएका छन् ।
कार्यक्रमलाइ सम्बोधन गर्दै कीर्तिपुर नगरपालिकाका उपमेयर श्री सरस्वती रिजाल (खडका) ले कीर्तिपुर नगरपालिका भित्र सञ्चालित सबै ग्रील तथा स्टील व्यवसायलाई वैधानिकता दिलाउने बताइन् । कीर्तिपुर नगरपालिका भित्रका वडा अध्यक्षहरुले छरछिमेकीलाई असर नपर्ने गरी उद्योग सञ्चालन गर्न र नगरको विकास निर्माण कार्यमा ग्रील तथा स्टील व्यवसायलाई पनि जोड्न उनको आग्रह छ । व्यवसायीहरुले दीपावली, नेपाल सम्बत् र छठ पर्वको शुभकमना आदान प्रदान समेत गरेका थिए । ०००
प्रकाशित: २०७६ कार्तिक १०
October 27th 2019
प्रतिक्रिया दिनुहोस्