क्यान निलम्बन फुकुवाको स्वागत गर्दै क्याप्टेन पद छाडेको पारस खड्काको घोषणा !
निर्माण सञ्चार, २८ असोज, काठमाडौं । धेरैलाई आश्चर्य चकि पार्दै क्रिकेट खेलाडी पारस खड्काले राष्ट्रिय टिमको कप्तान पद छाड्ने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत् खड्काले आफ्नो निर्णय सार्वजनिक गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गरेको भोलिपल्ट क्याप्टेन पारसले यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
आइसिसीले भने क्यानमाथिको निगरानी ‘सशर्त’ फुकुवा गरेको जनाएको छ ।
आफूले सम्हालेको कप्तानी छाड्दै गरेको क्रिकेटर पारसले भने उक्त ‘निलम्बन फुकुवाको स्वागत’ गरेका छन् ।
दशकदेखि उनले राष्ट्रिय टिमको नेतृत्व सम्हालेका थिए । राजिनामा दिएको घोषणा गर्दै उनले ‘नयाँ सुरुवातका लागि’ आफूले कप्तान पद छाड्ने निर्णय लिएको बताएका छन् ।
उनले लेखेका छन्, ‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पाउन सफल भएको थियो ।
उनले क्याप्टेन पद छाडे पनि ‘अझै केही समय राष्ट्रिय टिमबाट खेल्ने’ छन् ।
यही असोज १० र ११ गते काठमाडौँमा भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो ।
आइसिसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास लिइएको थियो । प्रतिबन्ध फुकुवाको भोलिपल्ट पारसले क्याप्टेन पदबाट आफू स्वतन्त्र रहन चाहेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–
https://www.facebook.com/official.ParasKhadka/photos/a.707615565943295/2555504741154359/?type=3&theater
०००
पढौं यो पनि
प्रकाशित: २०७६ आश्विन २८
उनले क्याप्टेन पद छाडे पनि ‘अझै केही समय राष्ट्रिय टिमबाट खेल्ने’ छन् ।
यही असोज १० र ११ गते काठमाडौँमा भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो ।
आइसिसीकै निगरानीमा भएको निर्वाचनपछि क्यानको प्रतिबन्ध खुल्ने विश्वास लिइएको थियो । प्रतिबन्ध फुकुवाको भोलिपल्ट पारसले क्याप्टेन पदबाट आफू स्वतन्त्र रहन चाहेको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–प्रकाशित: २०७६ आश्विन २८
October 15th 2019
प्रतिक्रिया दिनुहोस्