नेपाली समय: ०३:३४:०५ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

कपिलबस्तु कृष्णनगर तनावः प्रहरीको गोलीले एकको मृत्यु

निर्माण सञ्चार, १४ कात्तिक, कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको मृत्यु भएको अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले दाबी गरे।

प्रहरीले घटना लुकाउन खोजेको उनको आरोप छ। यता प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने मृत्यु भएको पुष्टि गरेनन्।

बुधबार साँझ लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अहिले कृष्णनगरमा कर्फ्यु जारी गरेको छ।

कर्फ्यूपछि पनि झडप बढेपछि प्रहरीले गोली चलाएको हो।

मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुसलमानबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरेको थियो।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बिहीबार ११ बजेदेखि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७०० मिटर, पश्चिमतर्फ ३०० मिटर क्षेत्रभित्र कर्फ्यू जारी गरिएको जानकारी दिए।

बढ्दो तनावलाई नियन्त्रण गर्न प्रहरीले त्यसअघि केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

 

OOO



प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार