नेपाली समय: ०४:५८:२७ अपरान्ह
वि.सं २०८२ बैशाख १४   आइतबार

कोरोना संक्रमणबाट मृत्यु हुने दशौं व्यक्ति बने पाल्पाका ४० वर्षीय पुरुष

निर्माण सञ्चार, २२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या दश पुगेको छ । 

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । 

पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा उपचार क्रममा उनको ३ दिनअघि नै मृत्यु भएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि गरेका हुन् । 

उनले नै स्वास्थ्य मन्त्रालयमा आधिकारिक पुष्टि दिएका थिए । कोरोना संक्रमणको आशंकामा उनको दाहासंस्कार पनि गरिएको छैन । 


०००

सम्बन्धित समाचार 



प्रकाशित: २०७७ जेठ २२
June 4th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार