आकस्मिक रुपले संक्रमित बढेपछि कपिलवस्तु जेठ ५ सम्म गरियो सिल
निर्माण सञ्चार, २९ वैशाख, कपिलवस्तु । यो सोमबारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वात्तै बढेर १५ पुगेपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गरिएको जिल्लाप्रशासन कार्यालयले जनाएको छ ।
लुकीछिपी भारतबाट आउनेले कोरोना फैलाएको आशंका बलियो भएपछि कपिलवस्तुलाई चौबीसै घण्टा सुरक्षा घेराभित्र राख्ने निर्णय जिल्ला प्रशासन कपिलवस्तुले गरेको हो ।
जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको छ ।
नेपालमा पछिल्ला दिनमा भारतबाट लुकिछपी आउने क्रम बढेको छ । कपिलवस्तु नजिकै भारतीय नाकामा हाल करिब २१ सय बढी नेपाली नेपाल प्रवेशका लागि पर्खिरहेका छन् ।
पछिल्ला दिनमा भारतले नेपालीहरुलाई आफ्नै देश जाने उर्दी जारी गरेपछि नेपालीहरु भटाभट भारत छाडिरहेका छन् ।
जिल्ला सुरक्षा समितिले पनि भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएको निष्कर्ष निकालेको छ । ‘यसै कारणले सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो’, एक अधिकारीले भने। सोमबार एकै दिन यो जिल्लामा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । सो दिन मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका थिए ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार अब पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक बाहेक सवारी अवागमन समेत रोकिएको छ । खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु मात्र नरोकिने जिप्रकाको भनाइ छ । स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको उल्लेख गरिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार तरकारी तथा खाद्यान्न किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र बजार जान दिइने छ । त्यसमा पनि अनिवार्य मास्क लगाएको हुनु पर्ने छ भने सामाजिक भौतिक दूरी कायम राखिएको हुनु पर्ने छ । ०००
प्रकाशित: २०७७ बैशाख २९

May 11th 2020
प्रतिक्रिया दिनुहोस्