प्रदेश ५ को राजधानी अब दाङको भालुवाङ ! प्रदेशको नाम ‘लुम्बिनी’
निर्माण सञ्चार, १६ असोज, काठमाडौं ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ रहने गरी निर्णय गरेको छ। बुटवल नै प्रदेशको राजधानी हुनसक्ने भन्ने धेरैले गरेको अनुमान फेल खुवाउँदै दाङको देउखुरी अब स्थायी राजधानीका रुपमा रहेने छ ।
प्रदेश सरकारले निर्णय गर्नुअघि सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुई अध्यक्षले समेत सहमति दिएका थिए ।
निर्माण सञ्चारलाई दिइएको सूचना अनुसार प्रदेशको मन्त्रिपरिषदले दाङको देउखुरीलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणसम्बन्धी संसदमा छलफल चलिरहेको बताए। उनका अनुसार सरकारको प्रस्ताव पारित भएमा प्रदेश सभामा नाम लुम्बिनी र राजधानी भालुवाङ रहने छ ।
राजधानी र नामकरण पारति गर्न दुई तिहाई मत चाहिन्छ। प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको अवस्था छ भने केन्द्रबाटै ह्विप जारी भएको अहिलेको अवस्थामा प्रदेश सरकारको उक्त प्रस्ताव आवश्यक मत सहित पारित हुने देखिन्छ । प्रदेशसभा ८७ जना सदस्य रहेका छन् । नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ। ०००
प्रकाशित: २०७७ आश्विन १६

October 2nd 2020
प्रतिक्रिया दिनुहोस्