क्वारेन्टाइनमै मृत्यु भयो बाँकेमा एक युवकको ! उपचार नपाएको भन्दै स्थानीयद्वारा विरोध
निर्माण सञ्चार, ४ जेठ, बाँके । गत वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइन बस्दै आएका बाँकेको नरैनापुर गाउँपालिकाका एक युवकको क्वारेन्टाइनमै मृत्यु भएको छ ।
२४ वर्षका युवकको मृत्यु पछि स्थानीयहरु आक्रोसित छन् । उनीहरुले युवकले क्वारेन्टायनमा उपचार नपाएको भन्दै आक्रोस पोखेका हुन् । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा उनी बस्दै आएका थिए ।
उनको आइतबार बिहान मृत्यु भएको हो ।
नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेको परिवार स्रोतले बताएको बाँकेका एक स्थानीयले निर्माण सञ्चारलाई बताए ।
मृतक युवकलाई अघिल्लो दिनै अस्पताल लैजान स्थानीयले एम्बुलेन्स व्यवस्था गरेका थिए । तर, पिपिई अभाव भएको भन्दै नर्स, डाक्टर र चालक कसैले पनि उनलाई नेपालगञ्ज लैजान तयारी गर्न सकेनन् ।
चालकले पनि अस्वीकार गरेपछि स्थानीय सरकारले ध्यान नदिएको स्थानीयको आरोप छ ।
यता, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने युवक कोरोनाकै कारणले मरेका हुन् वा अरु कुनै कारणले हो भन्ने यकिन हुन मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै सकिने बताए ।
युवकको मृत्युको खबर आएपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइन पठाइएको छ । तर, यस अघि भने क्वारेन्टाइनमा आवश्यक नर्स र डाक्टरहरु पनि नरहेको स्थानीय बताउँछन् ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ४
००० पढौं सम्बन्धित समाचार
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ! १० दिनकी सुत्केरी महिलामा कहाँबाट भयो संक्रमण खोजी गर !
मृतक चालिसेको घर र माइती गाउँ सिल
शिक्षण अस्पतालमा सुत्केरी भएकी बाह्रबिसेकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु, कारण आउँदै
...
धनुषामा नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे २ सय ८१
पहिलो पल्ट देखियो काभ्रे, सिरहा र महोत्तरीमा कोरानाः ३ थपिएसँगै संक्रमितको संख्या २७९
प्रकाशित: २०७७ जेठ ४
May 17th 2020
प्रतिक्रिया दिनुहोस्