जब कुचाे लिएर पर्यटनमन्त्री भट्टराई जनकपुरमा उत्रिए
निर्माण सञ्चार, १४ कात्तिक, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले पर्यटन प्रर्वद्धन गर्न कुनै कसर बाँकी नराख्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
साथै उनले हरेक धार्मिक कार्यक्रमलाई पनि पर्यटन प्रर्वद्धनका लागि सहयोग पु¥याउने गरी सरकारले काम गरिरहेको बताए। मन्त्री भट्टराईले समेत पर्यटन पवद्र्धन गर्नको लागि कुनै कसर बाँकी राखेका छैनन्।
यसैक्रममा छठ पर्व र नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनका क्रममा आज जनकपुरका मठ, मन्दिर र तालतलैयामा समेत भट्टराईले सरसफाइ गरे । पर्यटनमन्त्री भट्टराईसहित प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायतले कुचो लिएर जनकपुरका मठ, मन्दिर र तालतलैयाको सरसफाइ गरेका हुन्।
पर्यटनमन्त्री भट्टराईले सरोकारवाला निकायलाई नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न कुनै कसर बाँकी नराख्न सुझाएका छन् ।
OOO
पढौं यी पनि
प्रकाशित: २०७६ कार्तिक १४
- नेपाल भ्रमण वर्ष सफल पार्न ‘मिस एनआरएनए’ गरिनेः सबैभन्दा बढी विदेशी नेपाल पठाउनेलाई सम्मान पनि
- चिनियाँ अभिनेत्री सी छिङः जसका भ्लग फलोअर नै १ अर्ब १३ करोड र Weibo फ्यान पौने २ करोड छन्ः भ्रमण वर्षका लागि बनिन् ‘सद्भावनादूत’
- पर्यटमन्त्री भन्छन्, ‘सीको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ’
प्रकाशित: २०७६ कार्तिक १४
October 31st 2019
प्रतिक्रिया दिनुहोस्