नेपाली समय: ०२:००:०३ बिहान
वि.सं २०७६ कार्तिक ३०   शनिवार

नेपाल भ्रमण वर्ष सफल पार्न ‘मिस एनआरएनए’ गरिनेः सबैभन्दा बढी विदेशी नेपाल पठाउनेलाई सम्मान पनि

निर्माण सञ्चार, ३ कात्तिक, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्देश्यले नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय मातहत नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच १७ बुँदे समझदारी भएको छ ।

  • नेपाल भ्रमण वर्ष २०२० विशेष: पर्यटन मन्त्री भट्टराईको उपस्थितिमा एनआरएनएसँग १७ बुँदे समझदारी
गैरआवासीय नेपालीहरुको सहयोग भएमा नेपालको भ्रमण वर्ष सफल हुन कुनै असजिलो नपर्ने बताउँदै आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईकै उपस्थितिमा उक्त सम्झौता भएको हो ।

मन्त्री भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने गरी दुई पक्षीय समझदारी भएको भ्रमण वर्ष सचिवालयले जानकारी दियो ।

सम्झौता अनुसार जसले सबैभन्दा बढी विदेशीहरु नेपाल पठाउँछ त्यस्तो व्यक्ति वा संघसंस्थालाई सम्मान गरिने भएको छ ।

त्यसरी बढी पर्यटक पठाउनेको नाम नेपाल सरकारसमक्ष सिफारिस गरिने छ ।

तयारीको तयारीः मिस एनआरएनए गर्ने, फिनाले नेपालमा

नेपाल भ्रमण वर्षको प्रचार प्रसारका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख सहरमा कार तथा साइकल र्याली गर्ने, संघका विश्वभर रहेका सदस्य तथा विभिन्न नेपाली संघसंस्थामा आवद्ध नेपालीका माध्यमबाट संघले उनीहरुको रोजगारदाता, व्यावसायिक साझेदार संघसंस्था तता व्यक्तिलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने सम्झौता भएको छ ।

एनआरएनएले गैर आवासीय नेपालीका विश्वभर रहेका व्यावसायिक फर्म तथा होटेल, रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्री राखेर प्रचारप्रसार गर्ने तथा प्रचारप्रसारका सामग्री वितरण गर्नेछ ।

दुई पक्षीय सम्झौता हस्ताक्षर कार्यक्रममा अधिकारीहरु
एनआरएनएले पर्यटन वर्षलाई नै लक्षित गरी विश्वभर कम्तीमा ५० देशमा ‘मिस एनआरएन इन्टरनेशनल’ आयोजना गर्ने भएको छ । योसँगै प्रतियोगिताको ‘फिनाले’ सन् २०२० को जुनभित्र नेपालमा गरिने भएको छ ।

यस्तो छ समझदारीको पूर्ण पाठ

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैर आवासीय नेपाली संघ वीच नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धीसमझदारी (Memorandum of Understanding -MOU)

 नेपाल सरकारले बार्षिक कम्तिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्षको प्रवर्द्धन गर्नको लागिनेपाल भ्रमण वर्ष, २०२० को सचिवालय प्रथम पक्ष (यसपछि सचिवालय भनिने)र गैर आवासीय नेपाली संघ  द्वितीय पक्ष (यसपछि संघ भनिने) वीच निम्नानुसारका बुँदाहरुमा सहमत भई समझदारी पत्रमा हस्ताक्षर भयो ।

तपशिल

  • संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमाविश्‍वभरबाट एक नेपालीले एक बिदेशी साथी नेपाल पठाउ अभियान सन्चालन गर्नेछ।उक्त कुराको अभिलेखिकरण सचिवालय र संघले गर्नेव्यवस्था मिलाउने छ।सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने ब्यक्ति वा संघ संस्थालाई सम्मान गर्नको लागिनेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
  • संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ l संघको आयोजनामा नेपालमा हुने विभिन्‍न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भुमिका सचिवालयले निर्वाह गर्नेछ ।
  • संघले विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा“Spend Holiday in Nepal with Family and Friends” अभियान संचालन गर्नेछ ।
  • संघले विदेश स्थित नेपाली दूतावास र नियोगहरुमा “भ्रमण वर्ष प्रवर्द्धन कक्ष” स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने छ ।
  • नेपाल भ्रमण वर्ष, २०२०को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले बर्षभरी विश्वका प्रमुख शहरहरुमा कार तथा साईकल र्र्याली गर्नेछ ।
  • संघका विश्वभरी रहेका सदस्य तथा विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ संस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्नेछ ।
  • संघले गैर आवासीय नेपालीका विश्वभरिमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामाग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्नेछ ।
  • संघले विश्वभरी छरिएर रहेको सम्पूर्ण सदस्य लगायतका नेपाली तथा बिदेशी मित्रहरुका सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउनेछ ।
  • संघले विश्वभरिमा कम्तिमा ५० देशमा “Miss NRN International” आयोजना गर्ने र उक्त प्रतियोगिताको “Finale”२०२०, जुन महिना भित्र नेपालमा गर्नेछ।
  • सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
  • संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्ने छ ।
  • सचिवालय र संघको समन्वयमा विश्‍वभर रहेका नेपाली तथा विभिन्‍न संघसंस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।
  • संघले विश्‍वभरीका विभिन्‍न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने छ ।
  • सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टूर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवर्द्धन गर्ने छ ।
  • सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्ने छ ।
  • सचिवालयले एक नेपालीले कम्तिमा एक विदेशी साथी नेपाल पठाउ अभियान अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ।
  • उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।

 

०००
पढौं यी पनि
 

चिनियाँ अभिनेत्री सी छिङः जसका भ्लग फलोअर नै १ अर्ब १३ करोड र Weibo फ्यान पौने २ करोड छन्ः भ्रमण वर्षका लागि बनिन् ‘सद्भावनादूत’

आइकाओ महासभामा मन्त्री भट्टराईको आह्वानः ‘नेपाल भ्रमण वर्ष २०२० मा सरिक हुन पाहुनाहरुलाई अनुरोध गर्दछु’

४०औं विश्व पर्यटन दिवसमा पर्यटनमन्त्रीले दिए पर्यटन पूर्वाधार विकासद्वारा समृद्धिमा जोड

मन्त्री भट्टराईद्वारा दसैंमा पनि विमानस्थल निरीक्षण, ताेकिएकाे समयमै काम सक्न निर्देशन

३ नयाँ पर्यटन गन्तव्यको घोषणाः बुद्ध एअर वर्षकै उत्कृष्ट पर्यटन करदाता र कालिञ्चोक दर्शन प्रालि उत्कृष्ट पर्यटन गन्तव्य

 

 

 

 

 



प्रकाशित: २०७६ कार्तिक ३
October 20th 2019

नवराज खतिवडा

खतिवडा निर्माण मिडियाका लागि सम्पादक हुन्