नेपाली समय: ०९:५०:३० राती
वि.सं २०८३ भाद्र २   मंगलवार

चिनियाँ अभिनेत्री सी छिङः जसका भ्लग फलोअर नै १ अर्ब १३ करोड र Weibo फ्यान पौने २ करोड छन्ः भ्रमण वर्षका लागि बनिन् ‘सद्भावनादूत’

निर्माण सञ्चार, २ कात्तिक, ०७६, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० का लागि मेहनतकस कसरतमा लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरेका छन् । 

राजधानीको होटेल सोल्टीमा आयोजित विशेष कार्यक्रममा मन्त्री भट्टराईले उनलाई भ्रमण वर्ष विशेष सद्भावना दूत नियुक्त गरेका हुन् ।


भ्रमण वर्ष २०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतका रुपमा सी छिङलाई स्वागत गर्दै प्रमाणपत्र हस्तान्तरण गरेको हो।

स्मरण रहोस्, अभिनेतृ सी छिङ चीनदेखि कोरियाली मुलुकमा मात्र नभई हलिउडदेखि विश्वका चर्चित मञ्चहरुमा सर्वाधिक रुचिका साथ खोजिने नायिका पनि हुन् ।

उनका फ्यान र फलोअरहरु नै काफी छन् । उनी सद्भावना दूत बन्नुले नेपालको भ्रमण वर्षमा पर्यटकहरु थपिने आशा मन्त्री भट्टराईले लिएका छन् ।

अभिनेत्री छिङः जसका भ्लग फलोअर नै १ अर्ब १३ करोड र ध्भष्दय फ्यान झन्डै पौने २ करोड छन् । उनी सद्भावना दूत बन्दा त्यसको सन्देश विश्वभर नै फैलने पर्यटन मन्त्रालयले आशा लिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतका रुपमा सम्मानित हुन पाउँदा अत्यन्त हर्षित भएको बताउँदै अभिनेतृ  छिङले बुद्ध जन्मेको देशले आफूलाई ज्यादै माया गरेकोमा खुसी व्यक्त समेत गरेकी छन् ।

उनले भनिन्, ‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, त्यो भन्दा पनि सुमधुर माया मलाई तपाईहरुले गर्नुभएको मैले पाएँ,’ कार्यक्रममा हर्षित मुद्रामा देखिएकी अभिनेतृ सीले थपिन्, ‘बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुशी छु ।’

सम्मान गर्दै पर्यटन मन्त्री भट्टराईले अभिनेतृ छिङलाई नेपाल देशकी भाञ्जीको संज्ञा समेत दिएका छन् । 

नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङ गम्पोसित विवाह गरेको प्रसङ्ग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भाञ्जीको संज्ञा दिएका हुन् ।

अक्सर नेपाली परम्परा अनुसार पनि शुभ साइतहरुमा चेलीबेटी÷भाञ्जीहरुलाई टीका लगाएर दही खुआएर कार्य सुरुआत गर्दा राम्रो सफलताको साइत पर्ने पनि भनिन्छ ।

त्यस्तै, मन्त्री भट्टराईले पनि ‘भाञ्जी’ छिङलाई प्रमाण पत्र हस्तान्तरण समारोहमा भने, ‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु । अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।’

 

०००

पढौं यो पनि

आइकाओ महासभामा मन्त्री भट्टराईको आह्वानः ‘नेपाल भ्रमण वर्ष २०२० मा सरिक हुन पाहुनाहरुलाई अनुरोध गर्दछु’

४०औं विश्व पर्यटन दिवसमा पर्यटनमन्त्रीले दिए पर्यटन पूर्वाधार विकासद्वारा समृद्धिमा जोड

मन्त्री भट्टराईद्वारा दसैंमा पनि विमानस्थल निरीक्षण, ताेकिएकाे समयमै काम सक्न निर्देशन

३ नयाँ पर्यटन गन्तव्यको घोषणाः बुद्ध एअर वर्षकै उत्कृष्ट पर्यटन करदाता र कालिञ्चोक दर्शन प्रालि उत्कृष्ट पर्यटन गन्तव्य

 

 

 

 



प्रकाशित: २०७६ कार्तिक २
October 19th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार