नेपाली समय: ०३:३२:४७ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

कृष्णनगर घटनाका मुख्य अभियुक्त पक्राउ

निर्माण सञ्चार, १७ कात्तिक, काठमाडाैं । कपिलवस्तुको कृष्णनगर घटनामा मुख्य अभियुक्त रहेकाे भन्दै प्रहरीले जमाल शाहलाई पक्राउ गरेकाे छ। शनिबार दिउँसो प्रहरीले उनलाई कृष्णनगरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

लक्ष्मीपूजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोपमा उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी दीप शमशेर जबराले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका शाहलाई सदरमुकाम तौलिहवास्थित प्रहरी कार्यालयमा राखिएकाे छ। उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए । जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जन र्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कर्फ्यु लगाइएको थियो । कर्फ्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका भारतीय नागरिक २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो । बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यु भने शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।



प्रकाशित: २०७६ कार्तिक १७
November 3rd 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार