जनप्रतिनिधि किन भन्दैछन्ः ‘कार्यकारी अधिकार सहितको राष्ट्रपति बेगर विकासमा फड्को मार्न नसकिएला’ ?
निर्माण सञ्चार, २१ कात्तिक, काठमाडौं । स्थानीय तह निर्वाचन २०७४ मा नेपालका चार महानगरपालिका, १३ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको निर्वाचन ३ चरणमा गरेर सम्पन्न भएको थियो ।
स्थानीय तहको उक्त निर्वाचन नेपालको इतिहासमा २० वर्षपछि भएको थियो । नेपालको संविधान २०७२ लागू भएपछिको पहिलो निर्वाचन थियो । जुन निर्वाचनले स्थानीय तहमा तत्कालीन नेकपा एमालेलाई सबैभन्दा ठुलो दलका रुपमा उभ्यायो ।
त्यही निर्वाचनबाट कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको भेरी नगरपालिका प्रमुखका रुपमा विजयी बने चन्द्र प्रकाश घर्ती, जसलाई ‘सिपी घर्ती’ नाउँले पनि चिनिन्छ ।
विद्यार्थी राजनीतिबाट एउटा उचाइ लिइसकेका घर्ती कराँते खेलको अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक समेत हुन् । भेरी नपामा विजयी भइसकेपछि ‘मर्निङ वाक’ गर्दा समेत आफ्नो नगरका बालबालिकालाई कराँते सिकाउने काममा मेयर घर्ती व्यस्त हुने गरेबाट पनि उनी खेललाई कतिसम्म जीवनोपयोगी बनाउनु पर्छ भन्नेमा चिन्तित रहेको देखाउँछ ।
उनले अघि भने, सांसदहरु सरकार ताक्ने, भित्री र बाहिरी रुपमै सरकारलाई अवरोध पुराउन लागिपर्ने समस्या देखिन्छ । जबकि कार्यकारी राष्ट्रपति हुँदा उसले आफूले चाहेजसरी टिम बनाउन, काम गर्न र परिणाम दिन सक्छ भन्ने मलाई लाग्छ ।’
https://www.youtube.com/watch?v=csYxlXGdrSk
OOO
(जाजरकोट जिल्ला हुनु पर्नेमा अन्यथा भएको सच्याइएको छ)
प्रकाशित: २०७६ कार्तिक २१
नेपालमा इतिहासमै पहिलो विकासको लहर !
इतिहासबाट के बुझिन्छ भने राणा शासनको अन्त्य पछि नेपालको भौगोलिक व्यवस्थापनमा सबैभन्दा पहिलो कदम चाल्ने राजा महेन्द्र थिए । उनी नै यस्ता राजा हुन् जसले आधुनिक नेपालको सिमानादेखि विकासको पूर्वाधारका रुपमा सडक सञ्जालसम्म विस्तार गर्ने अभियान सुरु गरेका थिए । नेपाललाई प्रशासकीय र राजनीतिक रुपमा गाउँ तहदेखि जिल्ला, विकास क्षेत्र आदिमा विभाजन गरियो भने सडकबाट जनतासम्म नजोडिएको राजधानीलाई पूर्व पश्चिम सडकहरु सुरु गरेर विकास अघि बढाए । ०००तर, प्रधानमन्त्रीय प्रणालीले विकासमा कसरी अवरोध पुराइरहेको छ भने, हामीले चुनेका जनप्रतिनिधि तिनीहरु नै संसदमा नीति निर्माता पनि हुने, तिनीहरु नै सरकारमा सरिक हुन पाइएला कि भनी सरकारलाई विभिन्न अवरोध पुराइरहने गरेको पाइयो । प्रधानमन्त्रीले सोचे अनुरुप काम गर्नै नसक्नुका पछाडि यही समस्या छ ।’आजका दिनमा समयले कोल्टे फेरेको छ । राजाहरुले स्थापना गरेको संरचना फेर्दै नेपाल संघीय ढाँचामा गएको छ भने केन्द्रीकृत ढाँचा बदलिएर विकेन्द्रीकृत बनेको छ । विकास निर्माणका हिसाबले रेल–वे देखि सुरुङ मार्ग विकास, पेट्रोल जस्ता इन्धनहरु समेत पाइपलाइनबाट विस्तार हुनेदेखि पानी जहाजसम्मको घनिभूत बहसमा छ । दुई विशाल छिमेकी मुलुकबाट समृद्धि भित्र्याउने दिशामा नेपाल होमिएको भान हुन्छ । पूर्वाधार विकासका दृष्टिले नेपाल यो कालखण्डमा चरम अवस्थातिर गुज्रिरहेको देखिन्छ ।
सोचे अनुरुप फड्को मार्न कार्यकारी राष्ट्रपति नै किन ?
तर, यस्तो अवस्थामा साँच्चिकै विकास गर्ने सोच बोकेका जननिर्वाचित प्रतिनिधिहरुमा सोचे अनुरुप विकास गर्न नसकेकोमा चिन्ता बढ्दै गएको देखिन्छ । निर्माण सञ्चारसँगको साक्षात्कारमा भेरी नगरपालिका प्रमुख घर्तीले नेपालले सोच अनुरुपको विकासमा फड्को मार्नका लागि कार्यकारी अधिकार भएको राष्ट्रपतीय मोडेल आवश्यक रहेको बताए । आफू आबद्ध राजनीतिक दलको आजको धारणा कार्यकारी प्रमुख प्रधानमन्त्री नै भएपनि स्थानीय तहमा आफूले काम गर्दै जाँदा अनुभूति भएको कुराका रुपमा उनले कार्यकारी राष्ट्रपतीय प्रणालीले सोचे अनुसारको विकास र प्रगतिको परिणाम दिन सक्ने बताएका हुन् । उनले भने, ‘हेर्नुस्, मलाई भन्नुहुन्छ भने, म एउटा विकासको सपना देख्ने मानिस, केही त गरुँला भनेरै जनताको सेवामा होमिए । तर, आज अनुभूति भइरहेको छ कि, नेपालमा कार्यकारिणी राष्ट्रपति नै हुन आवश्यक छ । नत्र विकासमा फड्को मार्नमा यो प्रणाली नै बाधक बनेको देखिन्छ ।’ उनका अनुसार राष्ट्रपतीय प्रणालीमा गएपछि राष्ट्रपतिले आफूले चाहेको क्याबिनेट गठन गर्न आफूले छानेको विज्ञहरु समेत लिन सक्ने छ । तर, प्रधानमन्त्रीय प्रणालीले विकासमा कसरी अवरोध पुराइरहेको छ भने, हामीले चुनेका जनप्रतिनिधि तिनीहरु नै संसदमा नीति निर्माता पनि हुने, तिनीहरु नै सरकारमा सरिक हुन पाइएला कि भनी सरकारलाई विभिन्न अवरोध पुराइरहने गरेको पाइयो । प्रधानमन्त्रीले सोचे अनुरुप काम गर्नै नसक्नुका पछाडि यही समस्या छ ।’ उनले संघीय मोडेलमा गए पनि अझै पनि आर्थिक, विकास सम्बन्धी कुनै पनि निर्णय लिने कुरामा अझै पनि केन्द्र र प्रदेशमा भर पर्नु पर्ने भएका कारण संघीयताको विकेन्द्रीकरणको अनुभव स्थानीय तहले गर्न नपाएको पनि बताए । भेरी नगरपालिकामा निर्वाचित भएको २ वर्ष पार गर्दा उनले आफ्नो नगरपालिका भित्र रहेको १३ वटै वडाहरुमा सडक पुराएको, खाने पानीलाई टोल टोलमा पुराएको र आउने दिनमा दर्जनौं देखिने कामहरु गर्न लागेको पनि बताए ।
उनले अघि भने, सांसदहरु सरकार ताक्ने, भित्री र बाहिरी रुपमै सरकारलाई अवरोध पुराउन लागिपर्ने समस्या देखिन्छ । जबकि कार्यकारी राष्ट्रपति हुँदा उसले आफूले चाहेजसरी टिम बनाउन, काम गर्न र परिणाम दिन सक्छ भन्ने मलाई लाग्छ ।’
हेरौं उनको अन्तर्वार्ताको पूर्ण अंश
प्रकाशित: २०७६ कार्तिक २१
November 7th 2019
प्रतिक्रिया दिनुहोस्