नेपाली समय: ०३:३१:३७ बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

‘भूमिहीनका समस्या एक वर्षभित्र समाधान हुन्छ’ खगराज अधिकारी

निर्माण सञ्चार, २७ कात्तिक, पोखरा । काश्की क्षेत्र नम्बर–२ मा चुनावी रौनक दिनप्रतिदिन बढिरहेको छ । चुनावी रौनकसँगै स्थानीय जनताका मागबारे राजनीतिक दलका तर्फबाट आफूले गर्नसक्ने भावी योजनाहरुमा प्रतिबद्धता पनि आइरहेका छन् ।

बुधबार पोखरा–९ स्थित साँघुमुखमा आयोजित घरदैलो पछिको चुनावी सभालाई सम्बोधन गर्दै काश्कीका नेता खगराज अधिकारीले आफ्नो जिल्लामा रहेको भूमिहीन समस्या एक वर्ष भित्रै समाधान गर्ने वचन दिएका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सह–इन्चार्ज अधिकारीले नेकपा भूमिहीनहरुकै पार्टी भएकाले यस क्षेत्रको भूमिहीनहरुको समस्या समाधान गर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल कम्युनिस्ट पार्टी मूलतः भूमिहीन र श्रमजीवीहरुकै पार्टी हो । भूमिहीन र श्रमिकको आवाज सुनिएको पनि छ । यहाँका हकमा भन्नुपर्दा आउने एक वर्षमा भूमिहीनहरुको समस्या समाधान गरिने छ ।’

केपी शर्मा ओली प्रधानमन्त्री भएर आएपछि प्रधानमन्त्री आवास कार्यक्रम सञ्चालन भइरहेको र उक्त कार्यक्रम मार्फत् देशका विभिन्न स्थानमा भूमि तथा आवास विहीनहरुलाई आवास दिलाउने समेत कार्यक्रम चलिरहेकै अवस्थामा नेता अधिकारीले यसो भनेका हुन् ।

उक्त सभालाई सम्बोधन क्रममा सांसद अधिकारीले एक वर्ष भित्र सबै भूमिहीनहरुले भूमिको स्वामित्व प्राप्त गर्ने दाबी समेत गरे ।
मनोनयन दर्तापछि काश्की क्षेत्र नम्बर–२ मा नेकपाले चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । 

उम्मेदवार सहितको घरदैलो कार्यक्रमको नेतृत्व गरिरहेका पूर्वमन्त्री अधिकारीले उक्त क्षेत्रमा रवीन्द्र अधिकारीले छाडेका विकास र समृद्धिका सपनाहरुको नेतृत्व गर्नसक्ने एकमात्र उम्मेदवारका रुपमा यतिबेला विद्या भट्टराईको चर्चा चलिरहेको उल्लेख गरेका छन् ।

 

 

०००

पढौं यो पनि

 



प्रकाशित: २०७६ कार्तिक २७
November 13th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार