नेपाली समय: ०४:२६:४० बिहान
वि.सं २०७६ मंसिर २२   आइतबार

बिश्वका १४ हिमाल चढेर नयाँ किर्तिमानी बनाउने, निर्मल पूर्जालाई हामा आईरन एण्ड स्टीलको साथ

निर्माण सञ्चार, ०१ मंसिर, काठमाडौं । विश्वका १४ वटा हिमाल चढेर नयाँ बिश्व किर्तिमानी आरोही निर्मल पूर्जा तथा ‘निम्स दाई’लाई हामा आईरन एण्ड स्टीलको साथ छ ।

पूर्जाले विश्वका १४ वटा ८००० मिटर भन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको बिश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ बिश्व किर्तिमान कायम गरेका छन् ।

पूर्जाले यस भन्दा अगाडी पनि विभिन्न पर्वतारोहण गरी किर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् । यस किर्तिमानी पछाडी उनको दृढ बिश्वास , मेहनत तथा सकारात्मक सोचले धेरै भुमिका समेत खेलेको पाइन्छ। 

पूर्जाको शाहसपूर्ण यात्रालाई सफल पार्नेमा हामा आईरन एण्ड स्टील ई. प्रा.लि. तथा प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. ले शुरुवाती समय देखि नै साथ र सहयोग रहेको थियो ।

जस अन्तर्गत हामा आईरन एण्ड स्टील ई. प्रा.लि.को तर्फबाट भौतिक रुपमा साथै प्रिमियर इन्स्योरेन्स क.(नेपाल) लि. ले निर्मल पूर्जाको यस यात्रालाई बिमाको सुबिधा प्रदान गरेको थियो ।

निर्मल पूर्जाकोे यस यात्रालाई हामा आईरन एण्ड स्टील ई। प्रा।लि। का प्रबन्ध निर्देशक तथा प्रिमियर इन्स्योरेन्स क. (नेपाल) लि. का सञ्चालक श्री राजन कृष्ण श्रेष्ठको व्यक्तिगत प्रयास मा निरन्तर सहयोग र प्रयासको पनि योगदान रहेको छ ।

हाल पूर्जाको यस सफल यात्राले नेपाल लाई पनि बिश्वमान चित्रमा सबैका अगाडी चिनाउने मद्दत पुगेको छ । ‘१४/०७ प्रोजेक्ट पोसिवल’ नाम दिइएको यस सफल मिसनमा नेपालको पनि मान–प्रतिष्ठा जोडिएको छ जसका लागि एउटा विदेशमा कार्यरत नेपालीले नेपाललाई विश्वव्यापी रुपमा चिनाउन सफल भएको छ ।

पूर्जाको कीर्तिमानले आम नेपालीहरुलाई पनि नयाँ हौसला थप्नुको साथै निजको यस अदम्य साहस ले सम्पूर्ण बिश्व सामु नेपालको पर्वतारोहण पर्यटनलाई पनि टेवा पुर्याउने हामा आईरन एण्डको दाबी छ । 

पूर्जाले ६ महिना ६ दिनमा विश्वका ८,००० मि. माथि का १४ वटा हिमालको सफलतापूर्वक आरोण गरिएकोमा हामा आईरन एण्ड स्टील ई. प्रा.लि. तथा प्रिमियर इन्स्योरेन्स क.(नेपाल) लि.का तर्फबाट बधाई ज्ञापन गर्दै आगामी दिन समेत नेपालको बिश्व जगतमा नाम अझै उचाई पुर्याउन अहम भुमिका निर्वाह गर्ने कार्यमा शुभकामना व्यक्त गरेको छन् । 

 

 

000
 


 



प्रकाशित: २०७६ मंसिर १
November 17th 2019

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार