
‘एफक्यान’को आन्दोलनः मन्त्रीलाई बधाई देखि ‘पिपिएमओ’मा धर्नासम्म
निर्माण सञ्चार, मंसिर ६, काठमाडौं । आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघ ‘एफक्यान’को ४ गतेको राष्ट्रिय भेलाले दिएको म्याण्डेट अनुसार म्याद थप, क्रेडिट लाइन लगायतका अन्य समसामयिक समस्या समाधानका लागि महासंघ चरणबद्ध आन्दोलनमा कार्यक्रम गरिरहेको छ ।
एफक्यानले आफ्ना मागका विषयमा शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालय ‘पिपिएमओ’का सचिवलाई जानकारी गराएको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङलाई बधाई तथा सफल कार्यकालको कामना गर्दै मायाको चिनो प्रदान गरेको हो ।
शुक्रबार उक्त्त प्रतिनिधिमण्डलले ‘पिपिएमओ’का सचिव मोहनकृष्ण सापकोटसंग भेटघाट गरेको हो ।
उक्क्त भेटमा मन्त्री नेम्बाङले आफूले भर्खरै पदभार ग्रहण गरेकाले व्यवसायीको मागमा अध्ययन गरिरहेको बताए । ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने वर्तमान सरकारको अवधारणा पूरा गर्न व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै मन्त्री नेम्बाङले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको बताए ।
महासंघ अध्यक्ष सिंहले सरकारले विगतमा आफैले गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जानु व्यवसायीको रहर नभई बाध्यता भएको प्रष्ट पारे ।
यसैबीच (पिपिएमओ)का सचिव मोहनकृष्ण सापकोटाले महासंघका मागका विषयमा माथिल्लो निकायमा नै गम्भीर छलफल चलिरहेको जानकारी दिए ।
ऐन संशोधन गरेर व्यवसायीहरुको माग सम्बोधन गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत सचिव सापकोटाले व्यक्त गरेका हुन ।
000
प्रकाशित: २०७६ मंसिर ६

प्रकाशित: २०७६ मंसिर ६
November 22nd 2019
प्रतिक्रिया दिनुहोस्