पानी जहाज सपनाः यसरी हुँदैछ परिणत विपनामा !
निर्माण सञ्चार, ८ मंसिर, चितवन । केही वर्ष अघिको कुरा हो, ‘नेपालमा पनि पानी जहाज चल्ने छ’ ‘हावाबाट बिजुली बल्ने छ’ भन्ने कुरा गर्दा मानिसहरु केहीले आश्चर्य मान्ने गर्थे, केहीले गरे असम्भव होइन भन्ने प्रतिक्रिया दिन्थे तर, एकथरी मानिसहरु चाहिँ यो सबै ‘हावादारी कुरा’ भनेर उडाउने गर्थे ।
यो स्वप्नील कथा सुनाउने अनौठा नेता थिए प्रधानमन्त्री केपी शर्मा ओली ! जतिबेला यो अजेन्डा अघि सार्दा नेपालमा दुई कित्तामा मानिसहरु उभिए, सम्भव छ, र सम्भव छैन भन्नेहरुमा ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त सडकमा कागजी पानी जहाज, रेल र हावाबाट बिजुली बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीको खिल्ली उडाउन थाले । आफ्नो प्रतिभा विरोध गर्नमा सदुपयोग गर्थे ।
तर, समयले धेरै नेटो काटेको छैन । ३ वर्ष नै पूरा हुन नपाउँदै कागजको पानी जहाज फलामकै बनेर, बालुवाटारको सडकमा होइन, नारायणी नदीमा सयर गर्ने बेला आइसकेको छ ।
यसको औपचारिक यात्रा सुरु हुने अन्तिम तयारी पनि भइरहेको जहाज निर्माता कम्पनी राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले बतायो ।
मुख्य सचेतक भट्टराई नेतृत्वमा गत शनिबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, राष्ट्रिय युवा परिषद् उपाध्यक्ष माधव ढुंगेल सहितको टोली अवलोकन गर्न गएको थियो ।
पानी जहाज आउने माघदेखि नारायणी नदीमा चल्ने सञ्चालकहरुको दाबी छ ।
०००
प्रकाशित: २०७६ मंसिर ९
नेपाली नदीमा नेपाली जहाजः युवा नेताहरुको अवलोकन भ्रमण
‘पानी जहाज साँच्चिकै बन्यो कि ठट्टा मात्र भइरहेको छ ? भनी हामीहरु अवलोकन गर्न गयौं,’ निर्माण सञ्चारसँग बोल्दै सत्तारुढ दल नेकपाका लागि राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले भने, ‘अब यो हावादारी भन्नेहरुका लागि पनि हावामा झण्डा फहराउने र पानीमै दौडने अवस्थामा पुगिसकेको पायौं ।’ युवा नेता भट्टराईका अनुसार नेपालका हिम नदीबाट रसायन झिकेर बग्ने नदीहरुमा पानी जहाज चल्न सक्छ भन्ने कुरा अब सपना रहेन, विपनामा परिणत भइसकेको छ । बरु यो भिजिट नेपाल २०२० का लागि पर्यटकीय आकर्षणको पनि केन्द्र बन्नेवाला छ । उनले अघि भने, ‘कोशी, कर्णाली, नारायणी जस्ता नदीमा पानी जहाज हरर चल्ने छ, मलाई त के लागिरहेको छ भने पानी जहाज चलाउने कुरा अघि सार्दा हावादारी गफ भनेर उडाउने मित्रहरुले अब चाहिँ के भन्लान् ?!’ सरकारले यतिबेला भारतको गंगा नदी हुँदै नारायणी नदीमा जहाज ल्याउने योजना अगाडि बढाइरहेको छ । यही बेला केही युवाहरुको सक्रियतामा नारायणी नदी तट काप्रे घाटमा सिंगापुरमा चालू मोडल र प्रविधिमा आधारित पानी जहाज क्रुज तयार भइसकेको छ । पहिलो पटक नेपालमा बनेको नेपाली इन्जिनियरहरुले बनाएको यस जहाजनको क्षमता भने २ सय जना बोक्न रहेको छ । दुई तले संरचनासहित निर्माण कार्य अन्तिम चरणमा पुगेको जहाजमा सर्वसाधारणका लागि सिटको व्यवस्था सहित एक सय जना अट्ने सभा हल समेत रहेको छ । सुरुका दिनमा उक्त पानी जहाज नारायणी नदी काप्रेघाटदेखि देवघाटसम्म चल्ने तयारी निर्माता कम्पनीको छ । जहाज निर्माणमा युवा वैज्ञानिकहरु रामचन्द्र पौडेल, दिपक ढुंगेल र खिम पन्थी लगायतको टोली सक्रिय छ ।
मुख्य सचेतक भट्टराई नेतृत्वमा गत शनिबार प्रतिनिधि सभा सदस्य विशाल भट्टराई, राष्ट्रिय युवा परिषद् उपाध्यक्ष माधव ढुंगेल सहितको टोली अवलोकन गर्न गएको थियो ।
पानी जहाज आउने माघदेखि नारायणी नदीमा चल्ने सञ्चालकहरुको दाबी छ ।
०००
प्रकाशित: २०७६ मंसिर ९
November 25th 2019
प्रतिक्रिया दिनुहोस्