निर्माण सञ्चार, २७ असोज ०७८, काठमाडौं ।
............
अक्सर नाम नै पहिचान बन्ने सौभाग्य जोकोहीलाई त्यति सजिलै सम्भव छैन । नामलाई सार्थक पार्न नामीमा खास केही चिज त चाहिन्छन् नै त्यसमा पनि आफूले रोजेको काम, त्यही काममै आफ्नो विज्ञता जस्ता पुँजी लगानी गरेर निरन्तर कर्मले जन्माउने तेस्रो छवि भनेकै खासमा पहिचान हो, जसलाई समग्रमा हामी व्यक्तित्व भनेर चिन्छौं ।
डा. दिनेशचन्द्र देवकोटा त्यस्ता थोरै नामहरुमध्येको एउटा नाम हो, जो मुलुकको अर्थराजनीतिक नीति निर्माताका दर्जनौं व्यक्तित्वहरु भन्दा फरक ‘रोस्टर’मा अङ्कित छन् । एउटा हक्की योजनाविद् डा. देवकोटा वातावरणीय इन्जिनियरिङ तथा योजना निर्माणको नयाँ पुस्ताका लागि एउटा कसौटीका रुपमा समेत देखापर्छन् ।
उनै डा. देवकोटा केही दिन अघि (२२–२३ असोज) मात्र तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको नेकपा एमाले निकट बुद्धिजीवीहरुको राष्ट्रिय भेलाद्वारा राष्ट्रिय बुद्धिजीवी परिषद्का लागि अध्यक्षमा सर्वसम्मतिले चुनिए । परिषद्मा उनको जिम्मेवारी पुनः अध्यक्षका रुपमा आएपछि सञ्चार माध्यमहरुले ‘१० बुँदे सहमति बमोजिम जेठ २ को संरचनामा फर्किएको’ र कतैकतै– ‘डा देवकोटा एमालेमै फर्किए ...’ जस्ता हेडलाइन रचे ।
खासमा उनका लागि जेठ २ मा फर्कनु वा कहिँ गएर घर आएजस्तो गरी लेखिएका समाचार हेडिङप्रति आपत्ति छ । आवरणको प्रचार जस्तो मसला थिएन बुद्धिजीवी परिषद्मा उनको पुनरागमन अर्थात् पुनः जिम्मेवारी । किनकि, उनकै शब्दमा भन्ने हो भने, ‘कतै गएको भए पो फर्किएको भन्नु, गएकै हैन त फर्किएको भन्ने कुरा कहाँबाट आयो ?’
जुन पृष्ठभूमि– डा. देवकोटाको जिम्मेवारीको पुनरागमन भएको छ, यसका पछाडि यो कालखण्ड अनदेखा गर्न सम्भव छैन । एमालेमा केपी शर्मा ओलीको अध्यक्षावधि थप हुनु पर्ने सम्भावनाको पीठिका जे हो डा. देवकोटाका हकमा पनि त्यही सत्य लागू भएको देखिन्छ
उनले थपे, ‘यो बिचमा बुद्धिजीवीका गतिविधिहरु अवरुद्ध बनेका थिए । त्यसलाई चलायमान बनाउन जरुरी थियो । यतिबेला भएको के हो भने केही साथीहरुको जिम्मेवारी हेरफेर भो । तर हामीहरु पुरानै काममा फर्किएको मात्र हो । मित्रहरुले यही रुपमा बुझिदिनु पर्छ ।’
यतिबेलाको डा. देवकोटा टिमको ‘कम्बिनेसन’ पनि फरक छ । उनले पूर्वप्रधानमन्त्री ओलीका विकाश विज्ञका रुपमा रहेका इन्जिनियर गजेन्द्र थपलियालाई महासचिव र अर्थतन्त्र र व्यवस्थापन बिचको समन्वय गर्न सफल व्यक्तिका रुपमा चिनिएका गोपी न्यौपानेलाई कोषाध्यक्षका रुपमा आफ्नो टिममा लिएका छन् ।
महासचिव इन्जिनियर थपलिया ओली सरकारको तुइन विस्थापनदेखि पूर्वाधार सडक निर्माणलाई लिएर पछिल्लो चरणमा ६३ जिल्लाहरु प्रत्यक्ष भौगोलिक रुपमै भ्रमण गरेर अनुभव सँगालेका व्यक्तिका रुपमा छन् भने नयाँ थपिएका कतिपय बुद्धिजीवी नेताहरु नयाँ शिराबाट समस्याहरु पर्गेल्ने क्षमता राख्ने व्यक्तिका रुपमा समेटिएको परिषद्का अधिकारीहरुको पनि दाबी छ ।
परिषद्ले उक्त भेलाबाट पार्टी छाडेर गएकाहरुका ठाउँमा नयाँ सदस्यहरु थपेर ९१ सदस्यीय नयाँ केन्द्रीय कमिटि गठन गरेको छ भने अध्यक्षको प्रतिवेदनले औँल्याएका सम्भावनाका क्षेत्रहरुमा उत्साह साथ काम गर्ने नयाँ ‘रिज्योलुसन’ बोकेर अघि बढेको सन्देश दिन सफल भएको मानिएको छ ।
०००
गोरखा पालुङटारमा जन्मेर स्थानीय लुइँटेल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण देवकोटा ‘करिअर एक्सपर्ट’ मात्र होइनन्, ‘कन्ट्रिब्युटर’ समेत हुन् । योगदानकर्ता भएकै कारण आजका दिनमा उनको संस्थागत संलग्नताले नयाँ आकार ग्रहण गरेका छन् । कुनै पनि वस्तुको आकार ग्रहण भनेको सपना र सोचहरुको विपना अर्थात् व्यावहारिक अनुवाद हो ।
नत्र, नेपालमै पहिलो पटक केयुपछि यसखाले ‘अटोनोमस’ विश्वविद्यालय अभ्यासमा आउने थिएन । कुलपति गणेशमान गुरुङ भएको गण्डकी विश्वविद्यालय अबका दिनमा नमूना विश्वविद्यालय बन्ने बाटोमा छ, जसको लगाम (बोर्ड अफ ट्रस्टीको अध्यक्ष) डा. देवकोटाका हातमा छ । जुन विश्वविद्यालय आजको नेपाली युगको ज्वलन्त विषयमा नयाँ ‘कोर्स अफ कन्टेन्ट’ दिँदै नयाँ जनशक्ति र जमानाको नयाँ आवश्यकता पूर्तिका दिशामा इँटा थपिरहेको छ । जस्तो कि कुनै बेला काठमाडौं विश्वविद्यालयको जन्म र संस्थापक उपकुलपति डा. सुरेशराज शर्माबारे धारणा बनाइन्थ्यो, केही समयपछि यो विश्वविद्यालयले लिने अनुमान गर्न सकिन्छ ।
नेकपाको एकता र द्वन्द्वपूर्ण यो अवधिले दिएको निष्कर्ष नै यो हो कि स्वयम् मूलधारको पहिलो शक्ति भनेको नेकपा एमालेलाई चोइटाएर तुष्टि साधना गर्नेहरु किन नहुन्, यिनका बिचमा एकता फेरि पनि निःसर्त सर्त बन्नेवाला छ
नेपाल बुद्धिजीवी परिषद्को जिम्मेवारीमा पुनः फर्किएपछि ‘करिअर एक्सपर्टिज’ डा देवकोटाले निर्माण सञ्चारसँगको संक्षिप्त दूरभाषा संवादमा भने, ‘हामी (बुद्धिजीवीहरु) भनेका त मुलुक बनाउनकै लागि त हौंँ । राजनीतिज्ञले जे छ त्यही देलान् तर हामीले भनेको उनीहरुसँग नभएको तर अत्यावश्यक पुँजी दिने हो नि !’
एसएलसी लगत्तै राजधानीमा उच्च शिक्षाको सपना बुनेर ओर्लिएको युवा देवकोटा २०३५–३७ ओभरसियरका रुपमा पेसामा छिरे । अध्ययनक्रममा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ०४१–४५ सिभिल इन्जिनियरिङमा बी.ई. सकेर ०५०–५१ अमेरिकाबाट एम.ई. हासिल गरेका देवकोटाले वातावरण र दिगो विकाससम्बन्धी इन्जिनियरिङमा ०५७–०६० जापानबाट विद्यावारिधि आर्जन गरेका हुन् ।
अन्तरालपछिको बृहत् भेलाः बौद्धिकता र ‘इम्पिरिसिजम’ बिचको सन्तुलनको नैतिक पाठ
योजनाविद् तर्फको डा. देवकोटाको यात्राको आरम्भ ०६४ सालबाट सदस्यका रुपमा भयो र ०६७ सालसम्म उनले राष्ट्रिय योजना आयोगमा उपाध्यक्षका रुपमा काम गरे ।
बुद्धिजीवीहरु कोरा कागज मात्र हुने कि राजनीतिक मूलधारबाट योगदानकर्ता पनि बन्ने भन्ने प्रश्न अक्सर नेपालमा उठिरहन्छ । नेपाल जस्तो अर्धविकसित मुलुकका हकमा बुद्धिजीवी भन्नेलाई फरक ‘एलिएन’ बनाउने प्रयत्नहरु पनि यदाकदा हुने गरेका छन् । कतिपयले ‘बुद्धिजीवी’लाई कागजी ‘ब्रेन’ मात्र भनेर खुम्च्याइदिने त कतिपयले ‘राजनीति गर्ने पनि बुद्धिजीवी ?’ भनेर छोइछिटो गर्ने प्रथा अझै देखिन्छ ।
डा. देवकोटा जस्ता योजनाविद्हरुले यस्तो प्रथा माथि एकखाले संघर्ष नै जारी रहेको पनि बताउँछन् । किनकि, बुझाइ र गराइमा, बोली र व्यवहारमा फरक चरित्र बोक्ने व्यक्तिहरुको घुइँचो भएका मुलुकमा यस्तै हुने विज्ञहरुको बुझाइ छ । अयोग्यहरुले योग्यलाई मूर्खले विज्ञलाई उछितो काड्ने कुरा कुनै नौल त होइन । बुद्धिजीवीको उपस्थितिले परम्परा धान्दै मात्र आएका ‘करिअर पोलिटिसियन’हरुको ‘स्पेस’ पूर्ति हुने डर रहिरहने हुँदा यसखाले हल्ला चलाउनेहरु सक्रिय हुने आम बुझाइ पनि त्यतिकै सत्य हो ।
उसो भए बुद्धिजीवी कस्तो बन्ने ? यो प्रश्नको जवाफ दिँदै एमाले महासचिव ईश्वर पोखरेलले बुद्धिजीवीहरुको असोज २२ गते तुल्सीलाल स्मृति प्रतिष्ठानको भेलालाई सम्बोधन गर्दा भनेको लाइन यस्तो छ– ‘हामी बुद्धिजीवीहरु कस्तो बन्ने, अथवा आफ्नो विज्ञता मुलुक बनाउन लगानी गर्ने/गराउने हकमा कसरी संलग्न हुने भन्ने सवाल आज पनि मौजुदा छ । त्यसैले, राजनीतिक रुपमा संलग्न रहँदा आफ्नो बौद्धिकता अर्थात् ‘ब्रेन’को पाटो नै छुट्ने र बुद्धिजीवीका रुपमा उभिँदा कागजी बाघजस्तो मात्र देखिने अव्यावहारिक बन्ने खतराबाट हामी बुद्धिजीवीहरुले जोगिनेबारे पनि सोच्न जरुरी छ । अर्थात् यस्ता समस्याहरुबाट हामी बुद्धिजीवीहरु मुक्त छौं भन्ने मेरो विश्वास छ ।’
अदालतमा भएको आन्तरिक सेटिङले यो कुराको पुष्टि गर्छ कि काँग्रेस आफू सत्ता पाउन जनताको मन जित्न आवश्यक ठान्दैन बरु लोकतन्त्रको संरचना नै ध्वस्त भए पनि, अदालती गरिमा धुलिसात भए पनि प्रतिस्पर्धीलाई सखाप पार्न सकियो भने सत्ता पाइयो भन्ने धेयमा रहेको देखियो,’
तर, पोलिटिसियनहरुले बुद्धिजीवीहरुलाई कागजी खोस्टाका रुपमा सीमित गर्ने र कतिपय हकमा ‘युज एन्ड थ्रो’ गर्ने परिपाटी पनि त बलियो नै छ । यो विकृतिको पनि त अन्त्य जरुरी छ नि त भन्ने बुद्धिजीवीहरुका बिचमा अक्सर उठ्ने गरेको प्रश्नको पनि जवाफ महासचिव पोखरेलले दिएका थिए । उनले भने, ‘तपाईंहरुले आफ्नो समीक्षा प्रतिवेदनमा यो पाटो चाहिँ किन उल्लेख नगरेको ? सत्ता र अवसर आउँदा मतलबै नगर्ने, गरेपनि प्रयोग मात्र होइने र सत्ता बाहिर हुँदा मात्र बुद्धिजीवी खोज्ने गर्न राजनीतिक दलहरुलाई लाज लाग्नु पर्दैन ? भनेर किन नसोधेको ?’
०००
बुद्धिजीवीका रुपमा परिषद्मा डा. देवकोटोको ‘डेब्यु’ (प्रवेश) ०५४ सालबाट भएको हो । ०५७ मा केन्द्रीय सदस्य हुँदै क्रमशः ०६३ मा कोषाध्यक्ष, ०६६ माहासचिव, ०६९ अध्यक्ष र ०७२ को कञ्चनपुर अधिवेशनबाट दोस्रो पटक अध्यक्ष चुनिएका देवकोटाको यस पटकको अध्यक्षको जिम्मेवारी वहनको सन्दर्भमा धेरै पाटाहरु जोडिएका छन् । सरसर्ती हेर्दा अध्यक्षका लागि उनको व्यक्तित्वसँग टक्कर दिने आँट गर्ने दोस्रो व्यक्ति नभएको जस्तो पनि देखियो ।
तर, यसका पछाडि नेपालका वामशक्तिको एकता नाउँको अल्पअध्यायको दुःखान्तको पाटो पनि जोडिएर आउँछ— जुन पृष्ठभूमि– डा. देवकोटाको जिम्मेवारीको पुनरागमन भएको छ, यसका पछाडि यो कालखण्ड अनदेखा गर्न सम्भव छैन । एमालेमा केपी शर्मा ओलीको अध्यक्षावधि थप हुनु पर्ने सम्भावनाको पीठिका जे हो डा. देवकोटाका हकमा पनि त्यही सत्य लागू भएको देखिन्छ ।
‘वामशक्तिको पुनर्मिलन नभई सुखै छैन’
कम्युनिस्ट शक्तिको पुनर्मिलन निकट भविष्यकै लागि अझै बढी खट्किने सत्य बोल्दै डा. देवकोटा भन्छन्, ‘मेहनतकस जनता र राष्ट्रियताको पक्षमा वकालत गर्ने शक्तिको नेपालमा आजका दिनमा झनै आवश्यकता खट्किएको छ । त्यसैले यो शक्ति बिचको एकता अझै पनि नेपाली जनताले चाहेको सत्य हो । मूलघरमा फर्कनुको विकल्प त जानेहरुलाई पनि छैन नि ! नत्र लर्काे लाएर एमालेमै फर्कनेहरु किन देखिन्थे र ?’
डा. देवकोटा आफ्नो दृष्टिकोण स्पष्ट रुपमा राख्दै अझै अघि भन्छन्— ‘टुटफुटको विगत र वर्तमान जति तीतो बन्दै आयो भविष्य पनि कतै यस्तै विडम्बनापूर्ण त बन्दै जाने छैन नेपाली कम्युनिस्टहरुका लागि भन्ने आशंका पनि त्यति नै बलियो बन्दै गएको छ । फेरि पनि सत्य यही नै हो कि चोइटिएर गएका मित्रहरुलाई नै सबैभन्दा पहिले आफूलाई टेकोको साहरा चाहिएको देखिसकियो । नत्र ‘बिग अलाएन्स’ को माला जपिनरहनु पर्ने थिएन नि ! अस्तित्व जोगाउनै सकस पर्ने दिनको पुनर्पुष्टि हुन चुनावै आउनु पर्ने हो र ! नेकपा एमाले फुटाएर आत्मरति त कतिले लिए होलान्, तर तिनीहरुलाई पनि मूलधारको वामशक्ति बेगर आफ्नो भविष्य नभएको समयले पुष्टि गरिसकेको छ ।’
डा. देवकोटाको यो भनाइ– प्रचण्ड लक्षित पछिल्ला अभिव्यक्तिमाथिको संकेत थियो ।
‘भारतपरस्तता’को ट्याग लाग्दा समेत यो पार्टी जनतासामू प्रष्टीकरण दिन पनि आवश्यक ठान्दैन । यसैले नेपाली काँग्रेस विरुद्ध नेपाली जनताको मौन असहमति हुँदा पनि उसको विकल्प पनि बन्न नसक्नु वाम शक्तिको विडम्बना बनेको छ
योजनाविद् डा. देवकोटाको भनाइमा नेकपाको एकता र द्वन्द्वपूर्ण यो अवधिले दिएको निष्कर्ष नै यो हो कि स्वयम् मूलधारको पहिलो शक्ति भनेको नेकपा एमालेलाई चोइटाएर तुष्टि साधना गर्नेहरु किन नहुन्, यिनका बिचमा एकता फेरि पनि निःसर्त सर्त बन्नेवाला छ ।
‘नेपाली राष्ट्रवादी वामशक्तिहरुको आवश्यकता र औचित्यको कडी भनेकै मेहनतकस जनताको पक्षको वकालत र राष्ट्रियताको पक्षमा अडान हो । यस मुद्दामा अन्य दलको कुरा किन गर्ने र वामशक्तिले पटक पटक पुष्टि भइसकेको सत्यबाट पन्छिन मिल्दैन, भाग्न पनि सक्तैनन् । त्यसैले फेरि पनि एकतामा कुनै सन्देह छैन,’ उनको भनाइ छ ।
स्वयम् एमालेका हकमा पनि यही कुरा लागू हुने अध्यक्ष देवकोटाको भनाइ छ । ‘एमालेले बोकेको जुन जनताको बहुदलीय जनवादको निष्कर्ष हो, अत्यधिक लोकप्रिय जनमत लिँदै सत्ता र सत्ताको माध्यमबाट जनतलाई बलियो बनाउने भन्ने हो भने एक हुँदा शक्ति र सत्ता पाइयो । लिम्पियाधुरा समेटिएको नक्सा पनि एकताबाट आर्जित शक्तिको वैधतामा गरिएको आँट हो । अब यसरी नै बुझौं न फुट हुँदा के भयो भन्ने कुरा त आजको वर्तमान हो नि, छर्लङ्गै छ त कुरो !’
बुद्धिजीवीहरुले के बुझ्नु पर्छ भने ‘एकताको कालखण्डले गरेको पुनर्पुष्टिः वाम एकता नै हो’
छलफल क्रममा परिषद् अध्यक्ष देवकोटा वाम फुट जनता र मुलुकका हितमा नरहेको सिद्ध भएको बताउँछन् । पछिल्लो आमनिर्वाचन र परिणामबारे काँग्रेसजस्तो नवधनाढ्य वर्गको पार्टी र उसको ०४७ सालदेखि यता आजसम्मका सत्ता दौडको अर्थराजनीतिमाथि आँखा लगाउने हो भने नेपाली जनता यो शक्तिको विकल्प खोजिरहेका थिए भन्ने पुष्टि भएका रुपमा धेरैको विश्लेषण थियो । त्यसको पुष्टि गर्ने अध्याय नै दुई कम्युनिस्ट मूलधारको एकताको कालखण्ड रहेको डा. देवकोटाको पनि भनाइ छ ।
जतिबेला नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बिच एकता सम्पन्न भयो, त्यो आमनिर्वाचनले स्पष्ट शब्दमा नेपाली जनताले काँग्रेसको विकल्प खोजेको सन्देश दिएका रुपमा वामबुद्धिजीवीहरु व्याख्या गर्छन् । गएको निर्वाचनको नतिजाको मतलब काँग्रेस जनताको पार्टी नरहेको तथा ऊभित्रका विकृति र विचार हीनता विरुद्ध आमूल परिवर्तनको कठघरामा काँग्रेस उभिन तयार नरहेका रुपमा हेरियो । नेपाली काँग्रेसका आजको गतिविधिलाई हेर्दा पनि आफूभित्र परिवर्तनको लेस गुन्जाइस पनि छ भन्ने सन्देश दिन सकेको छैन ।
सत्य यही नै हो कि चोइटिएर गएका मित्रहरुलाई नै सबैभन्दा पहिले आफूलाई टेकोको साहरा चाहिएको देखिसकियो । नत्र ‘बिग अलाएन्स’ को माला जपिनरहनु पर्ने थिएन नि !
पटक पटक के चाहिँ काँग्रेसले सिद्ध गर्दै आएको भनिन्छ भने यो शक्तिले आफूभित्र सुधार गर्ने कुरालाई बोक्नुभन्दा आफ्नो प्रतिद्वन्द्वीलाई सखाप परे मात्र आफ्नो भविष्य ढुक्क हुने बुझाइ बोकेको देखियो । मुलुकको अस्थिरताका रुपमा कतै दलहरु नै कडी पो बनेका हुन् कि भन्ने देखिएको आम टिप्पणी छ भने पछिल्ला दिनका आन्तरिक रडाको भित्र काँग्रेसको त्यही भूमिका देखियो ।
अदालतमा भएको आन्तरिक सेटिङले यो कुराको पुष्टि गर्छ कि काँग्रेस आफू सत्ता पाउन जनताको मन जित्न आवश्यक ठान्दैन बरु लोकतन्त्रको संरचना नै ध्वस्त भए पनि, अदालती गरिमा धुलिसात भए पनि प्रतिस्पर्धीलाई सखाप पार्न सकियो भने सत्ता पाइयो भन्ने धेयमा रहेको देखियो,’ आमरुपमा रहेको यो आलोचना काँग्रेसका लागि कुनै मतलबको विषय पनि देखिँदैन ।
डा. देवकोटाको विचार पनि यी परिस्थितिसँग मेल खाने देखिन्छन् । उनी अघि भन्छन्, ‘त्यो बेलाको आमनिर्वाचन अघि भएको देउवा काँग्रेस र प्रचण्ड एकताको क्षणभंगुरतालाई पनि जनताले देखे, भोगे, बुझे । सबैले सबैथोक गरिसकेपछि गर्नुपर्ने काम नगरेपछि फेरि पनि गर्नु पर्ने चाहिँ त्यही नै हो सही शक्तिहरु फेरि पनि एकैठाउँमा आउनुको विकल्प छैन । वामआन्दोलनलाई नै बलियो बनाउनुको विकल्प पनि देखिदैन ।’
यसका लागि वामदलभित्र देखिएको व्यक्तिवाद समस्याको कडी बनेको उनको पनि बुझाइ छ । उनी भन्छन्, ‘व्यक्ति बलियो बनाउने होइन, मुद्दा र आन्दोलन बलियो बनाउनु पर्छ । यो नै आजको आवश्यकता हो भन्ने बुद्धिजीवी मित्रहरुले बुझ्नु पर्ने कुरा हो ।’
डा. देवकोटा फेरि पनि कुनै कालखण्डमा राष्ट्रयताको पक्षमा उभिने र मेहनतकस जनताको आवाजको वकालत गर्नेहरु एकैठाउँमा हुनै पर्ने छ । उनका अनुसार एकजुट भएर फेरि पनि नवधनाढ्य वर्गको लोकतन्त्रका नाउँमा देखिने छाडावाद र लुटतन्त्र विरुद्ध संघर्ष गर्न नेकपा एमाले नै बलियो बनाउनुको विकल्प देखिदैन ।
धेरैले गरेको अनुमान जस्तै डा. देवकोटाले पनि नेकपाको एकता अवधिमा काँग्रेसको विकल्पमा वामशक्ति अब एकढिक्का भयो । तर, त्यसो हुन सकेन । वामशक्तिले एकढिक्का भएर लामो यात्रा तय गर्न नसक्नु नै नेपाली जनताको दुर्भाग्य देखियो । ‘सत्ता पाउँदा मिलेर सञ्चालन पनि नजान्ने’ आरोप वामपन्थीहरुमा लागेको छ । यसै त सत्ता सबैका लागि लुटको केन्द्रझैं बन्दै गएको नेपालमा दलहरुको जीवनको लोकतन्त्र नै धरापमा रहेको बताइन्छ ।
काँग्रेसका हकमा उसभित्रको ‘स्टाटस–क्व’ लोकतन्त्रकै दुर्भाग्य बन्दै आएको कुरा धेरैजसो समीक्षकले औंल्याएको तितो पाटो हो । कतिपय हकमा त ‘भारतपरस्तता’को ट्याग लाग्दा समेत यो पार्टी जनतासामू प्रष्टीकरण दिन पनि आवश्यक ठान्दैन । यसैले नेपाली काँग्रेस विरुद्ध नेपाली जनताको मौन असहमति हुँदा पनि उसको विकल्प पनि बन्न नसक्नु वाम शक्तिको विडम्बना बनेको छ ।
बुद्धिजीवीले अब वामशक्ति एकताको अचूक औषधि दिनै पर्छ !
‘नेपाली उखानजस्तो मन परेको व्यक्ति नै जेठाजु परेछ’ भन्ने जस्तो विवशता नेपाली जनतामा हुँदा पनि कम्युनिस्ट शक्तिहरुको एकता पटक पटक अर्घेलो बन्ने गरेको देखियो । ०४७ सालको जनआन्दोलनताका पनि संयुक्त वामहरु एकै ठाम भएर अघि बढ्दा परिवर्तन र सम्भावनाका ढोकाहरु खुलेका थिए । ती नजिरहरु आजका दिनमा पनि औषधि हुने धेरैको बुझाइ छ ।
अब पार्टी जोगाउनु नै मुख्य काम हो भन्ने देखिन पुग्यो । यो पार्टी नै रहेन भने गरिब, विपन्न र मेहनतकस जनताको पक्षमा वकलात गर्ने वर्गीय अगुवा कमजोर हुने भयो । आन्दोलन कमजोर हुने भयो । आन्दोलन नै कमजोर भएपछि मुलुकको परिवर्तन, सुशासन र उपलब्धिहरु भन्ने कुरा झनै रछ्यानमा पुग्ने डर हुन्छ । अर्काेतिर मुलुकको राष्ट्रियता र लोकतन्त्र समेत कमजोर हुने देखियो
डा. देवकोटा अबका दिनका लागि वाम शक्तिहरु बिच हुने एकता अल्पकालका लागि नभई दीर्घकालका लागि हुन केकस्ता विधि र बाटोहरु तय गर्न आवश्यक छ भन्ने कुरा अबको बौद्धिक वर्गको चिन्ताको विषय बनेको बताउँछन् । त्यसका लागि उत्तम ओखती प्रेस्क्राइब’ गर्ने दायित्व हामी बुद्धिजीवीहरुको हो । यसखाले औषधिको खोजी पनि अब हामीले गर्नै पर्छ ।’
‘पार्टी छाडेर गएकालाई फर्काइन्छ, फर्कनुको विकल्प पनि छैन’
अध्यक्ष डा. देवकोटा बुद्धिजीवी परिषद्लाई नेकपा एमालेको ‘थिङ्कट्याङ्क’का रुपमा परिभाषित गर्छन् । बदलिएको आजको परिस्थितिमा नेकपा एमाले कसरी अघि बढ्नु पर्छ भन्ने सैद्धान्तिक खुराक दिने काम नै परिषद्को आजको कार्यभार रहेको पनि बताउँछन् ।
उनले भने, ‘हाम्रो कार्यभार पार्टीलाई मजबुत र बलियो बनाउने नै हो र पार्टी छाडेर गएकाहरुलाई फर्काउनमा पनि हाम्रो भूमिका हुने छ ।’
एकीकृत नेकपा आजका दिनमा एकीकृत अवस्थामा नरहेको र नेकपा एमालेले पनि आफूलाई सोही रुपमा राख्न नसकेको कुरा उनको स्वीकारोक्ति छ । उनी जसरी पनि पार्टी बलियो बनाउने धारणा राख्छन् । अबको धेय आगामी चुनाव रहेको र चुनावमा एमाले पहिलो शक्ति बनाउन आफूहरु लाग्ने उनले बताए ।
डा. देवकोटा नेकपाको एकता पछि काम गर्न नसकिएको स्वीकार गर्छन् । अब सिर्जित नयाँ परिस्थितिमा नयाँ जोश, जाँगरका साथ काम गर्ने र आउने ३ महिनाभित्र जिल्ला सम्मेलनहरु गर्ने र जिल्ला, प्रदेश, कन्द्र हुँदै आउने चुनावमा एमालेलाई पहिलो दलका रुपमा विजयी गराउने दिशामा परिषद् केन्द्रित हुने बताउँछन् ।
परिषद्मा केन्द्रीय समितिका अतिरिक्त ५ अध्ययन केन्द्रहरु रहेका छन् । तालिम प्रतिष्ठान, जबज र माक्र्सवाद अध्ययन केन्द्र, कुटनैतिक अध्ययन केन्द्र, आर्थिक सामाजिक रुपान्तरण अध्ययन केन्द्र, संघीयता अध्ययन केन्द्र रहेका छन् ।
अब परिषद्ले गति लिने उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय समितिको गाइडलाइनमा अब कामको अभियानले गति लिन्छ । भुगोलमा ७ वटा प्रदेश किमिटि र तिनको कोअर्डिनेसनमा जिल्ला कमिटिहरु रहन्छन् । र, पुनर्गठन सकेपछि देशव्यापी रुपमा विकासका विभिन्न नीति निर्माणबारे अभियान अघि बढाउँछौं ।’
आवश्यकता परे पालिकास्तरमा समेत विकास गाइडलाइन दिने गरी बुद्धिजीवीहरुको पंक्ति तयार गर्न परिषद्लाई प्रतिनिधिहरुको सुझाव रहेका बेला बुद्धिजीवी परिषद्ले पनि देशैभर आफूलाई क्रियाशील गर्ने घोषणा गरेको छ । देशभर ७० हजार सदस्यहरु रहेको परिषद् आगामी दिनमा सदस्यता बढाउने अभियानमा पनि छ ।
आजको पहिलो र अन्तिम सर्त नै पार्टी जोगाउने हो
एमालेको वर्तमान दिनदशाबारे डा. देवकोटा धराप्रवाह बोल्दै गए— एकता हुँदै आजका दिनसम्म आउँदा के देखियो भने अब पार्टी जोगाउनु नै मुख्य काम हो भन्ने देखिन पुग्यो । यो पार्टी नै रहेन भने गरिब, विपन्न र मेहनतकस जनताको पक्षमा वकलात गर्ने वर्गीय अगुवा कमजोर हुने भयो । आन्दोलन कमजोर हुने भयो । आन्दोलन नै कमजोर भएपछि मुलुकको परिवर्तन, सुशासन र उपलब्धिहरु भन्ने कुरा झनै रछ्यानमा पुग्ने डर हुन्छ ।
अर्काेतिर मुलुकको राष्ट्रियता र लोकतन्त्र समेत कमजोर हुने देखियो । बेलाबखत आउने यस्ता विवाद र विसमताहरु जुन स्वाभाविक छ, यसको निहुँमा पार्टी छाडेर जाने हैन नि ! पार्टीभित्रको अन्तरसंघर्षलाई फेस गर्न नसकेर चोइटिएर जानु जनतामाथि पनि विश्वास घात गर्नु हो । बेलाबखत पार्टीमाथि प्रहार नभएका होइनन् । तर यस्तो बेला व्यक्तिलाई होइन तर पार्टी र आन्दोलन चाहिँ सबैभन्दा पहिले जोगाउनु पर्छ भन्ने हाम्रो धारणा छ । पार्टी जोगाउने हो व्यक्तिको नाउँमा समर्थन वा विमर्थन भन्दा पनि विचार, आन्दोलन र पार्टी बलियो बनाउनु पर्छ भनेरै हामी अझै बढी क्रियाशील हुन आवश्यक छ ।’
अध्यक्ष डा. देवकोटा सहित टिम– (पाश्र्व छायाचित्रमा) महासचिव ई. गजेन्द्र थपलिया र कोषाध्यक्ष गोपी न्यौपाने(डा. देवकोटासँगको कुराकानीमा आधारित)
०००
प्रतिक्रिया दिनुहोस्