नेपाली समय: ०२:०४:११ बिहान
वि.सं २०८३ बैशाख ४   शुक्रवार

परामर्शदाता इन्जिनियरिङ अगुवा इआरएमसीको नमूना कदमः इन्जिनियरिङ छात्रवृत्ति विशेष कार्यक्रम आरम्भ

निर्माण सञ्चार, १८ चैत २०७७, काठमाडौं

पूर्वाधार निर्माण उद्योगमा परामर्शदाता इन्जिनियरिङ अगुवा कम्पनी हो इआरएमसी (इन्भारमेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी) । स्वदेशका राष्ट्रिय गौरवका परियोजनादेखि विदेशी भूमिमा समेत अब्बल परामर्शदाता कम्पनीका रुपमा आफूलाई खरो उतार्न सफल इआरएमसीले लिने हरेक कदमले यो क्षेत्रमा अर्थ राख्छ पनि ।

हालैमात्र इआरएमसीले इन्जिनियरिङ शंकाय अध्ययन गर्न चाहने विद्यार्थीका लागि विशेष छात्रवृत्ति प्याकजे अघि सारेको छ । आफ्नो कम्पनी अन्तर्गत सेवारत विद्यार्थी वा कर्मचारी परिवार भित्र प्रदान गरिने सो छात्रवृत्ति विशेष कार्यक्रमको कम्पनीका प्रबन्ध निर्देशक इन्जिनियर उद्धवराज चौलागाईंले घोषणा गरेका हुन् ।

  • छात्रवृत्ति प्रदान गर्दा छनोट विशेष समिति गठन गर्ने प्रक्रिया छ । जुन समितिले सम्बन्धित कम्पनीमा कार्यरत मध्ये सबैभन्दा कम आर्यस्रोत भएको अवस्थाको कर्मचारीलाई सबैभन्दा पहिलो प्राथमिकता दिने छ
कम्पनी अनुसार यो छात्रवृत्ति विशेष कार्यक्रम इआरएमसी अन्तर्गतका आयोजनाहरूमा वा यस अन्तर्गतका कार्यालयहरूमा वर्तमान अवस्थामा कार्यरत व्यक्तिका हकमा लागू हुने छ । इआरएमसी अन्तर्गत निरन्तर सेवामा रहेर वा पटक–पटक गरेर पनि कम्तीमा पाँच वर्ष सेवा गरेका कर्मचारी, विज्ञ वा उनको एकाघर (श्रीमान, श्रीमती वा छोराछोरी मात्र) परिवारका सदस्यका लागि यो छात्रवृत्ति प्रदान गरिने छ । 

पूर्वाधार विकास परामर्शदाता इआरएमसी अनुसार यो छात्रवृत्ति हालका लागि स्नातक तहमा अध्ययन गर्नेका हकमा प्रदान गरिने छ भने यसको आकार पछि क्रमशः विस्तार पनि गरिने छ ।

कम्पनीका सिइओ (प्रमुख कार्यकारी अधिकृत) पशुपति भण्डारीका अनुसार यो छात्रवृत्ति नेपाल भित्रका कुनै पनि इन्जिनियरिङ कलेजहरूमा बीई वा बीएस्सी इन्जिनियरिङ शंकाय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रदान गरिने छ । 

सिइओ भण्डारीले भने, ‘यो कार्यक्रम प्रत्येक वर्ष एक जनाका लागि ‘फुल स्कलरसिप’ प्रदान गर्ने गरी घोषणा भएको छ । र, यो वर्षका लागि हामीले यो छात्रवृत्ति प्रदान समेत गरिसकेका छौं ।’

उनले भने, ‘यो वर्ष आरम्भ वर्ष पनि हो । यसका लागि हामीले हाम्रै कम्पनीमा सेवारत कर्मचारी हुमबहादुर क्षेत्रीका सुपत्री सुश्री वर्षा क्षेत्रीलाई प्रदान गरेका छौं । उनका लागि यो छात्रवृत्ति त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एडभान्स्ड कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्ने गरी प्रदान गरिएको छ ।’

उनी सिभिल तर्फ बीई पढ्ने गरी इआरएमसीले प्रदान गरेको पहिलो छात्रवृत्ति पाउन सफल विद्यार्थी पनि बनेकी छन् ।

नेपाल सरकारले पछिल्ला दिनमा ‘कर्पाेरेट सोसल रेस्पोन्सिबिलिटी’ अन्तर्गत रही सेवा प्रदान गर्न चाहने कुनै पनि व्यक्ति वा संस्थाका हकमा यसखाले कार्यक्रम छनोटको व्यवस्था समेत गरेको छ । सामाजिक सुरक्षा वा सामाजिक दायित्व अन्तर्गत रही इआरएमसीले यस कार्यक्रमलाई अघि बढाएको कम्पनीका सिइओ भण्डारीको भनाइ छ ।
यो छात्रवृत्ति प्रदान गर्दा छनोट विशेष समिति गठन गर्ने प्रक्रिया छ । जुन समितिले सम्बन्धित कम्पनीमा कार्यरत मध्ये सबैभन्दा कम आयस्रोत भएको अवस्थाको कर्मचारीलाई सबैभन्दा पहिलो प्राथमिकता दिने छ । 

छात्रवृत्ति पाएपछि कम्पनीका कर्मचारी क्षेत्रीको परिवारमा खुसी छाएको उनको परिवार स्रोतले बतायो ।

स्मरणरहोस्, इआरएमसी नेपालकै अन्तर्राष्ट्रि मापदण्ड भेट गर्नेसक्ने अग्रणी परामर्शदाता इन्जिनियरिङ कम्पनी हो । जसले मेलम्ची खानेपानीदेखि पोखरा क्षेत्रीय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै विभिन्न सिँचाइ परियोजना, सुरुङ निर्माणसम्ममा उत्कृष्ट परामर्श दिँदै आएको छ ।

०००

 



प्रकाशित: २०७७ चैत्र १८
March 31st 2021

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार