नेपाली समय: ११:५०:५८ राती
वि.सं २०७७ आश्विन १४   बुधवार

ऊर्जा क्षेत्रमा कोभिड–१९ को असर र भविष्य विषयमा नेइएको पहिलो वेबसेमिनार सम्पन्न

निर्माण सञ्चार, १९ वैशाख, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) ले कोभिड–१९ कै अवधिमा पहिलो पटक वेबिनार सम्पन्न गरेको छ ।

एशोसियसन अन्तर्गतको ऊर्जा व्यबस्थापन तथा वकालत व्यबसायी समितिले आयोजना गरेको उक्त वेबिनारमा ७ जना विशिष्ट विशेषज्ञहरु वक्ताका रुपमा रहेका थिए ।

नेपालको ऊर्जा क्षेत्रमा कोभिड–१९ को असर र भविष्य’ भन्ने नारामा भएको उक्त वेबसेमिनारका वक्ताहरुले कोभिड–१९ ले नेपालको ऊर्जा उत्पादन, वितरण आदि सबै क्षेत्रमा असर पारेको बारेमा आ–आफ्ना धारणाहरु राखेका थिए ।

कार्यक्रममा मुख्य वक्ताः ई  दिनेश कुमार घिमिरे, सचिव, ऊर्जा, जलस्रोत तथा  सिंचाई मन्त्रालय, प्राडा अमृत मान नकर्मि, प्राध्यापक, ई अ स, पुल्चोक क्यामपस, प्रविन राज अर्याल, नविन राज सिंह, महानिर्देशक, विधुत बिकास विभाग, कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विधुत प्राधिकरण,  मधुसुदन अधिकारी, कार्यकारी निर्देशक, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, सुरेन्द्र कुमार पौडेल, कार्यकारी निर्देशक, नेपाल आयल निगम, शैलेन्द्र गुँरागाई, अध्यक्ष, स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल लगायत वक्ता अतिथिहरु रहेका थिए भने देशैभरबाट लगभग दुई सय बढी सहभागीहरु रहेको नेइए अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले निर्माण मिडियालाई जानकारी गराए ।

करिब दिनभर जस्तै सञ्चालित उक्त बेबिनार कार्यक्रममा एसोसियसन अध्यक्ष प्राडा त्रिरत्न बज्राचार्यले कार्यक्रमको उद्देश्य सहित उद्घाटन मन्तव्य राखेका थिए । 

त्यस्तै, इन्जिनियर डा नारायण प्रसाद अधिकारीले समग्र कार्यक्रमको पृष्ठभूमि प्रष्ट पारेका थिए ।

वक्ताका रुपमा प्राडा अमृत मान नकर्मीले विश्वमा फैलिएको कोभिड १९ ले नेपालको निजी तथा सरकारी ऊर्जा क्षेत्र, नेपाल आयल निगम तथा अन्य विभिन्न क्षेत्रमा केकस्तो असर पुर्यायो भन्नेबारे राखेका थिए ।

उनले अबको भावी योजनाका बारेमा प्रष्ट पारेका थिए । 

यसै गरी नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेलले कोभिड १९ ले  नेपाल आयल निगममा पारेको असर, हालको अवस्था र भविष्यको बारेमा आफ्ना कुरा राख्ने काम गरेका थिए ।

त्यस्तै, स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्क्षय इन्जिनियर शैलेन्द्र गुँरागाईले कोभिड १९ ले  नेपालको निजि क्षेत्रमा पारेको असर, यसको निराकरण तथा भावी योजना अन्तर्गत सरकारले गर्नु पर्ने कामका बारेमा आफ्नो धारणा राखेका थिए ।

महामारीको कारणले नेपाली अर्थतन्त्रलाई ठुलो असर पार्न सक्ने र यसलाई कसरी निराकरण गर्ने भन्ने विषयमा नेपाल सरकारलाई लिखित ध्यानाकर्षण गरेको कुरा पनि उनले बताए ।

अन्त्यमा निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाहरुलाई सरकारको तिनै तहबाट सहजिकरण गर्नुपर्नेमा वक्ताहरुको जोड रहेको थियो ।

यसै गरि वैकल्पिक ऊर्जा संवर्धन केन्द्रका कार्यकारी निर्देशक ई  मधुसुदन अधिकारीले वैकल्पिक ऊर्जा क्षेत्रमा यस महामारीले पारेको असरबारे  प्रकाश पारेका थिए । 

कोभिड–१९ का कारण आयोजनाको लागि आवश्यक पर्ने सामानको ढुवानिमा समस्या परेकाले यसको असर नेपालको वैकल्पिक ऊर्जा क्षेत्रमा पनि परेको कुरा जोड दिएका थिए ।

यसै गरि नेपाल विधुत प्राधिकरणको प्रबन्ध निर्देशक इ. कुलमान घिसिङले कोरोना महामारिको कारणले नेपाल विधुत प्राधिकरणको व्यबस्थापकीय क्षेत्र देखि ऊत्पादन, प्रशारण तथा वितरणमा परेको असरको बारेमा प्रष्ट पारेका थिए ।

साथै यस महामारिको कारणले सस्था संचालनको लागि स्मार्ट बिलिङ प्रक्रियालाई जोड दिनु पर्ने कुरा बताएका थिए ।

यस अवधिमा दैनिक ऊर्जा व्यवस्थापनको लागि विधुतको माग र आपुर्तिको सन्तुलनको लागि नेपाल विधुत प्राधिकरणको आयोजनाहरु बन्द गरि निजि क्षेत्रको आयोजनाहरु चलाउनु परेको कुरा वारे जानकारी दिए । 
आपुर्ति श्रृङखलालाई प्रभावकारी गराऊनु मुख्य चुनौति रहेको कुरा उनले बोलेका थिए । 

कार्यक्रममा विद्युत बिकास विभागका महानिर्देशक इ. नविन राज सिंह,ले यस महामारिको कारणले निर्माणाधिन आयोजनाहरु समयमा सम्पन्न गर्नु मुख्य चुनौति रहेको र हाल ३००० मे वा निर्माणाधिन रहेको कुरा उल्लेख गरे ।

त्यस्तै, ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सहसचिव ई प्रविन राज अर्यालले समग्रमा निजि तथा सरकारी ऊर्जा क्षेत्रको विभिन्न समस्या र तिनका समाधानको ऊपायबारे बृस्तित रुपमा आफ्नो धारणा राखेका थिए । 

सेसनको अन्त्यमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव ई दिनेश कुमार घिमिरेले यस महामारिको कारणले सबै क्षेत्रको समस्यालाई सरकारले कसरी सहजिकरण गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित रहेको र दिनहुँ यसको गृहकार्य गरिरहेको बताए ।


यसै गरी उक्त कार्यक्रममा ई चेतराज जोशीले कन्क्लुजन मन्तव्य र एशोसियसनका महासचिब ई छबिराज पोख्रेलले धन्यवाद तथा समापन मन्तव्य दिएका थिए । 

कार्यक्रमको सञ्चालन ई आशा खनाल र मोडेरेटरको भूमिका ई  डेगराज पौडेल र ई भरत निउरेले गरेका थिए । 

https://www.facebook.com/neanepal/videos/282956956060546/?__xts__[0]=68.ARDAuIMEN7VQahlyKzdZZOqMIkLG0r9byUiv8AEGnjMhcMcxpqwgyYzbv8CEhyTkGhEi2H4YUgzn2fb6P8Asiwb3ryIEVrciHMq0St4dSR1FdWOE8KU-wpyyyTcVaBS2HZqgdhZMUjiouPul1NqKv0T6ouERP9RTF0y5wVla7Bnlktqf8WIb8wgHaqKCqxWJBp5E_S8NZNMK6vhmSyaaMu-ccl3wKec_sq3IHN_00kRKNygXHOht3c-0vaA3dB3pFEC6hIyUCfiHdVzz8s0NlIfGVoAhuW7Wx49D94bGV2MUU-7CZDJM5F82jqfztiylUQ_ys0baHsA5MtyjM7WOzYxJzEOZr32xNHaqQg&__tn__=-R  


OOO



प्रकाशित: २०७७ बैशाख १९
May 1st 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार