भौतिक पूर्वाधारमा सरकारले घटायो २४ अर्ब ७२ करोडको बजेट, किन ?
निर्माण सञ्चार, १५ जेठ, काठमाडौं । नयाँ आर्थिक वर्षको बजेटमा सरकारले भौतिक पूर्वाधारतर्फ बजेट घटाएको छ ।
आगामी वर्षका लागि सरकारले १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । जबकि, गत वर्षका तुलनामा यो वर्षका लागि २४ अर्ब ७२ करोडले बजेट घटाएर प्रस्तुत गरिएको छ ।
कोरोना प्रभावका कारण राजस्व स्रोतमा परेको दबावका कारण भौतिक पूर्वाधार आयोजनाहरु समेत सरकारले कटौती गरेको जनाएको छ ।
चालू आवमा विभिन्न आयोजनाहरुमा नियोजित बजेट पनि खर्च गर्न नसकेको देखिएको छ । यही कारणले आयोजनाहरुमा अर्थ मन्त्रालयले यो वर्षको बजेट कटौती गरेको देखिन्छ ।
कटौतीमा सडक विभाग परेको छ, यसको बजेट घटेको छ । रेल विभागका लागि आंशिक मात्रै बढेको छ ।
सरकारले पूर्वतयारी नसकिएका आयोजनाहरुका हकमा पनि ठूलो बजेट विनियोजन गरेको छैन ।
सरकारले राष्ट्रिय गौरवका सडक सम्बद्ध आयोजनामा पनि बजेट पनि घटाएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौं–तराई द्रुतमार्ग लगायत सबै आयोजनाको बजेट घटेको देखिएको छ ।
०००
प्रकाशित: २०७७ जेठ १५
नयाँ आवको बजेटः १४ खर्ब ७४ अर्ब ६४ करोड, कस्तो छ- हेर्नुस् पूर्णपाठ
रेल–वेका लागि ८ अर्ब ६६ करोड बजेटः सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड, सडक मर्मतका लागि कति ?
काठमाडौं–तराई द्रुतमार्गका लागि ८ अर्ब ९३ करोड
कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेटः स्वास्थ्य बजेटमा १२ अर्ब बढी (LIVE)
पूर्वपश्चिम राजमार्ग ४ लेनको बनाइनेः बजेट १२ अर्ब २१ करोड
लकडाउनले फास्ट ट्र्रयाक निर्माण प्रभावितः निर्माण कार्य दोस्रो चरणमा पुगेको आयोजनाको दाबी
कोरोनाले कहाँ पुर्याउँदै छ नेपालको अर्थतन्त्र? चालू आवको आर्थिक वृद्धिदर कतिमा खुम्चिने भो ? कस्ता छन् बाँकी आर्थिक सूचक ?
प्रकाशित: २०७७ जेठ १५
May 28th 2020
प्रतिक्रिया दिनुहोस्