
सुनसरीमा एम्बुलेन्स र ट्रक एक-आपसमा ठोक्किँयो, एकैै परिवारका ६ जनासहित ७ जना ठहरै
सुनसरी । ट्रक र एम्बुलेन्स एक-आपसमा ठोक्किँदा एम्बुलेन्स चालकसहित ७ जनाको घटनास्थलमै ज्यान गएको छ ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी अनुसार विरगन्जबाट बिराटनगरतर्फ जादैं गरेको ना२ ख९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को१ च९३६४ नम्बरको एम्बुलेन्सलाई कोशी गाउँपालीका ७ स्थित हरिपुरमा शनिबार राति साढे १२ बजे ठक्कर दिएको हो ।
डीएसपी शर्माका अनुसार मृत्यु हुनेमा चालक उदयपुर त्रियुगा नगरपालिका १० का राजेश दनुवार, त्रियुगा नगरपालिका १० कै ३४ वर्षीय दुर्गाधन राई, ३२ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३४ वर्षीय मुकेश राई, ३४ वर्षीय दिनेश राई र शिवमाया राई रहेका छन् । मृतक दनुवार एम्बुलेन्स चालक बाहेक सबै एकै परिवारको रहेकाे खुल्न आएको छ ।
प्रकाशित: २०७६ मंसिर १५
प्रकाशित: २०७६ मंसिर १५
December 1st 2019
प्रतिक्रिया दिनुहोस्