
कोरोना अपडेटः झापा, धरान र धनकुटामा फेला परे १७ संक्रमित, संख्या पुग्यो ४४४
निर्माण सञ्चार, ८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेकै बेला बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरेको पिसिआर परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टि गर्दै झापाका कचनकवल गाउपालिकामा सबैभन्दा बढी संत्रमित फेला परेको बताएको छ ।
उक्त गापाको वडा नम्बर ३, ६ र ८ मा १५ जना तथा धनकुटा र धरानमा एक एकजनामा कोरानो भेटिएको पुष्टि भएको हो ।
कोरोना संक्रमितमध्ये १६ पुरुष र १ महिना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ जेठ ८
००० पढौं सम्बन्धित समाचार
थपिएका नयाँ संक्रमितमा ३, ४ र ६ वर्षीय बालिका पनिः कूल संख्या पुग्यो ४२७
काठमाडौं, भक्तपुर, ललितपुर सहित थपिए कोरोना संक्रमितः पुगे ४०२
कोरोनाबाट मृत्यु भएकी पहिलो महिलाको १४ दिने ‘सिन्धुपुत्र’मा देखिएन कोरोना संक्रमण !
जेठ २० गतेसम्म लम्बियो लकडाउनः कोरोना संक्रमित पुगे २९५
प्रकाशित: २०७७ जेठ ८
May 21st 2020
प्रतिक्रिया दिनुहोस्