नेपाली समय: ०३:१०:४० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

उदयपुर ‘केस’ले नेपालको पूर्वी क्षेत्र ‘हाइ अलर्ट’, १२ संक्रमित कोरोना विशेष अस्पतालमा, भुल्के बस्तीमा र्‍यापिड टेस्ट हुँदै

निर्माण सञ्चार, ६ वैशाख ०७७, काठमाडौं

उदयपुरको भुल्केस्थित एक मस्जिदमा भेटिएका १२ कोरोना भाइरस संक्रमितहरुलाई शुक्रबार राति नै विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ।

प्रदेश नम्बर– १ सरकारले उक्त बस्तीमा र्‍यापिड टेस्ट गर्ने तयारी समेत गरेको छ । ती १२ जनालाई गए राति साढे १२ बजे तिर कोसी अस्पताल भर्ना गरिएको हो ।

उक्त मस्जिदमा बस्दै आएका १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खबर पछि मस्जिदमा रहेका १६ जनालाई नै अस्पताल भर्ना गरिएको छ ।

  • यो केससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेका छ भने उपचार पछि घर फर्कनेको संख्या पनि २ पुगेको छ । किनकि, शनिबार मध्याह्न फ्रान्सबाट आएकी १९ वर्षीया युवतीको २७ दिनको उपचारपछि उनी घर फर्केकी हुन्
मेडिकल सुपरिटेन्डेन्ट डा संगिता मिश्रले दिएको जानकारी अस्पतालले संक्रमित भएकालाई मात्र भर्ना गर्नुपर्ने बताए पछि बाँकी चारजनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ।

अहिलेसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। डा मिश्रका अनुसार भर्ना भएका १२ जनामा भने कोरोना विशेष लक्षण कुनै पनि देखिएको छैन । 

अस्पतालले उपचार सुरु गरिसकेको छ । तर, ती व्यक्तिहरु भने आफूलाई कुनै लक्षण नभएको भन्दै उपचारमा पनि आनकानी गरिरहेका छन् ।

संक्रमित १२ जनासहित १६ जना गत चैतको पहिलो हप्ता उदयपुरको भुल्केस्थित मस्जिदमा आइपुगेका थिए।

शुक्रबारबाटै उक्त मस्जिद र आसपासको बस्तीलाई सिल गरिएको छ। बस्तीको तीव्र परीक्षण सुरु गरिएको छ । 

भारतको एक मस्जिदमा गएका नेपालीहरुमा कोरोना देखिएको अघिल्ला केसहरुलाई हेर्दा उक्त मस्जिदका १२ जनामा पनि भारतबाट आएकाबाट संक्रमित भएको आशंका गरिएको छ ।

तर, उनीहरुमा कोरोना कहाँबाट संक्रमित भयो भन्ने अहिलेसम्म प्रमाणित भने भएको छैन ।

नेपालमा कोरोनाः पूर्वदेखि पश्चिमसम्मै फैलियो, उदयपुर र वीरगन्ज केसाको स्रोत कहाँ हो, पत्ता लगाऊ सरकार 

सरकार यतिबेला गम्भीर अलर्टमा छ । परिस्थितिले त्यही भन्छ । तर, नेपाल यतिबेला पूर्वदेखि पश्चिमसम्म नै कोरोना संक्रमणमय बनेको पुष्टि भएको छ । 

पूर्वका लागि शुक्रबारको उदयपुरको केस र पश्चिमका लागि लकडाउनको दोस्रो हप्तातिरै धनगडीमा भएको संक्रमण केस र गत चैत ३० गते वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा घटेको केसले नेपाल यतिबेला पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म कोरोना संक्रमणको जोखिमपूर्ण अवस्थामा पुगेको स्पष्ट छ ।

वीरगन्जको उक्त मस्जिदमा बस्दै आएका ३ भारतीय नागरिकमा पुष्टि भएको कोरोना भाइरस संक्रमण कहाँबाट कसरी भयो भन्ने कुरामा अहिलेसम्म अनुसन्धान भएको देखिएन । त्यो केसको अनुसन्धान सोही तवरबाट हुनु पर्ने र कारण पत्ता लगाइसक्नु पर्नेमा स्वास्थ मन्त्रालय पछि परिसकेको छ ।

ती ३ को नारायणी अस्पतालमा उपचार भइरहेको छ । तर, अहिलेसम्म उनीहरूमा कहाँबाट संक्रमण भयो भन्ने स्रोत पत्ता लागेको छैन ।

त्यस्तै, अर्काे केस यतिबेला उदयपुरमा घटेको छ । शुक्रबार साँझ उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यी १३ जनामा कसले कहाँबाट कोरोना संक्रमित बनायो ? भन्ने अर्काे अहं प्रश्न उठेको छ ।

मस्जिदका १२ मध्ये एक जना नेपाली र अरु बाँकी भारतीय छन् । तर, उनीहरूको पनि संक्रमण स्रोत पत्ता लागिसकेको अवस्था छैन ।

उद्यपि, भारतीयहरुमा गएको करिब ४ हप्ता अघि दिल्लीको एक मस्जिदमा भएको धार्मिक सभामाथि आशंका गरिएको छ । नेपाली मुसलमान समुदाय पनि ठूलो संख्यामा त्यहाँ भाग लिन गएका थिए ।

फर्केर आउँदा आउँदै सरकारले उनीहरुमाथि निगरानी राख्ने कुनै कोसिस नै नगर्नुले यो परिणाम आएको हुन सक्ने एकथरी आशंका छ ।

जे होस्, संक्रमितहरुले कहाँबाट आफूमा संक्रमण बोकेर आए भन्ने कुरा अनुसन्धान हुनै पर्छ । ताकि अघिल्ला दिनमा बढी सतर्क भई संक्रमितहरु पत्ता लगाउन सकियोस् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरु संक्रमितबाट सही सूचना नआएका कारण उनीहरुको ट्राभल हिस्ट्री पनि पत्ता लगाउन गाह्रो भइरहेको बताउँछन् ।

यी दुई ठाउँका संक्रमण केसको मूल प्रकृति भने एउटै छ कि कोरोना संक्रमणको स्रोत खुल्न सकेको छैन ।

स्रोत नखुल्नु भनेको  नेपालमा नै कोरोना जन्मिएको त हुन सक्ने कुनै आधार देखिएको छैन । त्यसैले अहिलेसम्म भारतमै पनि जति भएका कोरोना संक्रमितहरु छन् सबै विदेशबाट आएकाहरुबाटै संक्रमण भएको अवस्थामा नेपालमा पनि स्रंक्रमणको स्रोत विदेश नै रहेको देखिन्छ ।

तर, पुष्टि हुन आवश्यक छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु स्रोतअनुसार उनीहरूमा भाइरसको संक्रमण नयाँ पाइएको छ । 

उदयपुरमा भेटिएका १२ मध्ये आठमा भाइरस संक्रमण नयाँ हो । बाँकी ४ जनामा भने १४ दिनभन्दा अगाडि नै संक्रमण भएर निको हुने क्रममा रहेको चिकित्सकहरुको दाबी छ ।

त्यस्तै, स्मरण रहोस्, वीरगञ्जका उक्त ३ जनामा पनि संक्रमण नयाँ नै थियो ।
 

यो केससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेका छ भने उपचार पछि घर फर्कनेको संख्या पनि २ पुगेको छ । किनकि, शनिबार मध्याह्न फ्रान्सबाट आएकी १९ वर्षीया युवतीको २७ दिनको उपचारपछि उनी घर फर्केकी हुन् ।

आजसम्म सरकारले ७ हजार ७०२ माथि कोरोना परीक्षण गरिएको छ ।

 

 

०००

 

पढौं यो पनि

 

सनसिटी अपडेटः आरडिटी पोजेटिभ देखिएकी बुहारीको पिसिआर रिपोर्ट आयोः ‘नेगेटिभ’, कामदारहरुको पनि पिसिआर गर्ने तयारी

सनसिटी अपडेटः र्‍यापिड टेस्टमा ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट ‘नेगेटिभ’, पिसिआर टेस्टमा कस्तो होला रिपोर्ट ?

सनसिटीमा बस्दै आएका २ मा कोरोना संक्रमण पुष्टिः पाटन अस्पताल भन्छ, ‘एक जनाको रिपोर्ट आउँदै छ’

विश्वका आधा बढी मानिस घरभित्रै थुन्ने कोरोनाः स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक, खोपबिना रोक्न सकिदैनः डब्लुएचओ

चीनले तयार पार्यो कोरोनाको भ्याक्सिनः दुई खोप मानिसमाथि परीक्षण गर्न अनुमति

OOO

 

कोरोना महामारीबाट बच्न स्वास्थ्यमन्त्रीका ‘६–टी’ कार्यक्रमः के के हुन्, सम्बोधन सहित जस्ताको तस्तै

कैलाली र रौतहटको नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १४: विश्वमा कस्तो छ अवस्था ?

कोरोना अपडेटः ‘नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन’

आयो रिपोर्टः वीर अस्पताल र पाटनमा मृत्यु हुने तिनै जनामा ‘कोरोना संक्रमण नभएको’ पुष्टि

नेपालमा कारोनाः भेटिए छैठौं कोरोना संक्रमित, उनी पनि चैत ४ कै यात्रु

नेपालमा कहाँ कहाँ हुन्छ कोरोनाको उपचार ? हेर्नुहोस् सातै प्रदेशको (सूचि सहित)

कोरोनाको पाँचौं रोगीले जन्माएको आशंकाः विदेशबाट आएका नेपालीको चरम लापरबाही, रोग बोक्दै गुपचुप भाग्ने कि चेकजाँच गराउन थाल्ने ?

 

 



प्रकाशित: २०७७ बैशाख ६
April 18th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार