नेपाली समय: ०३:१४:४० बिहान
वि.सं २०८० मंसिर २१   बिहीवार

भारतीय ट्रकबाट ल्याइँदै गर्दा २ बोरा भारतीय नोट सहित २ जना पक्राउः १ करोड ९ लाख आइसी बरामद

निर्माण सञ्चार, २३ वैशाख, विराटनगर । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीले भारतीय ट्रकमा भारतबाटै नेपाल ल्याइँदै गरेको २ बोरा भारतीय नोट जफत गरेको छ । 

जफत गरिएको बोराभित्र १ करोड ९ लाख ६९ हजार भारतीय रुपियाँ रहेको प्रहरी चौकीले जानकारी दिएहो हो । पैसा सहित चालक र सहचालक पक्राउ परेका छन् ।

सोमबार भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा उक्त पैसा ल्याइएको थियो । जुन ट्रकलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बलले यो राम्रो उपलब्धि गरेको छ । नेपालको सिमानातिर यस्ता अवैध धन्दा कतिसम्म हुन्छन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।

जबकि, नेपाल पूर्णरुपमा लकडाउन छ भने छिमेकी देश भारत पनि कोरोना संक्रमणका कारण त्यस्तै लकडाउनमा छ । 

तर, नेपाल र भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाल भित्र राजनीतिक अस्थिरताका लागि पनि पैसा भित्रिने यस अघिको हल्लालाई यस घटनाले पुष्टि गरेको छ ।

पैसा रित्तो ट्रकको पछाडि पट्टि राखेर ल्याइएको अवस्थामा फेला परेको थियो । बोरामा बेरेर कार्टुनमा हालेर रकम भित्राइदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले जफत गरेको हो । 

यत्रो रकम कसका लागि किन ल्याएको हो भन्ने खुलेको छैन । घटनाको थप अनुसन्धान हुँदै छ ।


०००



प्रकाशित: २०७७ बैशाख २३
May 5th 2020

निर्माण सञ्चार

निर्माण सञ्चार : पुनःनिर्माण एवं प्रकोप चेतना विस्तारको पहरेदार