
बारा र पर्सामा निषेधाज्ञाः जेठ ५ गते राति १२ बजेसम्म बन्द, सेना परिचालन
निर्माण सञ्चार, ३० वैशाख, वीरगञ्ज । आउने जेठ ५ गते राति १२ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढेपछि जिल्लाको सुरक्षाका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कोभिड–१९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय समेत जिल्ला प्रशासन कार्यालयले गरेको सूचनामा उल्लेख छ ।
मंगलबार एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको जनाएको छ ।
कस्तो सेवा पाउने कस्तो निषेध ?
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसिपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सबै कामहरु ठप्प हुने जिप्रकाले जनाएको छ ।
जिप्रका पर्सा अनुसार पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने निर्णय प्रशासनले गरेको छ ।
जिप्रकाले जनाए अनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा समेत रोक लगाइएको छ ।
भारतसँग जोडिएका सबै सीमा नाका र खुला सिमानामा अब सेनाले गस्ती गर्ने छ । निषेधाज्ञा तोडेमा सेनाले गोलीसम्म हान्न सक्ने छ ।
आसपासका जिल्ला वा कुनै पनि स्थानबाट मानिसका आउजाउ पनि रोकिएको छ । यो निषेधाज्ञा आउने जेठ ५ गते राति १२ बजेसम्म रहने छ ।
००० पढौं सम्बन्धित समाचार
प्रकाशित: २०७७ बैशाख ३०
बाराको ‘कफ्र्यु’, बाहिर निस्कन नदिने
त्यस्तै, कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले पनि निषेधाज्ञा जारी गरेको छ । क्राइसिस मेनेजमेन्ट सेन्टरको मंगलबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत पनि निषेध गरिएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दूध, पानी, ग्यास, तेल, तरकारी, औषधि, एम्बुलेन्स० बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय बारा प्रशानले गरको हो । भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय बारा प्रशासनको निर्णय छ । अत्यावश्यक काम बाहेक अन्य कामका लागि कसैलाई पनि घरबाट बाहिर ननिस्कन प्रशासनले भनेको छ ।००० पढौं सम्बन्धित समाचार
पर्सामा ३९, कपिलवस्तुमा ८, रूपन्देहीमा ९, बारामा १ गरी एकै दिन थपिए ५७ कोरोना संक्रमितः संख्या पुग्यो १९१
फेरि थपिए १३, कोरोना संक्रमित पुगे १३४ः कपिलवस्तु, रुपन्देही र बर्दियाः कोरोना संक्रमणको उच्च जोखिम तिर
प्रकाशित: २०७७ बैशाख ३०
May 12th 2020
प्रतिक्रिया दिनुहोस्